सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Sunday, October 26, 2008

तिमी नै तिमी पाउँछु

-रजित ओझा

तिमी नै तिमी पाउँछु रानी आफु भित्रको हराईमा
होश आजकल रहन छोड्यो भनाई र गराईमा

लहराएर सँधै तिमी किन यसरि भागी दिन्छ्यौ ?
तिम्रो आँचलको बुट्टा देख्छु ताराको त्यो झराईमाँ

मनको न हो लड्डु बन्छ ,घिउ सितै खा भन्छ
खोइ के के उम्लिदिन्छ मनभित्रको कराइमाँ

टाढा त छैनौ तिमी तै पनि डराउँछु
छोडी मलाई हिन्ने हौ कि रहन्छु यहि तराइमाँ

सफा पारी राखेको मेरो मनमाँ बास गर
तिमीलाई पछुतो हुने छैन यो बसाईँ सराईमा


बाँकी अंश...

Monday, October 13, 2008

You are my same moon

-Nabaraj
I never knew that you were the same “moon”
I never bothered to take a glance of you when I could
I had come here leaving you oceans apart
And fearing if I would never get to see you again

I never knew you were my own “moon”
Same old coolness on your shade
Same old impatience on your manners
Same old tenderness on your love

You used to cover your face every now and then,
Oh! How I used to suffer then
When dark clouds hovered around you
Oh! How I used to burn with jealousy

The scar you bear on your face
To protect yourself from evil eyes;
The promise which you had uttered
“I am only yours, only yours”

Nights filled with peace and tranquillity
Those when we used to whisper love;
Soft nights and tenderly feelings
Always vivid in my memories;

You are rigid in the sky
But I am crawling down here
Waiting patiently,
if you will ever come to me?

(This is the translated version of old poem तिमी त उही चन्द्रमा रहिछौ .Lot of thanks goes to my friend Durga Pandey in taking effort in translating it for Moon Lim Huiying.)


बाँकी अंश...

Thursday, August 28, 2008

I wish you were mine!!!!!

10th Grade

As I sat there in English class, I stared at the girl next to me. She was my so-called "best friend". I stared at her long, silky hair. I wished she were mine, but she didn't notice me like that.And I knew it. After class she walked up to me and asked me for
the notes she had missed the day before, and I handed them to her. She said "thanks" and gave me a kiss on the cheek. I wanted to tell her. I wanted her to know that I don't want to be just friends. I love her, but I'm just too shy. And I don't know why.

11th Grade

The phone rang. It was her on the other end. She was in tears, mumbling on and on about how her love had broke her heart. She asked me to come over because she didn't want to be alone, so I did. As I sat next to her on the sofa, I stared at her soft
eyes, wishing she was mine. After 2 hours, with a Nicholas Cage movie,and three bags of chips, she decided to go to sleep. She looked at me,said "thanks," and gave me a kiss on the cheek. I want to tell her. I want her to know that I don't want to be just friends. I love her, but I'm just too shy. And I don't know why.

12th Grade

The day before prom she walked to my locker. "My date is sick," she said. He's not going to go. Well, I didn't have a date and in 7th grade we made a promise that if neither of us had dates we would go together just as "best friends," so we did. Prom
night after everything was over I was standing at her front door step. I stared at her. She smiled at me and stared at me with her crystal eyes. I want her to be mine, but she doesn't think of me like that, and I know it. Then she said, "I had the best time, thanks!" and gave me a kiss on the cheek. I want to tell her. I want her to know that I don't want to be just friends. I love her, but I'm just too shy. And I don't know
why...

Graduation Day

A day passed. A week passed. A month passed. Before I could blink, it was graduation day. I watched as her perfect body floated like an angel up on stage to get her diploma. I wanted her to be mine, but she didn't notice me like that, and I knew it. Before everyone went home, she came to me in her smock and hat, and she cried as I hugged her. Then, she lifted her head from my shoulder and said,” You’re my best friend, thanks!" and gave me a kiss on my cheeks. I want to tell her. I want her to know that I don't want to be just friends. I love her, but I'm just too shy. And I don't know why…

A Few Years Later

Now, I sit in the pews of the church. She is getting married now. I watched her say, "I do" and drive off to her new life, married to another man. I wanted her to be mine but she didn't see me like that, and I knew it. But before she drove away, she came to me and said, "You came!" She said, "thanks!" and kissed me on the cheek. I want to tell her. I want her to know that I don't want to be just friends. I love her, but I'm just too shy. And I don't know why...

Funeral

Yrs passed, and I looked down at the coffin of the girl who used to be my best friend. At the service they read a diary entry she had wrote in her high school years. This is what it read: "I stare at him wishing he were mine. But he doesn't notice me like that, and I know it. I want to tell him. I want him to know that I don't want to be just friends. I love him, but I'm just too shy, and I don't know why. I wish he would tell me he loved me…"

I wish I did too…
I thought to myself, and I cried.


# This story is not written by me, I just made some changes Hope you enjoy reading#


बाँकी अंश...

Thursday, July 24, 2008

बुढाबाको लठ्ठी

-रजित ओझा

बुढाबा सँधै बरण्डामा बसेर भागवत गिता पढ्थे । घामका किरणमा बुढाबा पहेँला देखीन्थे ।सेतो जिउमा नुहाईसकेपछि पानीका थोपाहरु टलक्क टल्किन्थे । घर अघि तुल्सिको मोठ थियो बिहान पानी चढाउँथे आधा नाङ्गो जिउ भएर ,जनै मात्रै हुन्थ्यो माथि तल चाहिँ सेतो धोति ।
"यो बुढो उमेरमा कति धर्म गर्नु परेको हजुरलाई ,रुघा लाग्यो ज्वरो आयो स्यहार्न भगवान आउँदैनन् मैले गर्नुपर्छ ।सँधै ननुहाए पनि त हुन्छ नि ।"बुहारि झोक्किन्थीन धेरै जसो ।
"बुढीलाई त नटेर्ने म पहिले। तँ फिस्टि बुहारी"बुढाबा मनमनै सोच्थे ।
हुन त बुढी आमै खसेको धेरै पहिले तर सम्झीन्थे बुढाबा कहिलेकाहिँ बुढीआमैलाई ।गाउँघरका बुढापाका भेला हुँदा भन्थे
"मेरी मुखीनी को बुलाकि चार तोलाको थियो ।अहिलेको कुरा गर्ने हो भने त एकलाख रुपियाँ नाकमाँ झुण्ड्याएर हिँड्थी मेरी मुखिनी । महि पार्दा हल्लिदाँ नाक कति सारो राम्रो देखीने बुलाकी सहितको । उसले मथेको घिउ त झर्के कचौराको भरि एकै छाकमाँ सिध्याउँथे म !"
त्यो उमेरमाँ पनि बुढाबा ठमठम हिन्थे । बा को घरबाट बुढापाका भेला भएर गफ गर्ने ठाउँ लक्का जवानलाई हिँडेर पुग्न पन्ध्र मिनट लाग्ला बरु तर बुढाबा दश मिनटमैँ पुग्थे ।गाउँका मान्छेहरु भन्थे "यमराजले बुढाबालाई लिनलाई दुत नपठाएको होईन रे ,बुढाबा छिटो हिँड्ने भएर तिनीहरुले भेट्टाउन सकेनन अरे ।"
हरिक्रिष्णले "गाई किन्नु छ बुढाबा तँपाईँ त दुध खाँदा खाँदै पाको हुनु भएको मान्छे ,चन्द्रेको मा भएको गाई हेर्न जौँ न "भनेर लिएर जाने बिचार गर्दै भन्यो एक दिन ।
बुढाबाले हाँस्दै भनेका थिए"म बुढोलाई के दुख दिन्छस् ,गाई नै त किन्ने हो नि मन नपरे नकिन ,किनेर मन नपरे बेचिदे,गाई नै ल्याउने हो ,बुहारि भए पो शिल स्वभावकि भनेर हेर्न गइदिनु ।"तर हरिक्रिष्णे मानेन ,बुढाबा जानै पर्ने भयो । एक घण्टाको ओरालो बुढाबा पछि पछि आए ,हरिक्रिष्णे अघि अघि गाई घच्याउँदै हिड्यो ।
घर फर्किने बेलामा बुढाबाको पाँसुला फर्के जस्तो भयो ,बुहारिलाई घर फर्केर तेल लगाई माँगे ।
"बुढो भयो जिउ ,हेरचार गर्नु छैन त्यो दुई दुई घण्टाको बाटो किन हिँड्नु परेको होला"बुहारि फतफताउँदै तेल लगाईदिन थाली ।
"तँ सारै गाली गर्छेस हौ बुहारि बुढो मान्छेलाई ।"बुढाबाले दुखेसो पोखे ।खुट्टा सारै दुखेर मात्रै सुस्तरि बोले बुढाबाले नत्र बुहारिलाई नै टेर्ने खालका मान्छे थिएनन् बुढाबा ।
"मायाले नि बा ,पिरले ।केटाकेटि जस्तै पछि पछि लाग्ने कुरा आएन ।अलि अलि त तँपाई ले पनि सोच्नु पर्यो नि ।"तेल को कचौरा छेउमा राखीदिएर ,बत्ति निभाउँदै बुहारिले भनी ।
त्यो राति बुढाबा उठ्न सकेनन पिसाव फेर्न जानलाई पनि । छोराहरु आएर ट्वाईलेट सम्म पुर्याईदिए । त्यो दिन देखी बुढाबाको हिँडडुल कम भयो । एक दिन कान्छो छोरोले लठ्ठि लिएर आयो बुढाबालाई हिँडडुल गर्न सजिलो होस भनेर हात ले समाउने बिट छड्के भएको , बिट चाँदि जस्तो तर फलामको पाताले बेरेको थीयो लठ्ठी भरि डन्डिफोर जस्ता थोप्ला थोप्ला थिए अनि चिल्लो थियो लठ्ठी ।
तर बुढाबा लठ्ठी देख्ने बित्तिकै झोक्किए ।
"अहिले सम्म लठ्ठि बेगर नै हिँडेको म अब मर्ने बेलामा किन लठ्ठी बोक्छु ,फ्याँकिदे त्यसलाई ,अहिल्यै जलाउनलाई दाउरा जम्मा गर्न थालिस् कि क्या हो कान्छा ?"
कान्छो छोरो निशब्द भयो बुढाबा झोक्किएपछि ।उसले बुढाबा सुत्ने कोठाकै कुनामा लठ्ठी थन्क्यायो ।
दारी छोराले काटिदिन्थे बुढाबाको बुढाबा थलिएपछि ,हफ्तामा एक पटक । गाला चाउरि परेका थीए बुढाबाको आईरन लगाईदिउँ जस्तो त्यस्ले दारि काट्नलाई सारै अफ्ठ्यारो धुले बाटोमा गाडि गुडाएजस्तो कहिले यता ढल्केको छ कहिले उता ,फेरि बुढो शरिर ब्लेडले काट्यो भने त रगत नरोकियेला भन्ने पिर अनि आँखा चश्माको बाहिरबाट चश्माको पावरले फर्सि जत्रै देखिन्थ्यो ।घाँटीमैँ झुण्डीराखोस भनेर तुना पनि लाईदिएको थियो चश्मामा ।कोठामै खानलाई अफ्ठ्यारो मान्थे बुढाबा चुलो उठाउनु हुन्न भन्थे । बिस्तारै बिस्तारै बुढाबाको खान्कि घट्यो ।एकरात बुढाबाले मुखीनीलाई सपनिमा देखे ।भोलिपल्टनै बुढाबाले छोरोलाई बोलाए र भने
"अब म बाँच्दिन जस्तो छ धेरै केटा ।तेरी आमा सपनामाँ आएर बोलाउन थाली । "
छोरोले रुन्चे मुख लायो अनि मनमनै सोच्यो बुढो शरिर कति चाँडो ढल्दो रहेछ ,अस्ति सम्म ठमठम हिँड्ने बा आज ओछ्यान मा थलीएर यस्ता कुरा गर्छन् ।
बुढाबा थलिएको कुरो गाउँ भरि फैलियो ।गाउँ भरिका बुढापाका को ओइरो लाग्यो घरमा थोरै बेर फेरि पुराना कुरा गरेर मन बहलाए बुढाबाले । घरभरि त्यो दिन जु्त्ता र लठ्ठिका थुप्रा थीए ।बुढाबाले लठ्ठि हरु सबै हेरे । अस्ति कान्छोले ल्याएको लठ्ठि कस्तो रहेछ फेरि हेर्न मन लाग्यो बुढाबालाई ।त्यो दिन अरु दिनको तुलनामाँ खाना पनि धेरै रुच्यो बुढाबालाई ।खाना खाने बित्तिकै बुढाबाले कान्छालाई लिन पठाए ।
" अस्ति तैले ल्याएको दाउरो यहिँ राखीस कि फ्याकिदिइस कान्छा?"बुढाबाले सुस्तरि सोधे ।
कान्छोले कुनाबाट झीकेर बुढाबालाई डराई डराई लठ्ठि देखायो ।बुढाबाले धित मरुन्जेल लठ्ठि हेरे लठ्ठी आफ्नो जस्तो लाग्यो अनि अरु बुढाहरुको भन्दा राम्रो रहेछ जस्तो पनि लाग्यो बिस्तारै लठ्ठि समाए ।सजिलो कसरि समात्दा हुन्छ हेरे अनि ओछ्यानको छेवैमा थन्क्याए ।
भोलिपल्ट बिहान बुढाले अरु दिन भन्दा छिट्टै चिया पकाउन बुहारिलाई भने ।चिया खाईसकेपछि गिलास लिन जाँदा बुढाबा ओछ्यानमाँ थिएनन् लठ्ठि पनि थिएन ।बुहारि हत्तपत्त बाहिर निस्कि ।बुढाबा लठ्ठि टेकेर कहिले घाम उदाउला भनेर पुर्वतिर हेर्दै थिए ।


