-Shirish
स्कूलमा मात्र १० कक्षासम्म नेपालीको अध्ध्ययन् गरेको एक शिकारू हूँ म नेपाली भाषामा । मेरा बुवा जैनेन्द्र जीवन लेखक हुन् भने मेरा स्वर्गीय ठूला हजुरबुवा केशवराज पिँडाली पनि नेपाली सहित्यका प्रसिद्ध हाँस्य व्यङ्ग लेखक हुन् । म सानो हूँदा रातो बंगला स्कूलमा मेरा नेपाली कविताका गुरु श्री कमल दिक्षित पनि एक प्रसिद्ध साहित्यकार हुन् । कविता र सहित्यमा मेरो सानैदेखि रुचि रहेकोले मेरा बुवाले मलाइ आफूसँग एकफेर कवि सम्मेलन गोष्ठीमा चित्वन लगेका थिए । त्यस भ्रमणमा मैले माधव घिमिरे जस्ता प्रसिद्ध लेखकका साथसाथै अन्य धेरै लेखखरुसँग भेटको मौका पाएँ । गजलशिरोमणि नाम दिइएका गजलकार ज्ञानुवाकर पौडेल मेरो बुवाका घनिष्ट मित्र हुन् । यि व्यक्तित्वहरुबाट मैले प्राप्त गरेको कविता र छन्दको ज्ञान आज म यस ब्लगका पाठक वर्गहरु माझ बाँड्न चाहन्छु ।
छन्दमा नलेखिएका कविताहरु पनि उत्कृष्ट हुनसक्छन् र राम्रो कविता लेख्न छन्द नै अपनाउन पर्छ भन्ने छैन । यसको एक उदाहरण हो यो तल दिइएको कविता । भूपि शेरचनद्वारा रचित "मेरो चोक" कविताबाट लिइएको एक श्लोक:
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन? सबथोक छ ।
असंख्य रोग छ, अनन्त भोक छ,
असीम शोक छ, केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।।
कुनै छन्दमा नलेखिए पनि यस कविता कति मर्मस्पर्शी छ । यसैगरी छन्दमा लेखिएको कविता पनि आफ्नै ढंगमा मीठो हुन्छ । छन्द भनेको कविताको लय हो । तर यो लय कसरी बन्छ त? यस प्रश्नको उत्तर हो - ह्रस्व र दीर्घ । छन्द साश्त्रमा ह्रस्वलाई लघु र दीर्घलाई गुरु भनिन्छ, र लेख्दाखेरि ह्रस्वलाई " I " र दीर्घलाई " S " लेखिन्छ । कुन पद ह्रस्व र कुन पद दीर्घ हुन्छ भनेर तल दिइएको छ ।
अ, इ, उ - ह्रस्व
आ, ई, ऊ, ए, ऐ, ओ, औ, अं, अ: - दीर्घ
"अं" ले आधा अक्षर जनाउँछ । "ग" र "गर्" दुबै एक पद हुन्छन्, तर ग (जस्तै अ) ह्रस्व हुन्छ भने गर् (जस्तै अं) दीर्घ हुन्छ । त्यसैगरी छन्द मिलाउनको निम्ति "अ:" को प्रयोग पनि गर्न सकिन्छ । जस्तै, "दुख" म यदि "ख" लाई दीर्घ बनाउन परेमा, ख: बनाउन सकिन्छ । यो गर्दा ख को उच्चारण अलि लामो हुन जान्छ । उदाहरणको लागि तल दिइएको श्लोक पढ्नुहोस् ।
के हो अहो अमृत त्यो सुरदेव पान?
सच्चा कमाइ गरि खानु भनेर जान ।
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ?
