सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Sunday, March 23, 2008

तर मन त पत्थरकै जाती

-नवराज
जीवनको गोरेटोमा बाधा अनि अड्चनहरुमाझ
अल्झिएर पछारीनु त छँदैछ साथी,
चर्किन सक्छ, चोइटिन सक्छ यो मन
…तर मन त पत्थरकै जाती।

प्रहार त पक्कै सहनु पर्छ, समयको नियतिको भाग्यको
चोट सहनुपर्दा चोटै चोट माथि,
कुच्चिन सक्छ, टुक्रिन सक्छ यो मन
…तर मन त पत्थरकै जाती।

सुखै सुख त कसलाई पो लेखेको होला र ?
अनेकौ ब्यथा कष्ट र पिडाले पाउँदा सास्ती,
डढ्न सक्छ, पग्लन सक्छ यो मन
…तर मन त पत्थरकै जाती।

घाउ देख्दा मल्हम हैन नुन चुक छर्ने पनि छन यहाँ
पाउँदा घात धोका अनि लान्छनाहरु नाना भाँति,
गिथलिन सक्छ, चुडिन सक्छ यो मन
…तर मन त पत्थरकै जाती।

अनेकौं बोझ समस्या र दिक्दारीका खातका खात
पश्चातापको भार त कति कति,
भाँचिन सक्छ, लाछिन सक्छ यो मन
…तर मन त पत्थरकै जाती।

3 comments:

  1. nabaraj!
    timi ta kabi nai ho |
    lekhdai jau.... have u ever thought of publishing kunai "kabi sangraha"
    keep on writing!

    ReplyDelete
  2. dherai ramro cha yar! aru pani lekhdai gara.

    ReplyDelete
  3. yedi maan pathhar vaye.. yo kabita le yesari chune thiyena maan
    na kunai artha lagtyo yo kabitako, na ta pugthyo mero hridaya mathi...
    la aba vana sathi...
    ke ho ta maan aajhai pathhar kai jati....

    nice one my fren...
    keep driving your poetic tram...

    ReplyDelete