बाँकी अंश...

Tuesday, June 24, 2008

आँशु बिक्री हुने भए

-रजित ओझा


जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए
म बिल गेट्स हुन्थे,आँशु बिक्री हुने भए

तिमी बसेको चोक धाएकै हो....
मायामा ज्वरो आएकै हो.....
१०४ पुग्थ्यो होला ...१०४ पुग्थ्यो होला
मायामा डिग्री हुने भए
जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए
म बिल गेट्स हुन्थे होला आँशु बिक्री हुने भए..

हार्ने म, जीत्ने तिमी.....
मर्ने म मार्ने तिमी .....
हाँसी हाँसी फाँसी लाग्थेँ.....
हाँसी हाँसी फाँसी लाग्थेँ.....
अंगालो सिक्री हुने भए
जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए
म बिल गेट्स हुन्थे होला आँशु बिक्री हुने भए


बाँकी अंश...

सपथ

शिव प्रकाश
बोस्टन, अमेरिका, जुन १८
एककान दूइकान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा । गाउँको स्कूलको एउटा साधरण मास्टर राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको ।

अहिले के छैन उनीसँग ! श्रीमतीका नाउँमा आलिसानको बङ्गला ! सालासालीसम्मका नाउँमा जताततै घरघडेरी जग्गा । घरमा महँगो गाडी पार्क गरेर राखेको छ । परिवारलाई सरकारी सुविधाका गाडीहरु उपलव्ध छन् । छोराको चुरीफूरी र मैमत्तता निकै बढेको छ । बैंक व्यालेन्स टन्न छ । हिजोको ख्याउटे मास्टरको जीउडाल मन्त्रीभएपछि भ्यागुते भएको छ । यो देखेर टोल छरछिमेक र गाउँबाट मन्त्री भेट्न आउनेहरु सबै छक्क पर्छन् ।

धेरैको मनमा लाग्छ सबै काम छोडेर राजनीतिमा लाग्नु पर्ने रहेछ । कमालको पेशा रातारात मालामाल ! अरु त अरु आफ्नै श्रीमती पनि छक्क परेकिछिन् आफ्नो लोग्ने मन्त्री भएदेखिको उत्पात देखेर । गाउँमा मास्टरनी नानी भनेर चिनिने सीदासादा स्वास्नीमान्छे बेलाबेला रेडियो, टिभी र अखबारमा आएका समाचारले झस्किन्छिन् पनि । कतै यस्तै हुने त होइन । त्यसलाई उनी दूर्दशा ठान्छिन् ।
टोलछिमेकमा चर्चापरिचर्चा बढी नै हुन थाल्यो मन्त्रीज्यूको बद्लदो र उर्लदो जीवनशैलीप्रति ।
मन्त्राणीका कानमा पनि गाँइगुँइ पर्न थाल्यो आफ्नो लोग्नेका बारेमा चलेको चर्चा परिचर्चा । हुन त उनले पहिलेदेखि नै लाग्नेलाई लागार्थिन र बेलाबेलामा सोध्ने गर्थिन "हैन कहाँबाट आउँछ रातारात मुठाका मुठा ! अति गर्नु तर अतिसारो गर्नु त राम्रो हुँदैन नि भोली फन्दामा परिएला ! भन्नेबेलामा देश र जनताको निस्वार्थ सेवा गर्छ भन्ने गर्ने बेलामा रातारात यस्तो लुटपात गर्ने ।"

मन्त्रीज्यू उल्टो लघार्थे "नकरा तँ । म के गर्दैछु मलाइ थाह छ । ममात्र मंगलग्रहबाट आएको हुँ र । तँ गोज्याङ्री यस्ता कुराहरु बुझि्दनस् चुपलाग ।"

भोलीपल्ट अचानक मन्त्रीमण्डल विघटन भयो । विघटित मन्त्रीमण्डलका सदस्यहरुको सम्पत्ति छानविन अख्तियारले गर्ने समाचारसँग भ्रष्टाचारमा यिनै मन्त्रीको नाउँ सबैभन्दा पहिलो नम्बरमा आयो ।

मन्त्राणी अत्तालिदै मन्त्रीलाई सुनाउन आइन - "मैले त भनेको हो नि उ अब अख्तियारले समाउने भयो । अब कसरी मुख देखाउनु यो समाजमा । जति सोधे नि कहिल्यै भन्नु भएन । मसँगै लुकाउनु भो । जति कराए नि कहिल्यै मान्नु भएन । अब के गर्ने हे भगवान् !"

श्रीमतीको अत्याहटबाट अलिकति पनि विचलित नभइ मन्त्रीले गम्भीर र शान्त मुद्रामा जवाफ दिए - "नकारा केही हुँदैन । यस्ता समाचार त मन्त्रीमण्डल परिवर्तन हुँदैपिच्छे सधैं आउछन् अलिपछि आफैं हराउँछन् । बाँकी रहृयो मैले तँलाईसमेत नभन्नुको कारण चाँही मन्त्री हुँदा पद तथा गोपनियताको सपथ खाएको हुनाले मैले आफ्नै श्रीमतीसँग समेत पद अनुरुपको गोपनीयता भंग नगरेर इमान्दारीता निभाएको हुँ ।"


बाँकी अंश...

Monday, June 23, 2008

जीवन ब्रित्तमा घुम्दैछ (भाग-२)