आफू मिटाइ अरुलाइ दिनू जहाँ छ ।
यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर कविताको पहिलो श्लोक हो । यो कविता "वसन्त कुसुमाकर" छन्दमा रचित छ । यो छन्दको बनावट यस प्रकार छ :-
S S I S I I I S I I S I S I
कविताको हरेक अक्षरलाई यदि यो ह्रस्व र दीर्घको बनावटमा मिलाएर हेर्नुभयो भने सबै ठ्याक्कै मिल्न जान्छ । यस छन्दको आखिरी पद ह्रस्व भएपनि कतै कतै दीर्घ लेखिएको हुन्छ । यस्तोबेलामा खास अक्षर ह्रस्व भएनि फरक पर्दैन किनकि कविता वाचन गर्दा आखिरको पदलाई लामो तानेर नै उच्चारण गरिन्छ । याद गर्नुहोस्, कविले छन्द मिलाउने क्रममा केही शब्दहरुको हिज्जे गलत लेखेका छन् । उदाहरणका लागि, "लाई" हुनुपर्ने ठाउँमा "लाइ" छ । यो गलत मानिदैन, केवल यस "इ" को उच्चारण छोटो हुन जान्छ । हिज्जे नबिगारिकन छन्द मिलाउन सके झनै राम्रो, तर गार्हो जरूर हुन्छ । महाकविले त छन्द मिलाउन हिज्जे बिगार्दथे भने हामीलाई त अवश्य माफ होला !!
आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ । रामायणमा भानुभक्तले धेरै छन्दको प्रयोग गरेका छन्, खासगरी "शार्दुलवीकृडित" र "शिखरीणि" छन्दहरु । यि दुबै छन्द संस्कृतका छन्दहरु हुन् । नेपाली कविताहरुमा संस्कृतका छन्दहरु प्रयोग गर्न सकिन्छ, अथवा अरु नेपाली नया छन्दहरु । संस्कृतका छन्दहरु नेपाली मात्र नभइ हिन्दी र बंगाली जस्ता भाषाहरुमा पनि पाइन्छ । तल भानुभक्त रामायणको बालकाण्डको पहिलो श्लोक दिइएको छ ।
एक् दिन् नारद सत्यलोक् पुगिगया, लोक् को गरूँ हित् भनी ।
ब्रह्मा ताहिं थिया पर्या चरणमा, खुशी गराया पनी ।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी, मर्जी भएथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले, बिन्ती गर्या यो तसै ।।
यो श्लोक शार्दुलवीकृडित छन्दमा छ । यसै छन्दमा लेखिएको अर्को कविताको उदाहरणका लागि लिउँ यो तल दिइएको श्लोक । भीमनिधि तिवारीद्वरा रचित "काम्यो लुगलुग त्यो" कविताको पहिलो श्लोक हो यो ।
मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो ।
छानामा, पथमा तथा चउरमा चीनी छरे झैँ थियो ।।
जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो ।
काम्यो लुग्लुग त्यो गरीब बिचरा त्यस्मा दया गर्छ को ।।
तल दिइएको अर्को श्लोक बालकृष्ण समको "इच्छा" कविताको पहिलो श्लोक हो । नेपालमा SLC स्तरको नेपाली पढेकाहरुले कक्षा १० को नेपाली पुस्तकमा पनि यो कविता पढेको हुनुपर्छ । यो श्लोक पनि शार्दुलवीकृडित छन्द मै छ ।
इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।।
शार्दुलवीकृडित छन्द शार्दुल र बीकृडित गरी दुइवटा छन्द मिलेर बनेको हुन्छ । यसको बनावट यस प्रकार छ :-
S S S I I S I S I I I S S S I S S I S
माथिको दुबै कविताहरुलाई यस् छन्दको बनावटसँग दाँज्नु भएमा सबै हिज्जे मिल्नेछ । मैले अघि भने झैँ, आखिरीको पदमा ह्रस्व लेखे पनि दीर्घ नै मानिन्छ किनकि यो पदलाई वाचन गर्दा लामो उच्चारण गरिन्छ । यसैगरी, अब रामायणको अयोध्या काण्डको शिखरीणि छन्दमा रचित एक् श्लोक पढौँ । राम बनवास जानु अघी रामले भनेका शब्दहरु हुन् यि :-
गयो खान्या वेला मकन त मिल्यो रज्य वनको ।
भरत् ले राज् पाया यहिं बसि गरुन् राज्य जनको ।।
