-नवराज
'मदर्स डे' नजिकदै गएको सन्दर्भमा प्रस्तुत लेख सम्पूर्ण माता तथा मातृत्वप्रती समर्पण गर्न चाहन्छु।
"बाबु कुइरेनी केटीसँग चाँही बिहे गर्नु हुँदैन है " अष्ट्रेलिया आउनु हप्तौ अगाडी बेलुकिको खाना खाइसकेपछि टेलिभिजन अगाडि बस्दा म र आमाबिच हुने सम्बादको प्रमुख बिषय यही हुन्थ्यो। कहिले मामाघरतिर छिमेकिले जर्मन केटीसँग बिहे गर्दा बैबाहिक जिबन सफल हुन नसकेको त कहिले बिदेशी केटीले नेपाली घरव्यबहार , रहनसहन अपनाउन नसक्ने बिभिन्न प्रसँगहरु उल्लेख गर्दै वहाँ मलाई सम्झाइरहनुहुन्थ्यो। कसैलाई प्रत्यक्ष दवाव दिएर आफ्नो कुरा गराउनु भन्दा बिभिन्न उदाहरण र तर्क दिएर 'कन्भिन्स' गराउनु श्रेयस्कर हुन्छ भन्ने सिधान्तमा विश्वाश गर्ने शायद म र वहाँमा एउटै समानता थियो।
छोरा बिदेश जाने भयो भन्ने खुशीभन्दा पनि आफुबाट छोरो टाढिने भयो भन्ने पिडा वहाँको अनुहारमा प्रस्ट देखिन्थ्यो। घर- छिमेकबाट बिदेश जानुपुर्ब चाहिने सुचनाहरु पाउन मैले कहिलै दु:ख गर्नु परेन। वहाँलाई भान्छामा सघाउदै गफ गर्दै गर्दा एकदिन भन्नुभयो " तैले प्याज काटेको समयमा त आफुलाई चाहिने खाजा तुल्याइ, खाई, काममा गईसक्नुपर्छ रे । हेर बाबु, बिदेश सगै बस्ने साथीसँग त कती दिन भेट हुँदैन रे"। मैले धेरै समय लगाएर प्याज काटेकोमा वहाँले असन्तुष्टी ब्यक्त गर्नु भयो।"तैले अझै भात-तरकारी बनाउन जानेको छैनस। तलाई तेरो साथीहरुले मन पराउदैनन बाबु" । आमाले चिन्ता ब्यक्त गर्नु भयो"। त्यसो भए म भाडा माझ्ने डिपार्टमेन्ट सम्हालौला नि"।मैले सहज उत्तर दिए।
बिदेशमा काम नपाएर दु:ख पाउनु परेको, फी तिर्न नसकेको अनेकौँ सुचनाहरुदेखी लिएर त्यहाँको हावापानी , रहन-सहन आदीका बारेमा सुचनाहरु संकलन गर्न वहाँ तल्लिन हुनुहुन्थ्यो। भाई फोरेस्ट्री पढ्न पोखरा जाँदा वहाँले धेरै पिर गर्नुभयो। समयमा खाना खाला- नखाला , दु:ख पाउला आदी सोचेर चिन्ता गर्नुहुन्थ्यो। तर म अष्ट्रेलिया आउने भएपछी भाईप्रतिको चिन्ता पुरै ओझेलमा परेको थियो। एकपल्ट भाईले मलाई जिस्किदै भन्यो " दाई, बिदेशमा धेरै विद्यार्थी रेस्टुरेन्टमा भाडा माझ्छन रे, तपाईं पनि आजै देखी ट्राएल दिनुहोस"। शायद आमा यो कुराबाट अबगत हुनुभईसकेछ क्यार वहाँले सिरियस पारामा जाली मस्को देखाउदै भन्नुभयो " बाबु रेस्टुरेन्ट मालिकलाई हो यस्तै मस्को किनिदिन भन्नु । यसले भाडा माज्दा सफा अनी चाडो पनि हुन्छ"। सरफ हालेर थाल पखाल्दै वहाँले देखाउनुभयो। भाईलाई पनि हप्काउनु भयो " तलाई त हामीले खाने , बस्ने , फी तिर्ने सबै खर्छ पठाइदिन्छौ। उसले त सबै ब्यबस्था आँफै गर्नुपर्छ बाबु। त्यती सजिलो छैन" । भाई बिचरा चुप लाग्यो। आमा हरेक कुरालाई गम्भिरताकासाथ लिन थालीसक्नु भएको थियो।