-रजित ओझा
"सरि ,शायद नसोध्ने कुरा सोधेछु ।"
"ठिकै छ ,तिमीलाई हक पनि त छ नि !"मैले उसलाई हिनताबोध हुने मौका दिइन ।
"अझै पनि छ र ?"उ जिस्किई ,मुस्काउँदै ।
"सँधै हुनेछ , कुनै कुरा मा हिजो ,आज र भोलि लागु हुँदैन ! खाजा पनि खाने हो ?"मैले प्रसंग बदलेँ ।
"छाडदेउ ,बरु चिया नै थपुम् ।"उसले चिया प्रति नै आफ्नो लगाव देखाइ ।चियाकि शौकिन हो उ ,हामी कहिले काहिँ घण्टौँ चिया मात्र खाएर यहाँ बसिरहन्थ्यौँ । हुन त त्यति खेरका भेटमाँ समय कटाउन बहाना मात्र त चाहिन्थ्यो अनि उसले राम्रो बहाना पाएकी थिई चियाको रुपमाँ ।बानेश्वर चिसो थियो बाहिर ,मैले बाहिर नियाँले ,गाडि हरु पातला थिए अनपेक्छित कुनै बन्द शुरु हुन आँटे जस्तो ।
सिमसिम पानि पर्न थालेको थियो ।मैले छेवैको उसको ब्याग नियाँले । पुराना दिन जस्तै उसको छातासंगको लगाव छुटेको रहेनछ ,छाताको डोरि ब्यागबाट चिहाइरहेको थियो बाहिर , मलाई भने शायद उसैको संगतले होला छाता बोक्ने रहर जागेन कहिल्यै , किनकि एउटा छाता मा दुइजना हिँड्नुको मजा मलाई थाहा छ अनि मेरो बिगतलाई थाहा छ ,उस्को आभाष दिने छोएर निस्कने बतासलाई थाहा छ अनि मेरो शरिर लाई थाहा छ । आधा भीजेको सम्म पछुतो हुन्न र शायद पछि त्यहि नै बानि बन्यो मेरो , उ छैन भन्ने थाहा हुँदा हुँदै पनि म छाता बोक्दिन ।चिया लिएर वेटर फेरि आइपुग्यो ।टेबलमाँ राखेर अरु नै काममा उ फेरि ब्यस्त भयो ।
"अनि तिमीले छोराछोरिको बारेमा केहि बताएनौ !कि छोराछोरि नै नभइ तिम्रि स्रिमति एक्स्पायर भएको ?" उसले फेरि कुराको शुरुवात गरी ।
"तिमी मेरो छोराछोरिको पछि कत्ति लागेको ?तिम्रा छोराछोरि बिहे गर्ने उमेरका भए कि क्या हो ?"म फेरि जिस्किएँ ।
"तिमी जस्तै भए त सोच्नै पर्छ ।"उसको अनुहारमा पनि थोरै मुस्कान आयो ।सारिको सप्को थोरै मिलाए झैँ गरि उसले ।"छोरो छ ,२२ बर्षको भयो अहिले।""तिमी जस्तै छ ?""छैन ,प्र्याक्टिकल छ ।तिम्रो भाषामा भन्दा।सँधै बिदेश जाने सोचिरहन्छ। म नजा भन्छु मनाउनलाई गारो परिसक्यो । " म चिया पिउन थालेँ ,उ चुप भइ ,शायद मैले अलि धेरै उत्तर दिएँ ।
"बाउ आमा छोराछोरी आफ्नो ऐना होस् भन्ने चाहन्छन् भने त्यो त गल्ति हो नि होइन र?त्यो त तिम्रो इच्छा उसमा कसरि लाद्न सक्छौ र ?तिमीले कहिल्यै अर्काको भावना बुझ्न जानेनौ ,न पहिले न अहिले !" मलाई चसक्क बिझ्यो ,शब्दहरु मानौँ घोचेर पार भए ।
"होला ,तिम्रो सोचमा तिम्रो भाषामा । सत्य त शाश्वत हुन्न नि ,तिमी जे कुरा गलत देख्छौ त्यो कुरा सबै को नजर मा गलत हुनु पर्छ भन्ने कुरा छ र!"
"छैन ,सबै जनालाई एउटै कुरा सत्य हुने भए त विवाद के का लागी ? त्यो त मलाई र तिमीलाई भन्दा कसलाई थाहा होला र ?" उ मुस्काइ ,उस्को इशारा मै तिर त थियो होला ,मेरो आँखामा आँखा जुधाउने प्रयास गर्दै थिइ । मैले हत्तपत्त आँखा हटाएँ ।छेवैको भीत्तामा सामान्य भीत्ता हरु जस्तै मोनालिसा आफ्नो रहस्यमयी मुस्कान मुस्कुराईरहेकि थिइन ,त्यस देखी पर्तिर थीन्ले सन्तुष्ट भएर हाँसेको जस्तो लाग्थ्यो अर्को पेन्टिङ्गमा ,नयाँ रङ्ग पोतिनलाई पुरानो रङ्ग छायाँ मा पर्ने रिति नै हो ।थोरै भए पनि बदलिएको थियो यो ठाउँलाई ।
"अनि तिमीले आफ्नो बारेमा केहि भनेनौँ ,जागिर ?""जागिर छ सरकारि ,मन्त्रालयमा छु । अहिले त रिटायर पनि हुन लागियो ।करिब ५ बर्ष बाँकि होला ।"
"बुढो भएछौ ।"
"सँधै तिमीले देखे जस्तै त कहाँ हुन्थेँ र ?"
"पहिला पनि बुढो नै देखीन्थ्यौ ,गम्भिर आदर्शका कुरा गर्ने ,थाहै छैन पहिलो भेटमाँ मैले तिमीलाई के देखेर मन पराएँ" उ हाँसिरहि ,म उसलाई नियाली रहेँ अनि शब्दहरु घुमिरहे ।सोच्न थालेँ के म पहिले देखी नै बुढो देखीन्थेँ त?तन मात्र हो बुढो हुने मन बुढो हुन्न भन्छन् ,अनि मान्छेको मनले नै मान्छे बुढो भएको नभएको निर्धारण गर्छ पनि भन्छन् के मेरो मन नै पहिले देखी नै पाको थियो त ?खोई थिएँ होला उसको नजरमाँ ,तर म सकेसम्म वफादार बन्ने प्रयत्न गर्थेँ ,यो कुरा मलाई थाहा छ अनि मेरो आत्मा लाई थाहा छ ,उसले नै हो मेरो आत्मा भीत्र को उज्यालो नदेखेको वा मैले देखाउन सकिन । म उसको नजर बदलिन पनि त सक्दिन । त्यति सामर्थ्य भए त उ मलाई छोडेर नै जान्न थी नि ।हात गोजि भित्र हालेर चुरोट निकाल्दै थिएँ । बाहिर निकाल्ने बेलामा पो झसङ्ग सम्झीएँ ओहो उसले त मलाई चुरोट नखानु भनेर कसम पो दिएकी थिई त । म अझै सम्झीन्छु त्यो दिन क्याफेमा धेरै बेर भनाभन भो ,उ सँधै मलाई तँ केटाकेटि नै रहिरहने भईस् , क्याफेभन्दा बाहिर तेरो सन्सार नजाने भो , नौ दश हजार को जागिर खाएर सन्तुष्ट भएर साँघुरिएको आफ्नो दुनियामा देशभक्ति काखी च्यापेर निदाउँछस् भन्थी । उ बाहिर जाने कुरा आयो कि सानो तिनो झगडा शुरु भइ हाल्थ्यो ।त्यसपालि त एप्प्लाई गरेर लेटर आएपछि मात्र सुनाएकी थिई मलाई ! मैले पनि रिसमा धेरै कुरा भनेँ ।उ सँग छुट्टिएर बाहिर निक्लने बित्तिकै मैले चुरोट किनेर सल्काएँ ,शायद त्यो मेरो अहम् थियो वा पिडा पोख्ने साधन ।छ बर्ष पछाडि हात लगाएको थिएँ उ सँग छुट्टिएको दिन चुरोट , उसले नखानु भनेर कसम दिएको चुरोट कसम को के अर्थ जब उ नै म सँग रहिन भन्ने भावना आएर फुके थेँ ,बाहिर धुवाँ उड्दै थियो त्यो दिन खोइ चुरोटको थियो वा मेरो मुटु जलेको ।
"कहाँ हरायौ ?"उसले मलाई प्रश्न गरी ।आ घर गएर खाउँला ।गोजि भित्र समातेको चुरोटलाई गोजिमै छोडिदिएँ ।
"यो क्याफे भीत्र हराउन मिल्ने सम्झना धेरै छन् ,तिमीले बिर्स्यौ होला तर मैले त जतन गरेर राखेको छु ।"
"दिमागमा भए पो बिर्सन मिल्छ ,सम्झना त मुटुमा बस्दो रहेछ ।म सँग पनि छन दुइ चार ओटा त ! "म तिर पुलुक्क नियाल्दै उ चूप लागि । घरि घरि मेरो आँखामा उ के हेर्न चाहन्थी मैले पत्ता लगाउन सकिन । दोस्रो कप मा चिनि हाल्न बिर्सेको रहेछु ,बल्ल खल्लो लाग्यो । सेलाएर तर बसेको चियालाई एक चम्ची चिनि हालेर घोलेँ ।
"तिम्रो चिया सेलाएर खाने बानी कहिल्यै नजाने भो ।"
"खोइ कहिल्यै बदलिन जानिएन ।न समय ले बदलियो न ।।।।।।।।।।" मैले आफ्ना शब्दहरु रोकेँ अनि मुस्काएँ ।
"के तेस्रो ट्रिप पनि जाने हो हाम्रो ?"
"हुन्छ ,खाने भए । भेट भएको खुशियालीमाँ ।"मलाई नाई किन पो भन्नु थियो र । उ सँगको भेटको लागि के के छोडिएन ती दिनमाँ आज त उ नै मलाई रोकिउँम भन्दै छे ।
"मालिक मख्ख हुने भो ,यो क्याफेको ।" उ मुस्काइ ।हुन त साडिको सप्को खसेको थिएन तर पनि मिलाए झैँ गरी मैले देख्दा देख्दै तेस्रो पटक थियो त्यो ।पर्दा थोरै खुलेको थीयो । मैले झ्याल बाट बाहिर नियाँले । पानी रोकिएछ ।बादलहरु पनि फाटिसकेछन क्यार ।सडक मा पानीका थोपा हरु टल्किरहेका थिए पानी को प्रकाशमा । सडक मा थोपा थोपा पानी टल्किँदा सारै राम्रो देखीन्छ ।सबै रिस राग पखालेर मुटुमा फूल रोपे जस्तो । सात रंग पनि देखीएको हुन सक्छ आकाशमा । यस्तै बेला त हो नि आकाशमा इन्द्रेणी देखा पर्ने ।बेहुली भएको होला अहिले त आकाश ।
"आफ्नो बारेमा केहि भन्दिनौँ ?"मैले फेरि प्रश्न गरेँ ।
"के सुन्छौ ?""जे सुनाउ सुनिदिन्छु नि म त ।""क्यानडा मै फर्दर स्टडि गरेँ ,मैले मास्टर्स गरेको कलेजको रिसर्च युनिटमा वहाँ हुनुहुन्थ्यो त्यहिँ बिहे गरेँ ,त्यहिँ सेटल भएँ ।"
"आफ्ना छोराछोरीको बारेमा केहि भन्दिनौँ ?""हाम्रा छोराछोरी भएनन् ।के भएको हो बुझ्नलाई बिहे भएको तिन बर्ष पछि डक्टरको मा गएका थियौँ । डक्टरले मलाई अन्फर्टाईल छौ भन्यो । वहाँले टेष्टट्युब बेबि एडप्ट गर्न मान्नु भएन ।"
"भनेपछि तिमी अहिले एक्लै छौ ?"यसपाली भने मैले आफ्नो आस्चर्य र असन्तुष्टि रोक्न सकिन । साँचै ठुलो दण्ड दिएछ उसलाई समयले ।तर उसको गल्ति नै के थियो र दण्ड दियो समयले ।त्यो पक्कै पनि निसाफ थिएन ।
"तिमी कुनसा दुक्लो छौ र ?छोरा सँग त तिम्रा कुरा हरु मेल खाँदैनन् ।हरेक मान्छेको जीवनमा कमजोरि हुन्छन् ! लिभ इट । अब जौँ , पैसा तिमी तिर्छौ कि म तिरौँ ?"उसले उठ्दै ठट्टा गरि । म भारिमन लिएर बिस्तारै उठेँ ।
"पैसा तिर्ने हक म बाट नखोस प्लिज ।" मैले यत्ति मात्र भन्न सकेँ ।उसले पुलुक्क म तिर हेरी , म बाहिर निस्किउन्जेल पर्खी अनि बिदा भएर आफ्नो बाटो लागि । म धेरै बेर त्यहिँ अडिरहेँ । अनि हिँडेर टाढा पुगे पछि पनि फर्किएर उ च्यातिएको बाटो हेरेँ ।


साभार:manojrajit.blogspot.com


बाँकी अंश...

