-मणि वनवासी
ठुला ठालु सधैं राम्रा, साना सधैं दास।दासताको पञ्जाबाट मुक्त हुने आस।।
त्यही आसमा अल्झिएर छाडिहाले घर।
सम्झनामा तड्पिरहन्छु खुशी कहाँ छ र।।
अधुरा ति सपना सम्झी यहाँसम्म आको।
आफ्नाबाट टाढा हुदा बल्ल चाल पाको।।
कुरा बुझ्नु पहिले नै टाढा आई सकेछ।
ट्रैन अब लिक छोडि पर गई सकेछ।।...
यता उति हल्लिदैमा बैश ढलि गयो।
चालिस बर्से यो जवानि त्यसै खेर गयो।।
सबै खुसि सबै हाँसो भुल्नु पर्यो अहिले।
ति दिनहरु बापस पाउन कति कुर्नु मैले।।
पराइ ठाँउ पराइ माया जिउनलाइ गाह्रो।
मेरै गाँउ मेरै ठाँउ मलाई सधै प्यारो।।
बर्षातको झरि जस्तै बर्सिरहन्छ आँसु।
पिर चिन्तामा डुबुल्किदै कसरि म हाँसु।।
घर टाढा देश टाढा यो बिरानो ठाँउमा।
यो कविता लेखे मैले मरै देशको नाँउमा।
ke ho dai yesto dami lekhne..lekhnu paryo ni ho kahile kahin ta yesai gari
ReplyDeleteDear Mani sir,
ReplyDeleteIt is very nice poem and please keep up with the good work. We all sympathise with your sentiments.
Deepak Bista, Adelaide, Australia.
खुन्खार छ, मणी दाई। देश प्रेम झल्कने कविता, असाध्य राम्रो छ।
ReplyDeleteyakdam rarmor cha!
ReplyDeletebidhesh basne nepali haru le yakchoti phadnai parne kabita jasto lakcha!
malaee 1st haraf ko last line yakdam ramro lagyo.
binay
ट्रेनले जता लान्छ अब , गन्तब्य ठान्नु पर्यो।
ReplyDeleteदेश छोडि आँउदैमा, देशप्रेम कहाँ मर्यो?
आ-आफ्नै कथा सबको पिर, ब्यथा, जलन।
सोचे जस्तो हुन्न सबलाइ , यस्तै छ यहाँको चलन।।
What is the correct spelling (i mean nepali "hijje") of mani, the article uses "harsho, aaskash has used "disrgha"!!!!
ReplyDeleteI do apologize for the mistake I made by writing "DIRGHA", its actually "HRASSO".
ReplyDeleteANYWAY, WHO IS THIS ANNONYMOUS? THANKS FOR COMMENTING ON MY MISTAKE.