सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Friday, April 25, 2008

बेला भो!!

-हरेक

हिमाल तराई, डाँडा र काँडा,
सम्झेर हामी बसौं न साथी |
बितेका दिन प्रियसीसँग,
ती देउरालीलाई सम्झौं न साथी ||

बिछोडको क्षणको आमाको मुहार,
बिर्सन कहाँ सक्छु र साथी |
त्यो मेरो देश, भाषा र भेष,
हुनेछ सधैं सबभन्दा माथि ||

सबैको माया, हिमाली छायाँ,
सम्झेर साथी फुल्छ यो छाती |
देश छोडि आयौँ, भविष्‍य खोजी,
मन हाम्रो बद्ल्यो? सोधौं है साथी ||

त्यो बनपाखा, लेकाली भाका,
गुन्जाइदिउ फेरी, गएर साथी |
त्यो अन्‍यौलमाझ, आशाको दियो,
लगेर आज, जलाइदिउ साथी ||

1 comment:

  1. Good Poem. Good representation of nepali living away from home.

    ReplyDelete