जीवन ब्रित्तमा घुम्दैछ (भाग-१ )

-रजित ओझा

"मोटाईछौ ।" कुराको शुरुवात यसरि नै गरे मैलेँ । हुन त मैले उसमा खोट देखेको होइन ,सबै ऋतु हरुमा मलाई उ उस्तै लाग्थी भन्ने कुरा पनि शास्वत छ ।मलाई थाहा थिएन त्यतिखेर यी शब्द हरुले उसको मनमाँ कस्तो असर छोडे किनकि केटिहरुलाई मोटाएको कुरा गरिदिनु राम्रो मानिन्न तर तिस बर्षको अन्तराल मा म अल्लारे ठीटोबाट लोग्नेमान्छे भएँ भने उ पनि त केटिबाट आइमाई भइ होलि नि ! जे होस् पाँच मिनटको सुनसान यात्रा,हामी दुवैको मौनता तोड्ने क्रमको औपचारिकता निभाएँ ।यो आश्चर्यजनक भेट पचाउन गारो भइसकेको थियो मलाई , तिस बर्ष निकै लामो समय हुन्छ । अब के नै बाँकि थियो र हामी बिच औपचारिकता बाहेक । चियाको प्रस्ताव मैले नै राखेको हुँ ,शायद म पुराना दिन पल्टाएर आँफै दर्शक भएर पर्दा नियाल्न चाहन्थेँ । कुनै बेला त्यो क्याफे र आइसक्रिम पार्लर भेट्ने बहाना हुन्थ्यो ,गोजि मा पैसा नै नभए पनि बुवासँग कहिले कलम किन्छु भनेर ,कहिले ल्याब सिट सिद्धियो भनेर जे होस बिभिन्न बहाना बनाएर ल्याएका पैसाले ! आज पैसा छ ,तर बहाना छैन अनि साथ नै भएर पनि उ छैन ।
"होला ,बुढि पनि त भएँ नि ,बुढेसकालमाँ त्यसै जिउ लाग्छ भन्छन् । "उसले समय माथि गुनासो पोखी अथवा अर्को शब्द मा भनौँ दोष थोपरी ।कपाल मा रातो मेहेन्दि लगाएर उ समय रोक्न खोजिरहेकि थीइ ,अरु बुढी आइमाईको तुलनामाँ उसको कपाल रेशमी नै लाग्थ्यो तर आँखा को चश्मा ,अनि थोरै नै भए पनि ति खुम्चिन शुरु गरेका ति सेता गालालाई कसरि सम्झाओस उ समय रोक्न चाहन्छे भनेर ।गालाको खाल्डो भने यथावत नै रहेछ ,कुनै कुनै कुरा को अगाडि समय पनि बिवश हुन्छ शायद ।
"बुढि नै त देखिएकि छैनौ । " मैले गालाको खाल्डो नियाल्दै भनेँ । उसको मुस्कान थोरै अरु थपियो गालाको खाल्डो थोरै अरु गहिरो भयो । क्याफे मा कुनाको कुर्सि खालि रहेछ ।मलाई अझै याद छ यो कुर्सि हामी दुइको ठेक्का जस्तै नै थियो पुराना दिनहरुमाँ ।
"कहिले फर्केको क्यानडा बाट ?"
यो प्रश्न को उत्तर मलाई सुन्न मन थिएन तै पनि सोधेँ ।म उसलाई मात्र दोष दिन्न , सबै मान्छे आफ्नो नजरमा सहि हुन्छ।उसको महत्वाकांछ्या र मेरो आदर्श मिलेर हामीलाई टुक्र्याएर म र उ बनाएका थीए ।बिहे पछि उ क्यानडा गइ अनि म नेपाल मै जागिर खान थालेँ ।
"बानेश्वर मै छु चार बर्ष भयो ।"उसले सटिक जवाफ फर्काइ ,नेपाल फर्केको काठमाण्डौ आएको चार बर्ष पहिलो चोटि दोबाटामाँ ठोक्कियो । निकै लामो समय लिएछ भाग्यले यो साइत जुराउन , मनमनैँ सोचेँ ।
"किन नी ? क्यानडा को रहर पुगेको ?"
"वहाँ एक्स्पायर भएदेखी जिवन देखी नै रहर पुगेको छ ,जिवन जिउनु र बाँच्नु फरक कुरा रहेछ ।" उसले एक वाक्य मै आफुलाई पोखी ,अनि म छताछुल्ल भएकी उसलाई नियाँले । उसका आँखा चीयाको ग्लासमा अडियो ,भित्र को आँशुलाई बल प्रयोग गरेर रोक्न चाहन्थि शायद ।चश्मा भित्रका आँखाहरु अझै पनि ठूला ,गहिरानै थीए ।फरक केवल चश्माको पावर मा थियो ।
"माया गर्ने मान्छे टाढा गएपछि दुख त हुन्छ नै !"
मैले फेरि पनि औपचारिकता निभाएँ ।उसले पुलुक्क म तिर हेरी ,शायद उसलाई मैले आफ्नो बारेमा कुरा गरेको वा उसको उसलाई खुट्याउन गारो भयो ।
"तिम्रो पनि सुनाउ न ,कति म मात्रै बोलिरहुँ ।" उसले प्रसंग बदलि ।
"मेरो के सुन्छौ र ?"म थोरै हाँसे जस्तो गरेँ ।
"छोराछोरी कति छन् ?के के गर्दै छन्?"
"किन ?मेरो बिहे भयो भन्ने कहिले थाहा पायौ र?"
"गर्यौ होला नि ,मलाई नै सम्झेर ,देवदास भएर त पक्कै बसेनौ होला ।"उसले पहिलो चोटि ठट्टा गरी अनि खुलेर हाँसि ,मैले पनि उसलाई साथ दिएँ ।
"बिहे पछि मेरो खोजखबर त पक्कै पनि गरेनौ होला ,गेस नै त होला नि?"
"हो बाबा हो, तिम्रो एउटै कुरा पक्डिरहने बानि कहिल्यै नजाने भो । भन न त गर्यौ कि गरेनौ ?"
"गरेँ ,तर बिहे गरेको दुइ बर्ष मै छोडेर गइ टाढा धेरै टाढा तिम्रो लोग्ने सँगै ,तिम्रो र मेरो भाग्य उस्तै रहेछ ।"मैले उसको आँखा मा आँखा जुधाउँदै जवाफ फर्काएँ ।शायद थोरै आश्चर्य र थोरै सहानुभुति थियो ।
क्रमश:


बाँकी अंश...

Sunday, June 15, 2008

नेपाल एकदिन फर्कन्छु

-Aryal Ananta
नेपाल एकदिन फर्कन्छु,
Australiaमा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाइ त पुरा होस!
कलेज – डेरा, डेरा - कलेज
पढाई पनि सकियो।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु!

नेपाल एकदिन फर्कन्छु,
Australiaमा रमाउन सकिन्न!
तर केहि बर्ष जागिर त खाउँ!
जागिर पनि खाइयो।
डेरा – जागिर, जागिर – डेरा
एक्लो भइएछ दुबैमा!
तर, म एक्लो भएको कुरा
मलाई भन्दा पहिला
नेपालमा आमालाई थाहा भयो!

नेपाल एकदिन साँच्चै फर्कन्छु,
Australiaमा रमाउन सकिन्न!
अहिले बिस दिने बिदामा आएको।
तपाईँको कपाल कति धेरै फुलेछन् आमा!
बुबा पनि कमजोर हुनुभएछ!
आमा बुबालाई मनभरि हेर्न नभ्याउँदै,
बिस दिनमा जीवन बिताउने
सम्झौता गरियो कुनै अपरिचित संग!

नेपाल एकदिन फर्कन्छु!
Australiaमा रमाउन सकिन्न!
तर अहिले अलिक मिल्दैन।
उसको भ्याई नभ्याई छ
मेरो बिदा उसको काम,
उसको बिदा मेरो काम!
फेरि छोरो पनि सानै छ!
छोरो अलिक ठुलो त होस!

नेपाल एकदिन फर्कन्थेँ
Australiaमा कहिल्यै रमाइन
तर कसलाई भेट्न जाउँ?
साथि भाईको खबर छैन
काका पनि ओछ्यान परे रे
कान्छो मामा पोहोर बिते रे!
आमा, बुबा त अब
हरदम म संगै छन्
मेरो यादमा, केवल यादमा!!


बाँकी अंश...

Thursday, June 12, 2008

जीवनका उकालीहरु

-कमल भण्डारी
जीवनका उकालीहरु
तिमीलाई मैले सापटी दिएथे।
एक हल मनको बगैचामा
तिमीलाई नै नासोको रुपमा दिएथे।

आज म जीवनको ओराली हिड्दै गर्दा
जीवनका उकालीहरु सम्झिरहेछु।
तिमिले भर्‍याङ् चढाउन खोज्दा
मैले चढ्न नमानेका कथा पनि सम्झिरहेकि छु।

खै अब त कसरि चढिएलान् र
सगरमाथा र अन्नपुर्णहरु।
मलाई अब जीवनका ओरालिहरु झर्न मन छैन
काँढाहरु बिचमा क्याक्टस हुन मन छैन।

बरु क्याक्टसहरुका बिचको
नरम र कोमल फुलहरु बनेर
जीवनका उकालीहरुचढ्न मन छ
जीवनका उचाइहरु चढ्न मन छ।


बाँकी अंश...

Tuesday, June 10, 2008

नेपाल हाम्रो देश

-आभाष वाग्ले

नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ ।
नेपाल अब नेपालीको, हामी नेपाली,
मिलिजुली सबै मिली हामी बनाउने ।

अङ्रेज पनि आए गए, राणा पनि छैनन्,
राजातन्त्र सकीइ सक्यो, नेपाल हाम्रै हो।
नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ।

गणत्रन्त्र अै सक्यो, देशमा शान्ती छाइ सक्यो,
अघि बढ्न नेपालीले पहिलो पाइला चालिसक्यो।
नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ।

सोझा-गरीब जनताले सुख पाउने छन्,
नेपाल आमा अब बल्ल रमाउने छिन्।
नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ।


बाँकी अंश...

Monday, June 9, 2008

Our one and only Earth.

- Moon Lim Huiying

Delicated to all, those who ever tried to save the earth. Just switching off the lights for one hour and help too. Delicated to programs who begins with saving the earth, Gaia, Green day etc. Start now, before its too late...

Men are crying,
Children are dying,
We are just looking,
From the cameras they are shooting.

Earthquakes, cyclones, are all over continents,
is there anyone that can pick up the sentiments,
Is there anyone who can make a statement,
To help those who need to change their settlement.

Wars, terrorism, are actions we can change,
One round earth we stay and age,
Its our own skin we hurt and break,
Give us a space to say that being in this world is great.

To the babies who need a warm cuddle to feel safe,
No matter how many innocent lifes i can try to save,
Seeing deaths with my eyes i still try to be brave,
Just walking around, i struggle to see the victims graves.

