सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Sunday, March 9, 2008

साला Politics।

-नवराज

प्रस्तुत कवितामा सबै क्षेत्रमा हावी बन्दै गइरहेको राजनीति र यसले छाडेको नकरात्मक प्रभावप्रति जनमानसमा उब्जिएको घ्रीणालाई प्रस्तुत गर्न खोजिएको हो। सबै क्षेत्रलाई आक्रान्त पारेको राजनीतिप्रति मानिसले गर्ने प्रतिकृया जस्ताको तस्तै राख्ने क्रममा यसको ठाडो भाषा र प्रस्तुतिलाई पाठकहरुले अन्यथा लिनुहुने छैन भन्ने अपेक्षा राखिएको छ।

कसैले निम्ता गर्नै पर्दैन
मुसा बनेर छिर्छ,
अनेक उपद्रो मच्चाउछ
सबैलाई पिर्छ,
साला Politics।

आफु केही जान्दैन
अरुको कुरा मान्दैन,
आफु त काम गर्दै गर्दैन
अनेक अड्को थाप्छ,
साला Politics।...

जस कसैलाई दिदैन
आफुलाई मात्र सही देख्छ,
आफ्नै घर जलाई
आफ्नो हात सेक्छ,
मुर्ख Politics।

कसैलाई अघि बढ्न दिदैन
कुटिल जाल हान्छ,
अरुले गनुन् नगनुन्
आफुलाई हिरो ठान्छ,
धुर्त Politics।

कसैको भलो चाहन्न
स्वर्थी काम गर्छ,
अरुलाई ठाउँ नै दिदैन
पुरै लम्पसार पर्छ,
साला Politics।

एकतामा विश्वास नै छैन
गुट उपगुट बनाउछ,
भित्र भिर्त्रै कुहिन्छ
सिनो गनाए झै गनाउँछ,
Dirty Politics।

2 comments:

  1. ग्रेट नबराज, एकदम राम्रो। यहाँ आएर पनि सुन्दर देश नेपालको एक मात्र घिन लाग्दो कुरा राजनिति त्याग्न नसक्नेहरुलाई लात हान्ने गरी लेखेछौ। मलाई लाग्छ कि डर्टी पोलिटिक्स् छोडेमा ती पोलिटिसियनले धेरै नेपालीहरुको साथ पाउने छन्।

    ReplyDelete
  2. They fight in the parliament house,
    They curse each other
    If you are from a different party you are almost untouchable
    They never agree unless they have to sell mahakali
    They never agree unless they have to raise their salary
    They even pocket "sutkeri bhatta"
    Damn those politicians
    They gave the politics a bad name!

    ReplyDelete