सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Wednesday, April 16, 2008

साहित्य र भाषा

-Shirish
साहित्य नै धर्ती, साहित्य नै आकाश हो
आफ्नो मनको भावना निकाल्ने प्रयास हो
आफ्नो मनमा रहेको भावुकताको तलाश हो
त्यसैलाई शब्दमा ढाल्ने कलाको अभ्यास हो

भाषा कविता हैन, सिर्फ एक माध्यम हो
र यदि कवि कुनै भाषा चुन्नमा बाध्य भो
त्यस कृतिको रचना त अवस्य नै होला
तर रहन्न कवितामा असली स्वाद त्यो...

रचना त्यो जसमा अर्थको महत्व नहराओस्
पढ्नेले जीवनभर मात्र त्यही धुन गाओस्
बाल वृद्ध किशोर युवा सबै जन रमाउन्
कविताको मनन् गर्दै सबैले ज्ञान पाउन्

मातृभाषाको महत्वले त दिन्छ प्रेरणा
त्यसैले म पनि यो संरक्षणको एक भाग हो
आफ्नो भाषामा त जीवनभर नै म लेख्नेछु
विदेशी भाषामा लेख्नु त परिणाम हो हालातको

No comments:

Post a Comment