मेरा लागि चाहिने सुचना बटुल्न म पनि त्यती गम्भिर थिइन जती आमा हुनुहुन्थ्यो। IELTS GRE को बारेमा बुझ्न मलाई कती समय लागेको थियो तर वहाँ त पुरै जानकार भईसक्नु भएछ। आमा र म निकै घनिस्ट थियौ। वहाँ मलाई घर-छिमेकतिरका खबरहरु अपडेट गराइराखनुहुन्थ्यो। म वहाँलाई प्राय जिस्किदै भन्थे " तपाईं त मेरालागी रेडियो, टेलिभिजन नै हो। तपाईं भएपछी मैले टिवी रेडियोमा समाचार सुन्नै पर्दैन।" वहाँ हास्नुहुन्थ्यो।
अष्ट्रेलिया आउनु अगाडिको किनमेल तयारीमा पनि वहाँले सुक्ष्म भन्दा सुक्ष्म कुराहरुको ख्याल राख्नु भ्एको थियो। सियो, धागो, नेलकटरदेखिका साना भन्दा साना आवश्यकताका सामानहरु नछुटुन भनेर बडो ध्यान पुर्याउनुहुन्थ्यो। साथीहरुसँग बजार गएर ल्याएका सामान, लुगा म वहाँलाई बेलुकी देखाउथे । आमा कमेन्ट गरीहाल्नु हुन्थ्यो " यो अली उज्यालो किसिमको किनिछस , बिदेशमा पटक पटक लुगा धोइरहने फुर्सद तैले पाउदैनस बाबु।" वहाँको त्यो सुक्ष्म सुझबुझ देख्दा म अझै पनि छक्क पर्छु।
अष्ट्रेलिया आउनु केही दिन अगाडि रुमालको सानो पोको थमाउदै एकदिन वहाँले भन्नुभयो " ला बाबु, तलाई यो बिदेशमा दु:ख पर्दा मद्घत हुन्छ"। पैसै पैसा गुजुल्टो पारेर रुमालले बाधेको त्यो पोकोमा शायद ३०- ४० हजार नेपाली रुपैया थियो। " यो पैसा तलाई मेरोतर्फबाट पकेट खर्च हो। यसको बारेमा तैले बुवालाई पनि नभने हुन्छ । बिदेशमा दु:ख पाएर सडकमा पनि आउन सकिन्छ रे। यो पैसा तँ रुमाल नफुकाइ छुट्टै लैजा। दु:ख पर्दा काम लाग्छ।" यसो भन्दा वहाँ बडो सालीन अनी गम्भिर देखिनुहुन्थ्यो। तरकारी किनमेल गर्दा बाचाएको अनी टिका-टालो गर्दा दक्षिणा पाएको पैसा वर्षौदेखि साँचेर राखेको पैसा थियो त्यो। म वहाँको सन्तान प्रतिको माया देखेर चकित भए । सन्तानको मायाको अगाडि बिदेशमा नेपाली पैसा चल्छ -चल्दैन शायद वहाँले सोच्न भ्याउनु पनि भएन। “आफ्नो सन्तानलाई कति सजिलै आफ्नो सम्पूर्ण सुम्पन सक्छन आमाहरु" मैले मनमनै सोचे।