बिदा बक्स्या जावस् खुशिसित म जान्याछु वनमा ।
म चाँडै फिर्न्याछू विरह न हवस् कत्ति मनमा ।।
शिखरीणि छन्दको बनावट यस प्रकार हुन्छ ।
I S S S S S I I I I I S S I I I S
यो बनावटसँग माथिको श्लोकलाई मिलाएर हेर्नुहोस्, अवश्य मिल्नेछ ।
यसैगरी अरु पनि धेरै छन्दहरु हुन्छन्, जस्तै मालिनि (माधव घिमिरेको "चरीको व्यथा"), अनुष्टुप (यो छन्दमा केही पदहरु खूला हुन्छन्, यानि ह्रस्व र दीर्घ जे लेखे नि हुन्छ, त्यसैले यो छन्दलाई सरल मानिन्छ), मन्दाक्रान्ता, र अरु धेरै हुन्छन् । झ्याउरे छन्दमा पनि धेरै कविता पाइन्छ । तल, यसै छन्दमा लेखिएको भूपि शेरचनको "सहीदहरुको सम्झनामा" कविताको एक श्लोक प्रस्तुत छ ।
हुँदैन बिहान मिर्मिरमा तार झरेर नगए ।
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए ।।
यसै छन्दमा रचित मुनामदनको एक श्लोक पनि प्रस्तुत छ ।
हातका मैला सुनका थैला, के गर्नु धनले?
साग र सिस्नु खाएको वेस आनन्दी मनले ।
यस छन्दको लय हाम्रो नेपाली झ्याउरे गीत जस्तै हुन्छ, त्यसैले यसको नाम झ्याउरे छन्द हुन गएको हो । आशा छ यो लेखले तपाईँहरुमाझ छन्दहरुको बारेमा केही नौला कुराहरु प्रस्तुत गर्यो होला । पाठकवर्गमा कसैले यस विषयमा रुचि जनाएमा मलाइ आउने यि केही छन्दहरुको भाका सुनाउन म mp3 मा केहि कविता वाचन गरेर पनि पोस्ट गरिदिनेछु । धन्यवाद ।

यती राम्रो ज्ञानबर्दक सामाग्री पोस्ट गर्नुभएकोमा लेखक धन्यवादका पात्र भएका छन। तर लेखकको नाम पनि भइदिए अझै राम्रो हुने थियो। आफ्नो नाम कमेन्ट मार्फत नै भएपनी पठाइदिएर हामीलाई सहयोग गरिदिनुहुनेछ भन्ने आसा गरेका छौ।
ReplyDeleteDear Shirish,
ReplyDeleteI was completely unknown about your expertise. It is a talent in hybernation ! Late though,you have exposed it. Your knowledge on nepali poetry and rhyming could be of key importance to school students of Nepali origin in Australia. Can we think about conducting few classes on technical aspect of writing poetry and rhyming in future? This could be a good start for promoting nepali literature to some extent.
I'd be glad to help out. Even my knowledge is not much, but whatever I have learnt, I'd be more than happy to share with anyone. I am a very big fan of Nepali literature, especially the poem genre, and it would be my pleasure if I can help keep this alive amongst the new generation living far away from all this. It would be a great step to to preserve our literature, and thus our language and culture.
ReplyDeleteShirish
माफ पाउँ, केही सच्च्याउन पर्ने भयो!! मेरो हिज्जे यसै त खराब छ, झन् यो युनिकोडमा टाइप गर्ने पिंडा !! "मालिनि" लाई "मालिनी" र "शार्दूल वीकृडित" लाई "शार्दूल विक्रीडित" सच्च्याउनुहोस् ।
ReplyDeleteशिरीष
धेरै धेरै धन्यवाद, लेख अति राम्रो छ
ReplyDeleteनेपाली छन्दका बारेमा मलाई पनि अति चाख लाग्छ, म पनि रातो बंग्लाको बिधार्थी हूँ
कृपया के तपाई मलाई मधत गर्न सक्नु हुन्छ?
मेरो नम मुकेश घिमिरे हो, हाल: अमेरिका कछा १०
मेरो ईमेल एड्रेस हो : mukeshg93@gmail.com