सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Tuesday, April 8, 2008

हे कठोर आत्मा


- मणि बनबासी
सपना धेरै देखायौ तिमीले बिपना मारेर।
कल्पना मात्रै जिन्दगी भन्ने भ्रममा पारेर।।
मीठो बोली र मुस्कान दिन्छौ खुकुरी धारेर।
फोगटाहरु बनाउदैछौ रे गह्राचाहि खारेर।।

दुनियादारी फकाउछौ तिमी फुल बुट्टा भरेर।
घरभित्र स्वागत गर्‍याछु भन्छौ ढोका नै बारेर।।
भ्रमको पोको बाड्दैछौ तिमी घरघरै चाहारेर।
अम्रितको घडा उघार्छु भन्छौ बिष ब्रिक्ष सारेर।।

फूलको सट्टा उपहार् दियौ काँडाचाहि झारेर।
बेदनासंगै पीडाको थुप्रो आशुमा तारेर।।
कसैले भन्छन भाग्यको खेल टर्दैन टारेर।
तैपनी तिमी कठोर हैनौ भन्दैछु हारेर।।।

7 comments:

  1. Banbasi Dai,
    your expertise on nepali literature is very impressive. This poem is quite good too. You do have wide array of nepali words used nicely and the poem rhymes well.
    dp

    ReplyDelete
  2. ke ho dai yesto dami kabita lekhne. Yeso kahile kahin lekhdei garam na dai

    ReplyDelete
  3. बनबासी दाई, कविताको भाषा जती सरल भयो त्यती नै प्रभाबकारी हुन्छ भन्ने तपाईंको कविताबाट प्रस्ट हुन्छ। नेपाली ग्रामीण ठेट शब्दको प्रयोगले त झन सबैलाई नेपाली परिबेशको झझल्को गराएको छ।

    ReplyDelete
  4. Lovely! You are expert in juggling words together.

    ReplyDelete
  5. हे कवि वनबासी।
    शब्द छन् तपाईंका साह्रै राम्रा घरायसी।।

    ReplyDelete
  6. banbasi dai, u have used the marvelous countryside words to estimate the biyoganta kkabita,its hridaya esparshi kya.keep it up.

    bijay

    ReplyDelete
  7. I totally agree with Akash bro's statement. Banabasi dai your style, theme and presentation of the poem is really luring.

    ReplyDelete