माता तिर्थ औशिको दिन म आमालाई बजार गएर मिठाइ, फलफुल किनेर ल्याइ खुवाउन संकोच मान्थे। छोरो मान्छे भएर पनि के छोरी मान्छे जस्तै मिठाई किन्न जानु भनेर एक किसिमको धक लाग्थ्यो। बेलुकिपख म भनी टोपल्थे " आज औशिको दिन आमालाई केही ल्याएर खुवाउनु पर्ने।" आमा भन्नुहुन्थ्यो "तैले त्यती भनिस, मलाई लाख भयो।“ हरेक बर्ष म यही आइडिया अपनाउथे। आमा त्यतिमै चित्त बुझाउनुहुन्थ्यो। मलाई आमा धेरै मिस हुन्छ । वहाँ प्राय मलाई फोनमा सोध्नुहुन्छ " बाबु तलाई यतातिरको धेरै नियास्रो लागेको छ होला हगी " भनेर। यो प्रश्न मलाई निकै अपमन्जस्मा पार्ने प्रश्न हो। “घर- परिवारको नियास्रो लागेको छ” भनौ भने पनि वहाँले छोरोले धेरै घर परिवार सम्झिदो रहेछ । बिचरा अझै बिदेशमा घरको यादले घुल्मिल हुन सकेको रहेनछ भन्ने सोच्नु होला भन्ने पिर। “खासै नियास्रो लागेको छैन” भनौ भने पनि "लौ छोरो त अब उतैको बातावरणमा रमाउन पो थालिसकेछ। हामीलाई त सम्झदो पनि रहेनछ" भन्ने सोच्नुहोल भन्ने पिर। म अझै पनि यो प्रश्नको 'डिप्लोम्याटिक' उत्तरको खोजिमा छु।
" मैले धेरै देखेको छु, बिदेश गएका मान्छे उतै हराउछन , अब तपाईंको छोरो पनि फर्कदैन। उतै बस्छ।" कौसिमा बसेर बात मार्दै गर्दा एक दिन छिमेकी काकिले आफ्नो जानकारीको पोको खोल्नुभयो। " हाम्रो छोरो त पढेर, फर्किएर यही आउछ, अनी बिहा गरेर यही बस्छ, हैन त बाबु? " सहमतिको अपेक्षा गर्दै वहाँले मतिर हेर्नुभयो। यसो भन्दा वहाँको अनुहारमा आसा अनी भरोसाको भाव प्रस्ट पढ्न सकिन्थ्यो। म केही बोलिन। मात्र वहाँको अनुहारमा हेरेर खिस्स हासे।
“The Whole world may go against you, but not your mother.”
मैले कतै सुनेको पढेको Statement हो यो। वास्तवमै सम्पूर्ण विश्व आफ्नो बिपक्षमा हुँदा पनि आमा कदापी आफ्नो सन्तानको विपक्षमा हुन सक्दिनन। चाहे फटाहा, धुर्त, पिडक सन्तान किन नहोस, आमाको निम्ती त्यो आफ्नो हुन्छ। प्यारो हुन्छ। आफ्नो सन्तानलाई उनी सधैं अबोध र अज्ञानी नै देख्छिन। उनकोजस्तो निस्वार्थ माया शायद संसारमा अरु कसैले गर्न सक्दैन।
कोही सुख, सम्पन्नतामा जन्मन्छन। कोही दुखी, अभाब नै अभाब भएको घरमा जन्मन्छन। कोही जन्मदै अपाङ्ग हुन्छन। कोही जन्मदै अनेकौ गुण लिएर आएका हुन्छन। यसरी कसैलाई काखा कसैलाई पाखा गरेको देख्दा लाग्छ भगवान अन्यायी छन। तर भगवान त्यतीबिघ्न पनि अन्यायी छैनन। उनले एउटा मुल्यवान कुरा भने के धनी, के गरीब, के सम्पन्न, के बिपन्न, के अपाङ्ग , के सपाङग सबैलाई बराबरी प्रदान गरेका छन। उनले सबैलाई आमा दिएका छन्। हामी सबैलाई ठुलो गुण लगाएका छन्। धन्य भगवान।
बाँकी अंश...