Just one single tiny piece of gold,
can help those who are young and old,
Those that are shivering in the cold,
those who lost their family they once hold.

but maybe I dont have this gold to give,
but i know deep down they all can forgive,
because in my heart i wish to retrieve,
To be there to help them is my own greatest gift.

People of the world please open your eyes and see,
We have to do something to our earth before it all turns to sea.
Dont just relax and keep drinking your tea!
The earth will disappear into the universe very soon as it can be...

The world ought to be sealed to do good deeds,
We must all work together and pull out the weeds,
To have new plans and to plant new seeds,
In order for our future to have a better life to lead...

- Moon Lim Huiying -
Love mankind, love my friends, and also love our future...


बाँकी अंश...

Wednesday, May 28, 2008

A Leaf from my memory (GBS Part 3)

Mystery Solved!!!!

-Santosh Koirala
It all happened in Hostel 1, the so called iron gate was only a few weeks away from we class 10 students. As we knew that the way of teaching in Gandaki Boarding School was quite different from general schools, we didnt knew what fate would the SLC results bring to us.Although exams time were on the peak, we needn't go to class for study as GBS had a large surrounding and covered a big forest,so there were lots of areas for study options.

I dont remember whether it was Friday or Saturday night, we guys planned to enjoy from the boring schedule of books and play Luki-dum(hide and seek).To tell you one more thing,Gurung and Magar students occupy almost 60% of the students in GBS and our class was not an odd one. And to tell you the fact those Gurung guys were much more advanced in every aspects of life except study and we bahun and chhetri guys had no options other than following them.

Now coming to the game, we decided to go some unusual way, actually not we, but the gurung guys and poor me had to follow the majority. They decided of taking off the the pants and Tshirts and playing with only shorts. Everyone agreed and so did I. Luki-dum started, 3 chaps were the seekers as there were almost 40 students for the game. The seekers were provided with a torch-light each, so that they could easily find their culprits.

The game was taking pace and I dont remember who the seekers were at that time, as I saw one of the seeker coming towards me with a torch light. He directly showed it to my eyes in the first attempt itself. I had to run as I didnt want to be the next dum(seeker).The figure started chasing me. It went on for sometime, when one of the gurung guy who was hiding along with me ran towards the figure and did the "dhyappa"(touching the seeker so that the game starts again). Eventually everyone gathered to the figure doing "dhyappa".The seeker couldnt control itself and it fell to the ground. At that instant, most of the guys were in shorts and some guys were even fully naked.As we were fixed to this seeker, we saw three torch-lights at a distant, Surprised, we checked the first one. Oh!!!!no it was our hostel parent who was there to search us as only a few students had turn up to the hostel assembly , which was scheduled for that night.Everyone got caught red-handed with the new tradition of Luki-dum.Bhim Sir(Hostel Parent) got up from the ground and just said 'I will meet you guys in the hostel 15 minutes later".

In the assembly he told that he knew everyone who played and would report it to the Principal. He even told that he would send warning letters to every parents from the school. He even warned us saying that we wont be allowed to sit for the Year 11 entrance examinations of the school after our SLC completion. I didnt knew what to do and was completely lost as those days we thought that GBS 11 & 12 studies were the best in the country itself. I started regretting & blaming myself for ruining my life and following those Gurung guys.I saw my future blank.....

Days passed,Months passed,SLC results came and I even got a chance to study class 11 at the same school. But I never forgot Bhim Sir's words,anyway how did I get a chance to study class 11. I was surprised and totally anxious to solve my curiosity. Although I was now living in Hostel 10, I went to my previous hostel to meet my previous boss. I asked a question to free my mind "Sir, how did I get a chance to Study class 11 here, although you told in the meeting that we wont get it?". "Actually my son Durga was also playing with you guys, so I didnt take any further action except scolding you in the hostel meeting" was his bold answer.


बाँकी अंश...

Saturday, May 24, 2008

Time

Moon Lim Huiying

My dear Everyone, dont be sad,
I will tell you something, dont get mad,
Life is really not that bad,
Money is not everything that we had.

I may not be your destiny,
I maybe small as you can see,
I may not be your lock that matches your key,
But i hope to be there for you when you need me.

Just put all your troubles inside a box,
And throw it away with all the strength you have got,
I know its difficult as it will weigh a lot,
Just know that its not completely all your fault.

No matter how much you try to reach so high,
Time will just be flying by,
So there is a reason why the moon is in the sky,
For you to share your problems with it till your mind turns dry.

Time will come for those who fail the test,
You did well, and never meant to make a mess,
God will know that you gave your best,
So its really time for you to take a rest.

When winter comes and water turns to ice,
Just lie down and close your eyes,
Feel the wind until it slowly dies,
Like how i wish to feel beside you that is so nice


बाँकी अंश...

Tuesday, May 20, 2008

Gurkhas

Moon Lim Huiying

To all the Gurkhas of the world,
Can you feel my very own words,
Are you fighting like a samurai with a sword,
Or praying for your brothers to the lord.


You all are heros with no fear,
Just armoured with your weapons and some gear,
Charging into the fortress but your enemies cannot hear
Not even afraid of hearing death with your ears.


I will salute you all till the end,
Fighting not for your country and not for your land,
But for someone else’s home and their sand,
You are heros and I know you will do what you can.


I wish that I had the chance on this very night,
To curve my name on my friend’s khukri under the light,
So that he will remember when he draws this knife during his fight,
The Moon that is following his every move to strike.


I will always remember your smiles,
I still keep our photos in my files,
I hope to feel you from far even in miles,
So dont forget me when you return back to Nepal…”


(By profession, a nurse, poetess Moon is a Singapore citizen. The poem was reproduced here from www.nepalsingapore.com.)


बाँकी अंश...

फेरी घरको याद आयो

सहदेव पौडेल
न्यूयोर्क

काठे पुल तर्दै धुलौटे माटोमा खेल्न मन लाग्यो
घासे चौरमा उफ्रदै बगर् बगर् दौडन मन लाग्यो
फुल्दै गएको मेरी आमाको कालो कपाल केलाउन मन लाग्यो
यसपटक फेरी घरको याद आयो


बाक्लिदै गएको मेरो गाउ, पातलीदै गएको परिवार भेट्न मन लाग्यो
एकै छिन घरगोठको स्याहर सम्भार् गर्न मन लाग्यो
कमजोर बन्दै गएको मेरा बा'को आखाको दृश्य बन्न मन लाग्यो
यसपटक फेरी घरको याद आयो

उकाली ओराली चड्दै बनको काडा बिझाउन मन लाग्यो
को हो को हो गर्दै गीत गाउने कोएली चरीलाई जिस्काउन मन लाग्यो
छाना भरी रमाएका परेवालाइ भुर्‍र् उडाउन मन लाग्यो
यस पटक फेरी घरको याद आयो

रुपे,बिशे र कान्छीसंग गोठालो जान मन लाग्यो
गाइ बाख्राको म्या म्या बा बा सुन्न मन लाग्यो
फैलिदै गएको शान्ती र बाटो हेरी बसेकलाई भेट्न मन लग्यो
यस पटक फेरी घरको याद आयो,

हात खुट्टा हिलो मैलो बनाउन मन लाग्यो
अलीकती पसीना मेरै माटो मा चुहाउन मन लाग्यो
एकै छिन भए पनि मेरै गीतमा नाच्न मान लग्यो,
यस पटक फेरी घरको याद आयो

आज कसैको मेलोमा जान मन लाग्यो
पालाको पैचो तिर्न मन लाग्यो
पर्खी बसेकी मेरीलाई पछाडिबाट आखा छोप्न मन लाग्यो
बिर्सदै गएकाहरुलाई सम्झदै गाउ पुग्न मन लाग्यो

छुन मन लाग्यो,
पसिनाले निधार धुन मन लाग्यो,
जुन सगै एकै छीन खेल्न मन लाग्यो
यस पटक फेरी घरको याद आयो


साभार: nepalipost.com


बाँकी अंश...

Saturday, May 10, 2008

A Leaf From My Memory (GBS Part 2)

-Santosh Koirala
Daal, Daal and more Daal
(Although I could have said pulses for daal, I have used the word daal to make the story more interesting)

I am not so sure whether it was the beginning of the first or the second term of Class 5, we 4 close friends were having our discussion of how we had spent the recently finished month long holiday. In middle of the discussion one of the guy changed the topic to "daal". He told us that if you drink lot of daal then your height increases.Nobody believed him. He even gave the example of one of the senior guy who had increased almost a foot in couple of months.Remaining three of us made fun of him, but surprisingly we were wrong.We were the last one to know the fact,every single student of Gandaki Boarding School knew about it and had started trying their luck already.

To be frank, I was the smallest one in the class and most of the time I used to get humiliated by big students in regard to my height.I had tried different liquid medicines, calcium tablets to name a few, but all went in vain and I still was only 4' 7''. When this new medicine was proposed by my friend, I was totally excited and started thinking myself as being an "Undertaker" or other big wresting pros and taking revenge against my villians( bigger boys).

But, I was not the first one to do that.After having a serve of Bhaat Daal and Tarkari, most of the junior students used to raise their hands to get the second serve full of Daal only. The students made Daal of different flavours as well. Some used to keep the seasonings of noodles, some went for ghee and some used to go for lemon flavoured ones by squeezing lemon on top of it.

And there was a special thing about the Daal that used to be served as well.The Mamas (we used to call mama for kitchen staff)used to cook only two tubs of daal,one for the junior and the next for the senior. You may be thinking how big that tub used to be,but to tell you the fact the tub used to be a normal size about 30-35 litres. The quantity in the tub never decreased even by serving around 200 people. The reason was that, when the Daal's level reached almost half, one of the mama used to come and fill the vessel with a bucket of hot water.The mama serving the height increaser Daal used to stir the mixture with the ladle and then there was a vessel full of Daal again.

As everyone was interested in increasing their height, mostly the guys like me who were just above the level of dwarfs, used to have around 3-4 serves of Daal everyday. I recall once that I even ran to the toilet six times during the night due to problem with digestion, but who cares, I was having the greatest medicine I ever dreamt of and without extra bucks. Every single guy who used to stand in the assembly line like me had their tummy full of Daal only. The Daal mania went to such a high limit that the mamas plan of adding water failed, every daal used to be consumed and kitchen started running out of Daal.

With no hope of feeding the students in the current scenario, on one of the Saturday morning assembly, the Hostel Supervisor made an announcement that having a serve full of Daal only is prohibited. Although the statement issued, made an impact to most of the students, I used to manage having lots of Daal anyway by taking a small serve of rice and a full big ladle of Daal on the first serve itself. This continued almost for one year but this didnt help me either.I used to check my height once or twice every fortnight then by stretching myself to the fullest, but I remained the same everytime.

