-राजन पौडेल
नेपालीहरु आफ्नो मूलको मान्छे भनेपछी हुरुक्कै हुनेमात्रै होइन, ज्यानै दिन्छन् । त्यसको उदाहरण बन्यो, नेपाली मूलका ईण्डियन आइडल प्रशान्त तामाङको अस्ट्रेलिया यात्रा । भारतको दार्जीलिङमा जन्मेका तामाङ जब संगीतैक कार्यक्रमका लागि एडिलेड आए, उनको कार्यक्रमलाइ नेपालीहरुले भब्य सफल बनाइदिए ।

सानै भएपनि नेपालीहरुको उत्साह्जनक उपस्थितिबाट अत्यन्त प्रभाबित बनेका एक भारतीय आयोजकले भनेका थिए - "I wish, I was Nepali"। नेपालीहरुका मुटु बनेका प्रशान्तले उनिहरुको न्यानो ताली र वाह् वाह् पाएका थिए । एडिलेड रहेका अधिकास् नेपालीहरुको सहभागीता रहेको सो लाइभ कार्यक्रममा प्रशान्तले नेपाली गीत गाउदा नेपाली दर्शकहरुले नरऊड कन्सर्ट्हल नै थर्काइदिएका थिए ।
सबै नेपाली दर्शकरुले "प्रशान्त प्रशान्त"" भनेर उफ्रिदा कार्यक्रमका आयोजक समेत चकित परेका थिए ।
प्रशान्तले नेपाली गीत गाउदा केहि नेपाली दर्शकहरु नाच्न थालेपछि प्रशान्त ज्यादै उत्शाहित बनेका थिए । उनले नेपाली सहभागीहरुसँग हात समेत मिलाएका थिए। कार्यक्रममा प्रशिद्ध भारतिय गायक सोनु नीगमले पनि दर्शकहरुलाइ भरमग्दुर मनोरन्जन दिए ।
अन्त्यमा प्रशान्तले नेपाली दर्शकहरुलाइ भेटेर उनीहरुको सहभागीताबाट आफु अत्यन्त खुशि भएको बताए । नेपालीहरुले प्रशान्त अत्यन्त शालीन ब्यक्तित्व भएको कमेन्ट गरेका थिए । प्रशान्तले एडेलेडबाशी नेपालीहरुसँग तस्बीर पनि खिचाएका थिए ।
Good work Rajan , do really appreciate for your effort.
ReplyDeleteP.Gautam