सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Friday, April 18, 2008

सलाम छ

-Shirish

जन्मदेखि मृत्युसम्म जीवनको त्यो लामो यात्रा
यसमा मेरो प्रेरणा तिमी, मेरो गीत हौ, संगित हौ ।
जन्म दिने आमा तिमी, ज्ञान र ममताको सागर
सफलताको सही बाटो देखाउने प्रदीप हौ ।।

बुवा तिमी सबैभन्दा सहयोगी मित्र हौ
आत्मीय साथी मेरो, प्रभुको एक चित्र हौ ।
तिमीबाटै सुनेको हूँ कथा सुख दूखको
तिमीजस्तो बन्ने नै हो लक्ष्य जीवनमा मेरो ।।

दाजूभाई दिदीबहिनी साथ छन् सधैँभरि
लडेको बेला उठाइदिने यिनी मेरा हात हुन् ।
पक्षपाती संसारमा माया गर्यौ बिना शर्तको
यि सखी हुन् मेरा, स्नेहको प्रकाश हुन् ।।

जन्मभूमि देश हे, तिमी त अन्नदाता हौ
जन्मदिने आमा झैँ तिमी नि मेरो माता हौ ।
आज यि सबैलाई मेरो धन्यबादको आव्हाम छ
यि सबैमा समर्पित यो छोराको सलाम छ ।।

3 comments:

  1. यती मिठो कबिता लेखेको मा मेरो पनि कविलाइ सलाम छ।

    ReplyDelete
  2. Admin has deleted some comments. Sorry for inconvinience caused to new poet and the comment maker. We encourage the new and emerging Nepali writers to write. It is Nepali readers to determine the quality of writings and appreciate accordingly. We dont allow comments that discourage contributors. We are using this site to encouage literature and nepali writing and let the readers decide it.

    Bhuwaneshor Sharma
    INLS Australia

    ReplyDelete
  3. mero pani kabi lai salam cha..
    jasle je vanos, kabita daaaami cha.

    ReplyDelete