सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Friday, April 4, 2008

किन होला?

-श्रीजय
समय सधैं एउटै हुन्न रे
कहिले घाम त कहिले छाया हुन्छ रे
कहिले रित्तो त कहिले भरीभराउ हुन्छ रे
तर साथी मेरो समय सधैं रित्तो र छाया मात्र किन?

समय भाग्यको खेल हो रे
कहिले पापी त कहिले साधु बन्नुपर्छ रे
कहिले झुटो त कहिले साचो बन्नुपर्छ रे
तर साथी म सधै पापी र झुटो बन्नु किन?

समय बलवान हुन्छ रे
कहिले खुकुरी त कहिले मसिले जित्छ रे
कहिले अहंकार त कहिले स्वाभिमानले जित्छ रे
तर साथी म मात्र तरवार र अहंकारको साथमा किन?

शायद मैले शिव बनी बिष पिउनु छ होला ।
अनी छाया बनी सबैलाई सितलता दिनु छ होला ।
शायद अझै झुटो बोलेर राजनीतिज्ञ बन्नु छ होला ।
अनी पापी बनेर दुश्मनको पराकास्ठालाई डग्मगाउनु छ होला ।
शायद नेपाल आमाको छोरा भएकोमा ममा अहंकार छ होला ।
अनी वीर गोर्खालिको भाषा मात्र खुकुरिले जित्छ होला ।

3 comments:

  1. बिजय, तिम्रो कविता त राम्रो छ नै तिम्रो सहित्यिक उपनाम पनि त्यतिकै राम्रो छ।

    ReplyDelete
  2. ramro cha...
    lekhdai jau.......

    ReplyDelete
  3. To begin with, the name "Srijaya" sounds romantic for you guys. Maybe you can even try "Bijana"!
    Coming back to the poem, I liked it. you have described ying and yang, i.e. mutually interdependant opposites. Both are there for purpose.
    dp

    ReplyDelete