सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Friday, April 18, 2008

टुल्कीको प्रेम अनि पुर्पुरोको खत

-मणि बनबाशी
लामो होस्टेलको बसाइबाट बिरक्तिएर बा आमा अनि घर गाउँको नियास्रो मेटाउन म घर तर्फ बढ्दै रहदा अनायस एक महिलाको चिच्चाहट्ले म झस्कन पुग्छु। गुहार, गुहार, मलाइ बचाउ, चिरपरिचितझैं लाग्ने उक्त आवाज आरु कसैको नभएर मेरी छिमेकी टुल्कीको थियो। सधैं नसामा रम्ने उन्का पति परमेस्वोर भनाउदो भुण्टे आफ्नो बाहुबलको पुर्ण प्रयोगका साथ भकुरीरहेको थियो टुल्कीलाई। त्यो कारुणिक द्रिश्यबाट बिचलित नहुने कोहोला? त्यसमा पनि भुण्टेको बाल सखा म भुण्टेलाई त्यसो नगर्न आग्रह गर्छु। भुण्टे भने मेरो आग्रहबाट झनै उत्तेजित हुंदै अझ बढि प्रहार गर्न पुग्छ जसका कारण टुल्कीको जीवननै खतरामा पुगेको महसुस हुन्छ मलाई। रगतले लतपतिएको चेहरा लिएर ढलेकी टुल्की माथी ह्रिम्सक जनावरले झैं निरन्तर आक्रमण गरीरहेको भुण्टेलाई छेक्न बल प्रयोग गर्नु बाहेक मेरो अगाडि अरु कुनै बिकल्प पनित थिएन। मैले पनि तेसै गरें। घिच्चायर भुण्टेलाई टुल्कीबाट अलग गरिदियँ। भुण्टेलाई पनि के चाहिएको थियोर? उ पनि अब टुल्कीलाई छाडेर मै प्रति खनियो। यो तेरि कि मेरि स्वास्नी? ए घैटे? मेरो घरको मामलामा हस्तक्षेप गर्ने तँ को होस? ए बोक्सीका नाति? याबत सब्द बाणका साथ उ एक्कासी मेरो गालामा थप्पड मार्न पुग्छ।

मेरी बुडी हजूर आमालाई बोक्सी भन्ने त्यो पाजी भुण्टेलाई तेसै म पनि कांहा छाड्न सक्थेंर। अनि सुरु भयो मेरो र भुण्टेको भिडन्त। भरखर मात्रै कराते क्लास सुरु गरेको मलाई जाँडले सुकेको भुण्टे संग लडनु कुनै ठुलो कुरो भने थिएन। एक दुइ मुक्का प्रहार पछि धकेली दिंय भुण्टेलाई। जसकाकारण डगमगिएर भुण्टे कान्लामुनी पछारिन पुग्छ। तेसरि लडेको भुण्टेले कति बेला म माथि झम्टनेहो भनेर सोचीरहेको म तब झस्कन पुग्छु जब देख्छुकि भुण्टे लडेको ठाउँमा खुट्टा तन्काउदै पानी पानी भनीरहेको छ। अब अनर्थपो हुने होकि? डरले काम्दै म लडिरहेको भुण्टेको नजीक पुग्छु र भुण्टेलाई उठाउने कोशिस गर्छु।

यत्तिकैमा कुनै बस्तु मेरो पुर्पुरोमा खसेको महसुस हुन्छ मलाई। अनि अनायस मेरो हात मेरो निधार छाम्न पुग्छ। रगतले लतपतियको मेरो हात निधारबाट निकाल्नु पुर्बनै महिसासुरको अगाडि उभिएकी दुर्गाझैं भएर हातमा चिर्पट लिएर बसेकि टुल्कीमा मेरो नजर पर्न जान्छ। ज्यानमारा घैंटेले मेरो पोइलाई मारोनी? अब मैले के गरौंनी? टुल्कीका ई गालीहरुका साथ् उस् को दोश्रो प्रहार बाट बच्न म त्याँहाबाट भाग्न बाध्य हुन्छु। टाढा पुगेर पुन: लडेको भुण्टे तिर आफ्नो नजर घुमाउछु। टुल्की भुण्टेको हात समाउदै उसलाई उठाउने कोशिस गरीरहेकी हुन्छे। उठ मेरो प्राण उठ। यत्तिकैमा मलाई आश्चर्यमा पार्दै भुण्टे पनि टुल्कीको सहारा लिएर जुरुक्क उठ्छ। सायद उसलाई केहि भयेकोनै थिएन। भुण्टे अब टुल्कीको हातमा हात राख्दै घर तर्फ लाग्छ। टुल्की भने मलाई सरापी रहेकी हुन्छे। बोक्सीको नाती... ज्यानमारा घैटे .....
आज जब ऐना अगाडि आफ्नो चेहरा राख्छु अनि मेरो पुर्पुरोमा बसेको दाग् मलाई भुण्टे र टुल्कीको प्रेमको याद् बनेर मेरो अगाडि आउछ।

9 comments:

  1. बनबासी दाई, तपाईंको कथा साह्रै राम्रो लाग्यो। तपाईंत उत्कृष्ट कवि मात्र हैन, राम्रो कथाकार पनि हुनुहुँदो रहेछ।

    ReplyDelete
  2. के छ बनबासी दाई, संधै बसेर गफ़ गर्दा पानी कहिल्यै भान्नुभएन कसरी ख़त बस्यो भनेर, आज सब वकेली दिनुभयो . कथा एकदम मार्मिक छ र नेपाली संस्कृति उजागढ गर्छ . धेरै राम्रोसित प्रस्तुत गर्नुभएको छ

    ReplyDelete
  3. निधार छोप्ने लामो कपाल पालेर हिंड्ने राज त बल्ल आज खुल्यो नि बनबासी दाई।

    ReplyDelete
  4. Banbasi ji,

    Enjoyed reading your short story... Well done.

    Pramod

    ReplyDelete
  5. Good work Banbasi dai. By the way Tulki, in my opinion, must have regretted that many times (saying you apasabda) after that event. I am quite sure such days repeated many times!
    dp

    ReplyDelete
  6. very good piece of writing uncle. Welldone.

    ReplyDelete
  7. that was awesome.. daju, u certainly have that knack of capturing the minds of the readers.. ra tapai ko katha padhda nepalipana ko jun avash hunchha, tyo ta sarhai mitho chha..

    ReplyDelete
  8. k ho, u r so marvellous in expressing the nepali words. i like it.keep on the track mani dai.

    kabita lekhnu bhaya, katha pani lekhnu bhayo aba k ko palo ho..

    aarko lekh padhna kahile paune ho..ani e aankhaka utpannaa bhayakaa bitrishna harooo kahile nametine bhaye..

    ReplyDelete