-आकाश दवाडी
आज म यहाँ आइपुगे। हिजोसम्म त उमङ्ग थियो, जोश थियो। आज याताउता हेर्छु, अनी थाहा पाउछु कि यहाँ त केही रहेनछ। लौन यो त मरभुमी पो रहेछ। म छाँगबाट खसे जस्तो भएँ। ला म त फसेछु नि। आँङ सिरिङ्ग हुन्छ। यो एउटा नरम्रो सपना भए नि हुन्थ्यो नि। एक थप्पड आफ्नै गालामा हन्छु। अब त प्रस्ट भयो यो बिपना नै रहेछ। म झन अतिन्छु। टाढा टाढा सम्म चियाउँछु केही छैन। राम्रोसँग सास फेर्न नसकेको अनुभुति हुन्छ। लामो सास लिएर शोच्छु, म यहाँ किन आएँ त? बल्ल अनुभब भयो। म यहाँ आउनु अपरिहार्य थियो। यहाँ बाट केहि दुरिमा रहेको तालको बिचमा रहेको अम्रित पिउनपो आएको त म।...
अब म ताल तिर प्रस्थान गर्छु। तालमा न डुंगा छ, न पुल छ। अरु त अरु तालको पानी पनि समुन्द्रको जस्तो नुनिलो पिउन नमिल्ने। म प्यासले आकुल ब्याकुल छु। आङ फेरि जिरिङ्ग भयो। आखिर मलाई मलाई पौडी खेल्न पनि त आउँदैन। जागर तर्ने अन्तिम आसामा पनि तुषारापात भयो जब थाहा लाग्यो कि ताल त एक बाँस डुब्ने गहिरो पो रहेछ।
म डङ्ग उभिए। पसिना पुछी फेरि सोचे र थाहा पाए कि म त त्यो अमृत पिए बगर जान नसक्ने गरी पो आएको हुँ त। अब केही उपाए छैन। अन्त्यमा उही दु:ख पर्दा मात्र सम्झने उनिलाई नै सम्झिए। दु:खमा मात्र सम्झने त हो उनिलाई। म निन्द्रामा परेछु। बिउँझीदा त यहाँ चमत्कार भएछ। उनी कती दयालु। अन्तिममा सम्झिए पनि रिसाएनन। उनी आएछन गएछन। मैले पत्तै पाएनछु।
यहाँ त वरिपरी हरियो छ। दुध दिने एउटा गाई भकारोमा छ। दुइ चार कलीला रुखहरु हुर्किदै रहेछन। ममा त अलिअली पौडी खेल्ने हिम्मत पनि आएछ। ताल पनि कन्चन। पानी पिए, नुनिलो कत्ती पनि छैन। म सोच्दैछु, दुइ-चार बर्षमा त रुख काटेर डुंगा बनाउछु। म हर्षित छु। म सार्है उत्तेजित छु।
अब म केही बर्षमा नै त्यो अमृत पिउनेछु। त्यसपछी त म फर्कन पनि सक्नेछु। आहा, आखिर म यहाँ आएको पनि सार्थक हुने भो। म दङग छु, जिल्ल छु। तर म बढी उत्तेजित हुनु हुँदैन। यो मरुभूमी हो। यहाँ जहिले पनि आँधी आउन सक्छ। म सतर्क हुनु पर्छ।

dami cha dawadee sir. maile timile yesto lekhchau bhanne socheko pani thiyina
ReplyDeleteम आज अचम्ममा परेको छु। म संगै बस्ने साथी यती मिठो साहित्य लेख्दो रहेछ अनी मलाई पत्तै छैन। तिम्रो लेखन शिल्पी धेरै राम्रो छ अनी लेखन पनि प्रतिकात्मक छ। म धेरै खुशी पनि छु किनभने म विस्वस्त छु अब देखी तिम्रो लेख पढ्न पाइरहनेछु।
ReplyDeleteDear Aakash Bahi,
ReplyDeleteCongratulations!! You have joined the rest of the Adelaidean leaugue of Nepali poets, writers and eassyists. Very impressive piece of work. Please keep it up.
Deepak Bista, Adelaide, Australia.
आकाश
ReplyDeleteराम्रो छ ! तेही मरुभुमी आनकौ पाएेल हरु छन , कसैको आस्तितिओ मेतियो पनि होहोल र खोही आझै पनि को आश मा भौतरिरह्को हुनु पर्छ !
भेट्न पनि गाह्रो छ , सबै जना नससिएका छन ! अल्मली रह्कआ छन !
Gr8 gob
Binay poudyal
दिपक दाई, बिनय अनी सन्तोष र नबराज सबैलाई मेरो लेख पढेर प्रतिकृया जताइदिएकोमा, धेरै धन्यबाद प्रकट गर्न चाहन्छु।
ReplyDeletewonderful
ReplyDeleteaakash sir
I love to read the entries...Hope to get more..
अष्ट्रेलियामा नयाँ नेपाली साहित्यकारको जन्म भएछ, खुशी लाग्यो। अती राम्रो छ।
ReplyDelete