-निहारिका
कहाँ ल्याई पुरयायौ मलाई एस्तोचारैतिर फुल र माया छ
विश्वाश छैन भनेर कसरी भनु
मनभरी विश्वाश जब तिम्रै छ
तर केको डर बस्यो मनमा
आँखाभरी पानीले किन भरिएछ
माया छैन भनेर कसरी भनु
मुटुमा नअटने माया जब तिम्रै छ
अब कता बढ्ने थाहा नभए जस्तो
पाइलाले बाटो चिन्न किन छाडेछ
तिम्रो साथ चाहेकै हैन भनेर कसरी भनु
हरेक पल जब मनले त्यही सपना बुनेको छ
मैले बाँच्न किन बिर्सिएजस्तो
सधैं पिरोल्न केले थालेछ
तिमीलाई भन्न चाहन्न कसरी भनु
तिमीमै सुरु र अन्त्य जब भईसकेको छ!
Notice for the poet.
ReplyDeletePlease mention your name on our gmail -- inlsaustralia@gmail.com. The poem without name does not look nice.
Bhuwaneshor Sharma
inls australia
Thanks Niharika for your immediate response regarding your name. You have created a beautiful poem and we expect similar participation in future.
ReplyDeleteniharika ji, dherai ramro cha arko choti aba aafai post garnus na lajaikana...:P
ReplyDelete