Although more than a decade has passed now, I still remember those moments. Those moments have been a history but my desire to become a tall man still haunts me every now and then.

(To read "A Leaf From My Memory(GBS Part 1)"click here. Part 1 was written by Durga Pandey)


बाँकी अंश...

Wednesday, May 7, 2008

Ant & Grasshopper

-Unknown

The Ant works hard in the withering heat all summer building its house and laying up supplies for the winter.

The Grasshopper thinks the Ant is a fool and laughs & dances & plays the summer away.

Coming winter, the Ant is warm and well fed. The Grasshopper has no food or shelter so he dies out in the cold.

Modern Version

The Ant works hard in the withering heat all summer building its house and laying up supplies for the winter.

The Grasshopper thinks the Ant's a fool and laughs & dances & plays the summer away.

Come winter, the shivering Grasshopper calls a press conference and demands to know why the Ant should be allowed to be warm and well fed while others are cold and starving.

Nepal Tv, BBC, CNN show up to provide pictures of the shivering Grasshopper next to a video of the Ant in his comfortable home with a table filled with food.

The World is stunned by the sharp contrast. How can this be that this poor Grasshopper is allowed to suffer so?

YCL stages a demonstration in front of the Ant's house.

Nagrik Samaj goes on a fast along with other Grasshoppers demanding that Grasshoppers be relocated to warmer climates during winter.

Amnesty International and Koffi Annan criticizes the Nepalese Government for not upholding the fundamental rights of the Grasshopper.

The Internet is flooded with online petitions seeking support to the Grasshopper (many promising Heaven and Everlasting Peace for prompt support as against the wrath of God for non-compliance) .

Opposition MPs stage a walkout.

Upendra Yadav call for "Nepal Bandh"

Maobadi in immediately passes a law preventing Ants from working hard in the heat so as to bring about equality of poverty among Ants and Grasshoppers.

Baburam allocates one free coach to Grasshoppers on all Nepali Buses aptly named as the 'Grasshopper Rath' .

Finally, the Judicial Committee drafts the 'Prevention of Terrorism Against Grasshoppers Act' [POTAGA], with effect from the beginning of the winter.

Madav Nepal makes 'Special Reservation ' for Grasshoppers in Educational Institutions & in Government Services.

The Ant is fined for failing to comply with POTAGA and having nothing left to pay his retroactive taxes, it's home is confiscated by the YCL and handed over to the Grasshopper in a ceremony covered by Nepal Tv.

Prachand calls it 'A Triumph of Justice'.

YCL calls it 'Socialistic Justice'.

Maobadi calls it the 'Revolutionary Resurgence of the Downtrodden'

UN Secretary General invites the Grasshopper to address the UN General Assembly.

Many years later...

The Ant has since migrated to the US and set up a multi-billion dollar company in Silicon Valley

100s of Grasshoppers still die of starvation despite reservation somewhere in Nepal


बाँकी अंश...

Tuesday, May 6, 2008

Prashant in Adelaide(Video 2)

Continued from "Prashant in Adelaide(Video 1)"

भिडियो सौजन्य: कमल पौडेल।


बाँकी अंश...

Prashant in Adelaide (Video 1)

भिडियो सौजन्य: कमल पौडेल।


बाँकी अंश...

Monday, May 5, 2008

Mother!!!

Years and Years of hardship
Nine months of pain
She gave a life to a baby
Profounded of a huge gain

Caring from the very beginning
Life has turned so pity
She never regrets her deed
Thinking of her upmost duty

Everything the baby does
brings her lot of joy
Milking and feeding him
turns the child to boy

Love has never changed
whether its day or night
She wishes to keep him
never out of her sight

Now he is matured
from boy to adult he grows
Her caring never changes
in the love she shows

Lastly......
People go to temple
Pray for figures of mud
For me mother
You are my only god

(Dedicated to my mother on this "मातातीर्थ औंशी ")


बाँकी अंश...

Thursday, May 1, 2008

मैले नेपालीको प्रतिनिधित्व गरेको छु - प्रशान्त

-भुवनेश्वर् शर्मा

प्रशान्त तामाङ नेपाली मूलका नेपालीभाषी भारतीय नागरिक हुन। तर सांस्कृतिक रूपमा उनले नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै आएका छन् । इन्डिएन आइडल (तेस्रो) बन्न सफल तामाङ्ले बिश्व भरिका नेपालीहरुको मन जितेर ऊनिहरूको गर्वको प्रतीक बनेका छन् । ऊनि जहा जान्छन् - त्यहा भारतीयहरूको साथसाथै नेपाली हरुको उत्साहजनक स्वागत र ताली पाउछन् । अमेरिकाको साङितिक यात्रा सकेपछि तामाङ कार्यक्रमकालागी अस्ट्रेलियाका बिभिन्न सहरहरु पुग्ने क्रममा अप्रिल २७ मा एडिलेड आँउदा नेपाली हरूले भब्य स्वागत गरेका थिए। ऊनि आयोजकहरुको ब्यस्तताका बाबजुद पनि केहि समय निकालेर नेपालीहरूसंग अन्तरकृया गर्न स्टेप्निस्थित सगरमाथा नेपाली रेस्टुरेन्ट आएका थिए ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष्य समेत रहेका सो रेस्टुरेन्टका सन्चालक दीपक बिस्ट र साथीहरुको सक्रियतामा तामाङ् अप्रिल् २८ मा रातको करिब १० बजे सो रेस्टुरेन्टमा आँउदा नेपालीहरूले उनलाइ ढाका टोपि र खादा लगाइदिएर स्वागत गरेका थिए। नेपालिहरूसंग भलाकुसारि र अटोग्राफ दिनमा ब्यस्त तमाङ्संग अनेसासले छोटो बार्ता गरेको थियो ।
अनेसास - तपाईं भबिस्यमा केमा करीयर बनाउन चाहनुहुन्छ ?
प्रशान्त - मैले बलिवूड्मा बिशेष गरी संगीतमा करीयर बनाउन चाहन्छु। मेरो संगीतमा बिशेष रूची छ। जसरी उदीत नारायणले गर्नु भएको छ ।

अनेसास -तपाईंले नेपालीहरूबाट कस्तो समर्थन अथवा माया पाउनु भएको छ?
प्रशान्त - म जहाँ जान्छ् नेपालीहरूको न्यानो माया र समर्थन पाएको छु। उनिहरुले दिने मायामा मैले कुनै अन्तर पाएको छुइन । अमेरिका, अस्ट्रेलिया , भारत वा नेपालमा बस्ने नेपालीहरूले दिने माया एकै प्रकारको छ ।

अनेसास - नेपाली मुलको भारतीय नागरिक हुँदा र भारतको प्रतिनिधित्व गर्दा केही कठिनाइ परेको छ ?
प्रशान्त - मैले भारतको होइन नेपालीको प्रतिनिधित्व गरेको छु । नेपालीहरुको माया जताततैबाट पाएको छु ।


अनेसास - तपाईंको नेपाली म्युजिकलाई केही योगदान गर्ने बिचार छ ?
प्रशान्त - मैले केही नेपाली गीत गाई सकेको छु र भबिश्यमा नेपाली गीतको यल्बम निकाल्ने इच्छा छ ।

अनेसास - तपाईंले नेपालीहरुलाई के गर्नु हुन्छ ?
प्रशान्त - मलाई सबैले सोध्ने प्रश्न हो यो । मैले हिमाल आरोहण गर्न सक्दिन । मैले गर्ने योगदान भनेको संगीतमै हो । मैले बलिवूडमा केही गर्न चाहन्छु । त्यहिनै मलाई लाग्छ, मैले नेपालको लागि गर्न सक्ने योगदान हुन सक्छ ।


बाँकी अंश...

Wednesday, April 30, 2008

मान्छे

केशव थापा

चन्द्रमाको सतहमा उफ्रिनेनि मान्छे
सगरमाथा चुचुरोमा पाइला टेक्ने मान्छे ।
बाटो-घाटो घर-पुल बनाउने मान्छे
बनाएका आक्रितीलाइ भत्काउने मान्छे ।।

मध्ये रातमा जाली नोट कमाउने मान्छे
पसिनाले भाग्य कोर्ने मेहनती मान्छे ।
आकाशको छानो मुनी सडकमै सुत्ने मान्छे
भोकै पेट भारी बोक्ने भरियापनी मान्छे ।।...

अन्धेरिमा जुनकिरिझै टल्किनेनी मान्छे
कालो बादल मुहार पोती दिउसै हिन्ड्ने मान्छे ।
घाटी हेरी हाड निल्ने राम्रा पनि मान्छे
हाडै नभै उफ्रिने पनि हेर कस्ता मान्छे ।।

मान्छेले मान्छे मार्ने दुस्ट पनि मान्छे
रगतको थोपा दीइ जीवन दिने मान्छे ।
ममताको न्यानो काख नपायका मान्छे
काख पाइ लात हानी बतासिने मान्छे ।।

मान्छेका कर्म लुट्ने निरन्कुशी मान्छे
रगत चुसी ह्रिस्ट्पुस्ट जिउने कस्ता मान्छे।
इ मान्छेका ढाड सोझ्याउने शक्तिशाली मान्छे

तिमी मान्छे, म मान्छे, हामी सबै मान्छे
सडक बस्ती चारैतिर हेर्ने पनि मान्छे ।
सुख्-दुख अङालेर यात्रा गर्ने मान्छे
जन्मे पछी एक दिन मर्नु पर्ने मान्छे ।।

(कवि थापा इन्जिनिएरिङ् बिभाग्, पुल्चोक क्याम्पसका बिध्यार्थी हुन् )


बाँकी अंश...

कहिलेकाही त नाच न चरी।

-नवराज

बथान छोडी चारोको आसमा
नौ डाँडा काटी यहाँसम्म आयौ
ति साथी-संगी , ति डाँडा-काँडा
ति दिन सम्झी हाँस न चरी।

त्यो हरियो फाँट
त्यो चिसो बतास
त्यो निलो आकाश, निस्फिक्री उडान
तस्विर मनमा टाँस न चरी।

हेराइ अर्कै, भोगाइ भिन्नै
तरिका अलग, संघर्ष बेग्लै
यो पनि एउटा जिवनकै पाटो
बेफिक्रि भई बाँच न चरी।

रमाइलो ठाउँ, मायालु गाँउ
सितल छाँया, निस्छल माया
त्यो द्रिश्य तिमीले भुल्यौ कि कतै
लौ छाती छामी जाँच न चरी।....

त्यो आकाश तिम्रै, रुख-बुट्यान तिम्रै
बोलाउछन सँगी कुहु-कुहु गर्दै
आफ्नैमाझ एकदिन फिर्नु छ तिमीले
दिन गन्दै औंला भाँच न चरी।

खुशीका दिन आउन्नन जहिल्यै
यो पल फेरी फर्कन्न कहिल्यै
उफ्रदै -घुम्दै, पखेटा फिँजाई
कहिलेकाही त नाच न चरी।


बाँकी अंश...

Monday, April 28, 2008

एडेलेडमा प्रशान्त र नेपाली मन

-राजन पौडेल

नेपालीहरु आफ्नो मूलको मान्छे भनेपछी हुरुक्कै हुनेमात्रै होइन, ज्यानै दिन्छन् । त्यसको उदाहरण बन्यो, नेपाली मूलका ईण्डियन आइडल प्रशान्त तामाङको अस्ट्रेलिया यात्रा । भारतको दार्जीलिङमा जन्मेका तामाङ जब संगीतैक कार्यक्रमका लागि एडिलेड आए, उनको कार्यक्रमलाइ नेपालीहरुले भब्य सफल बनाइदिए ।

सानै भएपनि नेपालीहरुको उत्साह्जनक उपस्थितिबाट अत्यन्त प्रभाबित बनेका एक भारतीय आयोजकले भनेका थिए - "I wish, I was Nepali"। नेपालीहरुका मुटु बनेका प्रशान्तले उनिहरुको न्यानो ताली र वाह् वाह् पाएका थिए । एडिलेड रहेका अधिकास् नेपालीहरुको सहभागीता रहेको सो लाइभ कार्यक्रममा प्रशान्तले नेपाली गीत गाउदा नेपाली दर्शकहरुले नरऊड कन्सर्ट्हल नै थर्काइदिएका थिए ।

सबै नेपाली दर्शकरुले "प्रशान्त प्रशान्त"" भनेर उफ्रिदा कार्यक्रमका आयोजक समेत चकित परेका थिए ।
प्रशान्तले नेपाली गीत गाउदा केहि नेपाली दर्शकहरु नाच्न थालेपछि प्रशान्त ज्यादै उत्शाहित बनेका थिए । उनले नेपाली सहभागीहरुसँग हात समेत मिलाएका थिए। कार्यक्रममा प्रशिद्ध भारतिय गायक सोनु नीगमले पनि दर्शकहरुलाइ भरमग्दुर मनोरन्जन दिए ।

अन्त्यमा प्रशान्तले नेपाली दर्शकहरुलाइ भेटेर उनीहरुको सहभागीताबाट आफु अत्यन्त खुशि भएको बताए । नेपालीहरुले प्रशान्त अत्यन्त शालीन ब्यक्तित्व भएको कमेन्ट गरेका थिए । प्रशान्तले एडेलेडबाशी नेपालीहरुसँग तस्बीर पनि खिचाएका थिए ।


बाँकी अंश...

Friday, April 25, 2008

Violence

- An Aussiepali

A force so destructive yet natural
A weakness that is vigorous and powerful
A mistake; physical, emotional and verbal
A choice that is harm to self as well as others
But it is utterly avoidable
Energy so vicious and aggressive
An action that shames the mankind
Turns human blind and unkind

Episodes that are cruel and lethal
But are totally preventable
A demon within turns matter irreversible
So many consequences but an easy resolution
Yet so hard but yet so simple
A choice to be or not to be
Transform yourself and be a better person
Without it, there is harmony in the nation
Do not let the world worsen
Sacrifice it friends it is not worthy
Embrace peace and throw this away
Let's start a non violent world today!


बाँकी अंश...

बेला भो!!

-हरेक

हिमाल तराई, डाँडा र काँडा,
सम्झेर हामी बसौं न साथी |
बितेका दिन प्रियसीसँग,
ती देउरालीलाई सम्झौं न साथी ||

बिछोडको क्षणको आमाको मुहार,
बिर्सन कहाँ सक्छु र साथी |
त्यो मेरो देश, भाषा र भेष,
हुनेछ सधैं सबभन्दा माथि ||

सबैको माया, हिमाली छायाँ,
सम्झेर साथी फुल्छ यो छाती |
देश छोडि आयौँ, भविष्‍य खोजी,
मन हाम्रो बद्ल्यो? सोधौं है साथी ||

त्यो बनपाखा, लेकाली भाका,
गुन्जाइदिउ फेरी, गएर साथी |
त्यो अन्‍यौलमाझ, आशाको दियो,
लगेर आज, जलाइदिउ साथी ||


बाँकी अंश...

Thursday, April 24, 2008

Unfulfilled Desires!!!

-Santosh
I came from a country
People, torn out and poors
Started searching for a job
ringing bells and knocking doors

I got a job here
Working place is quite far
Anyway, I started earning dollars
Now!! I want a new car

I got a new Mercedes
looks like a dome
Just drives perfect
The next, I want is a home

I got a 2 bedroom house now
Easier has been my life
I can relax
One thing is still missing!!!Now I want a wife

I married a rich girl
Oh!!no she is too hard to cope
Our ideas never matched
Threatened me once; that she would elope

I had to regret my luck
My desires went in vain
Wish I could change my desire
If I could get the same time again

Everything was going well
Till that lady made me poor
But what could I do to my desires??
I knew "Its only human to want more"


बाँकी अंश...

Tuesday, April 22, 2008

मेरी आमा

-नवराज

'मदर्स डे' नजिकदै गएको सन्दर्भमा प्रस्तुत लेख सम्पूर्ण माता तथा मातृत्वप्रती समर्पण गर्न चाहन्छु।

"बाबु कुइरेनी केटीसँग चाँही बिहे गर्नु हुँदैन है " अष्ट्रेलिया आउनु हप्तौ अगाडी बेलुकिको खाना खाइसकेपछि टेलिभिजन अगाडि बस्दा म र आमाबिच हुने सम्बादको प्रमुख बिषय यही हुन्थ्यो। कहिले मामाघरतिर छिमेकिले जर्मन केटीसँग बिहे गर्दा बैबाहिक जिबन सफल हुन नसकेको त कहिले बिदेशी केटीले नेपाली घरव्यबहार , रहनसहन अपनाउन नसक्ने बिभिन्न प्रसँगहरु उल्लेख गर्दै वहाँ मलाई सम्झाइरहनुहुन्थ्यो। कसैलाई प्रत्यक्ष दवाव दिएर आफ्नो कुरा गराउनु भन्दा बिभिन्न उदाहरण र तर्क दिएर 'कन्भिन्स' गराउनु श्रेयस्कर हुन्छ भन्ने सिधान्तमा विश्वाश गर्ने शायद म र वहाँमा एउटै समानता थियो।

छोरा बिदेश जाने भयो भन्ने खुशीभन्दा पनि आफुबाट छोरो टाढिने भयो भन्ने पिडा वहाँको अनुहारमा प्रस्ट देखिन्थ्यो। घर- छिमेकबाट बिदेश जानुपुर्ब चाहिने सुचनाहरु पाउन मैले कहिलै दु:ख गर्नु परेन। वहाँलाई भान्छामा सघाउदै गफ गर्दै गर्दा एकदिन भन्नुभयो " तैले प्याज काटेको समयमा त आफुलाई चाहिने खाजा तुल्याइ, खाई, काममा गईसक्नुपर्छ रे । हेर बाबु, बिदेश सगै बस्ने साथीसँग त कती दिन भेट हुँदैन रे"। मैले धेरै समय लगाएर प्याज काटेकोमा वहाँले असन्तुष्टी ब्यक्त गर्नु भयो।"तैले अझै भात-तरकारी बनाउन जानेको छैनस। तलाई तेरो साथीहरुले मन पराउदैनन बाबु" । आमाले चिन्ता ब्यक्त गर्नु भयो"। त्यसो भए म भाडा माझ्ने डिपार्टमेन्ट सम्हालौला नि"।मैले सहज उत्तर दिए।


बिदेशमा काम नपाएर दु:ख पाउनु परेको, फी तिर्न नसकेको अनेकौँ सुचनाहरुदेखी लिएर त्यहाँको हावापानी , रहन-सहन आदीका बारेमा सुचनाहरु संकलन गर्न वहाँ तल्लिन हुनुहुन्थ्यो। भाई फोरेस्ट्री पढ्न पोखरा जाँदा वहाँले धेरै पिर गर्नुभयो। समयमा खाना खाला- नखाला , दु:ख पाउला आदी सोचेर चिन्ता गर्नुहुन्थ्यो। तर म अष्ट्रेलिया आउने भएपछी भाईप्रतिको चिन्ता पुरै ओझेलमा परेको थियो। एकपल्ट भाईले मलाई जिस्किदै भन्यो " दाई, बिदेशमा धेरै विद्यार्थी रेस्टुरेन्टमा भाडा माझ्छन रे, तपाईं पनि आजै देखी ट्राएल दिनुहोस"। शायद आमा यो कुराबाट अबगत हुनुभईसकेछ क्यार वहाँले सिरियस पारामा जाली मस्को देखाउदै भन्नुभयो " बाबु रेस्टुरेन्ट मालिकलाई हो यस्तै मस्को किनिदिन भन्नु । यसले भाडा माज्दा सफा अनी चाडो पनि हुन्छ"। सरफ हालेर थाल पखाल्दै वहाँले देखाउनुभयो। भाईलाई पनि हप्काउनु भयो " तलाई त हामीले खाने , बस्ने , फी तिर्ने सबै खर्छ पठाइदिन्छौ। उसले त सबै ब्यबस्था आँफै गर्नुपर्छ बाबु। त्यती सजिलो छैन" । भाई बिचरा चुप लाग्यो। आमा हरेक कुरालाई गम्भिरताकासाथ लिन थालीसक्नु भएको थियो।

मेरा लागि चाहिने सुचना बटुल्न म पनि त्यती गम्भिर थिइन जती आमा हुनुहुन्थ्यो। IELTS GRE को बारेमा बुझ्न मलाई कती समय लागेको थियो तर वहाँ त पुरै जानकार भईसक्नु भएछ। आमा र म निकै घनिस्ट थियौ। वहाँ मलाई घर-छिमेकतिरका खबरहरु अपडेट गराइराखनुहुन्थ्यो। म वहाँलाई प्राय जिस्किदै भन्थे " तपाईं त मेरालागी रेडियो, टेलिभिजन नै हो। तपाईं भएपछी मैले टिवी रेडियोमा समाचार सुन्नै पर्दैन।" वहाँ हास्नुहुन्थ्यो।

अष्ट्रेलिया आउनु अगाडिको किनमेल तयारीमा पनि वहाँले सुक्ष्म भन्दा सुक्ष्म कुराहरुको ख्याल राख्नु भ्एको थियो। सियो, धागो, नेलकटरदेखिका साना भन्दा साना आवश्यकताका सामानहरु नछुटुन भनेर बडो ध्यान पुर्‍याउनुहुन्थ्यो। साथीहरुसँग बजार गएर ल्याएका सामान, लुगा म वहाँलाई बेलुकी देखाउथे । आमा कमेन्ट गरीहाल्नु हुन्थ्यो " यो अली उज्यालो किसिमको किनिछस , बिदेशमा पटक पटक लुगा धोइरहने फुर्सद तैले पाउदैनस बाबु।" वहाँको त्यो सुक्ष्म सुझबुझ देख्दा म अझै पनि छक्क पर्छु।

अष्ट्रेलिया आउनु केही दिन अगाडि रुमालको सानो पोको थमाउदै एकदिन वहाँले भन्नुभयो " ला बाबु, तलाई यो बिदेशमा दु:ख पर्दा मद्घत हुन्छ"। पैसै पैसा गुजुल्टो पारेर रुमालले बाधेको त्यो पोकोमा शायद ३०- ४० हजार नेपाली रुपैया थियो। " यो पैसा तलाई मेरोतर्फबाट पकेट खर्च हो। यसको बारेमा तैले बुवालाई पनि नभने हुन्छ । बिदेशमा दु:ख पाएर सडकमा पनि आउन सकिन्छ रे। यो पैसा तँ रुमाल नफुकाइ छुट्टै लैजा। दु:ख पर्दा काम लाग्छ।" यसो भन्दा वहाँ बडो सालीन अनी गम्भिर देखिनुहुन्थ्यो। तरकारी किनमेल गर्दा बाचाएको अनी टिका-टालो गर्दा दक्षिणा पाएको पैसा वर्षौदेखि साँचेर राखेको पैसा थियो त्यो। म वहाँको सन्तान प्रतिको माया देखेर चकित भए । सन्तानको मायाको अगाडि बिदेशमा नेपाली पैसा चल्छ -चल्दैन शायद वहाँले सोच्न भ्याउनु पनि भएन। “आफ्नो सन्तानलाई कति सजिलै आफ्नो सम्पूर्ण सुम्पन सक्छन आमाहरु" मैले मनमनै सोचे।

माता तिर्थ औशिको दिन म आमालाई बजार गएर मिठाइ, फलफुल किनेर ल्याइ खुवाउन संकोच मान्थे। छोरो मान्छे भएर पनि के छोरी मान्छे जस्तै मिठाई किन्न जानु भनेर एक किसिमको धक लाग्थ्यो। बेलुकिपख म भनी टोपल्थे " आज औशिको दिन आमालाई केही ल्याएर खुवाउनु पर्ने।" आमा भन्नुहुन्थ्यो "तैले त्यती भनिस, मलाई लाख भयो।“ हरेक बर्ष म यही आइडिया अपनाउथे। आमा त्यतिमै चित्त बुझाउनुहुन्थ्यो। मलाई आमा धेरै मिस हुन्छ । वहाँ प्राय मलाई फोनमा सोध्नुहुन्छ " बाबु तलाई यतातिरको धेरै नियास्रो लागेको छ होला हगी " भनेर। यो प्रश्न मलाई निकै अपमन्जस्मा पार्ने प्रश्न हो। “घर- परिवारको नियास्रो लागेको छ” भनौ भने पनि वहाँले छोरोले धेरै घर परिवार सम्झिदो रहेछ । बिचरा अझै बिदेशमा घरको यादले घुल्मिल हुन सकेको रहेनछ भन्ने सोच्नु होला भन्ने पिर। “खासै नियास्रो लागेको छैन” भनौ भने पनि "लौ छोरो त अब उतैको बातावरणमा रमाउन पो थालिसकेछ। हामीलाई त सम्झदो पनि रहेनछ" भन्ने सोच्नुहोल भन्ने पिर। म अझै पनि यो प्रश्नको 'डिप्लोम्याटिक' उत्तरको खोजिमा छु।

" मैले धेरै देखेको छु, बिदेश गएका मान्छे उतै हराउछन , अब तपाईंको छोरो पनि फर्कदैन। उतै बस्छ।" कौसिमा बसेर बात मार्दै गर्दा एक दिन छिमेकी काकिले आफ्नो जानकारीको पोको खोल्नुभयो। " हाम्रो छोरो त पढेर, फर्किएर यही आउछ, अनी बिहा गरेर यही बस्छ, हैन त बाबु? " सहमतिको अपेक्षा गर्दै वहाँले मतिर हेर्नुभयो। यसो भन्दा वहाँको अनुहारमा आसा अनी भरोसाको भाव प्रस्ट पढ्न सकिन्थ्यो। म केही बोलिन। मात्र वहाँको अनुहारमा हेरेर खिस्स हासे।

“The Whole world may go against you, but not your mother.”

मैले कतै सुनेको पढेको Statement हो यो। वास्तवमै सम्पूर्ण विश्व आफ्नो बिपक्षमा हुँदा पनि आमा कदापी आफ्नो सन्तानको विपक्षमा हुन सक्दिनन। चाहे फटाहा, धुर्त, पिडक सन्तान किन नहोस, आमाको निम्ती त्यो आफ्नो हुन्छ। प्यारो हुन्छ। आफ्नो सन्तानलाई उनी सधैं अबोध र अज्ञानी नै देख्छिन। उनकोजस्तो निस्वार्थ माया शायद संसारमा अरु कसैले गर्न सक्दैन।

कोही सुख, सम्पन्नतामा जन्मन्छन। कोही दुखी, अभाब नै अभाब भएको घरमा जन्मन्छन। कोही जन्मदै अपाङ्ग हुन्छन। कोही जन्मदै अनेकौ गुण लिएर आएका हुन्छन। यसरी कसैलाई काखा कसैलाई पाखा गरेको देख्दा लाग्छ भगवान अन्यायी छन। तर भगवान त्यतीबिघ्न पनि अन्यायी छैनन। उनले एउटा मुल्यवान कुरा भने के धनी, के गरीब, के सम्पन्न, के बिपन्न, के अपाङ्ग , के सपाङग सबैलाई बराबरी प्रदान गरेका छन। उनले सबैलाई आमा दिएका छन्। हामी सबैलाई ठुलो गुण लगाएका छन्। धन्य भगवान।


बाँकी अंश...

Sunday, April 20, 2008

छन्दमा कविताहरु

-Shirish
स्कूलमा मात्र १० कक्षासम्म नेपालीको अध्ध्ययन् गरेको एक शिकारू हूँ म नेपाली भाषामा । मेरा बुवा जैनेन्द्र जीवन लेखक हुन् भने मेरा स्वर्गीय ठूला हजुरबुवा केशवराज पिँडाली पनि नेपाली सहित्यका प्रसिद्ध हाँस्य व्यङ्ग लेखक हुन् । म सानो हूँदा रातो बंगला स्कूलमा मेरा नेपाली कविताका गुरु श्री कमल दिक्षित पनि एक प्रसिद्ध साहित्यकार हुन् । कविता र सहित्यमा मेरो सानैदेखि रुचि रहेकोले मेरा बुवाले मलाइ आफूसँग एकफेर कवि सम्मेलन गोष्ठीमा चित्वन लगेका थिए । त्यस भ्रमणमा मैले माधव घिमिरे जस्ता प्रसिद्ध लेखकका साथसाथै अन्य धेरै लेखखरुसँग भेटको मौका पाएँ । गजलशिरोमणि नाम दिइएका गजलकार ज्ञानुवाकर पौडेल मेरो बुवाका घनिष्ट मित्र हुन् । यि व्यक्तित्वहरुबाट मैले प्राप्त गरेको कविता र छन्दको ज्ञान आज म यस ब्लगका पाठक वर्गहरु माझ बाँड्न चाहन्छु ।
छन्दमा नलेखिएका कविताहरु पनि उत्कृष्ट हुनसक्छन् र राम्रो कविता लेख्न छन्द नै अपनाउन पर्छ भन्ने छैन । यसको एक उदाहरण हो यो तल दिइएको कविता । भूपि शेरचनद्वारा रचित "मेरो चोक" कविताबाट लिइएको एक श्लोक:

साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन? सबथोक छ ।
असंख्य रोग छ, अनन्त भोक छ,
असीम शोक छ, केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।।

कुनै छन्दमा नलेखिए पनि यस कविता कति मर्मस्पर्शी छ । यसैगरी छन्दमा लेखिएको कविता पनि आफ्नै ढंगमा मीठो हुन्छ । छन्द भनेको कविताको लय हो । तर यो लय कसरी बन्छ त? यस प्रश्नको उत्तर हो - ह्रस्व र दीर्घ । छन्द साश्त्रमा ह्रस्वलाई लघु र दीर्घलाई गुरु भनिन्छ, र लेख्दाखेरि ह्रस्वलाई " I " र दीर्घलाई " S " लेखिन्छ । कुन पद ह्रस्व र कुन पद दीर्घ हुन्छ भनेर तल दिइएको छ ।

, , - ह्रस्व
, , , , , , , अं, : - दीर्घ

"अं" ले आधा अक्षर जनाउँछ । "" "गर्" दुबै एक पद हुन्छन्, तर ग (जस्तै अ) ह्रस्व हुन्छ भने गर् (जस्तै अं) दीर्घ हुन्छ । त्यसैगरी छन्द मिलाउनको निम्ति ":" को प्रयोग पनि गर्न सकिन्छ । जस्तै, "दुख" म यदि "" लाई दीर्घ बनाउन परेमा, : बनाउन सकिन्छ । यो गर्दा ख को उच्चारण अलि लामो हुन जान्छ । उदाहरणको लागि तल दिइएको श्लोक पढ्नुहोस् ।

के हो अहो अमृत त्यो सुरदेव पान?
सच्चा कमाइ गरि खानु भनेर जान ।
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ?
आफू मिटाइ अरुलाइ दिनू जहाँ छ ।

यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर कविताको पहिलो श्लोक हो । यो कविता "वसन्त कुसुमाकर" छन्दमा रचित छ । यो छन्दको बनावट यस प्रकार छ :-
S S I S I I I S I I S I S I
कविताको हरेक अक्षरलाई यदि यो ह्रस्व र दीर्घको बनावटमा मिलाएर हेर्नुभयो भने सबै ठ्याक्कै मिल्न जान्छ । यस छन्दको आखिरी पद ह्रस्व भएपनि कतै कतै दीर्घ लेखिएको हुन्छ । यस्तोबेलामा खास अक्षर ह्रस्व भएनि फरक पर्दैन किनकि कविता वाचन गर्दा आखिरको पदलाई लामो तानेर नै उच्चारण गरिन्छ । याद गर्नुहोस्, कविले छन्द मिलाउने क्रममा केही शब्दहरुको हिज्जे गलत लेखेका छन् । उदाहरणका लागि, "लाई" हुनुपर्ने ठाउँमा "लाइ" छ । यो गलत मानिदैन, केवल यस "इ" को उच्चारण छोटो हुन जान्छ । हिज्जे नबिगारिकन छन्द मिलाउन सके झनै राम्रो, तर गार्हो जरूर हुन्छ । महाकविले त छन्द मिलाउन हिज्जे बिगार्दथे भने हामीलाई त अवश्य माफ होला !!

आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ । रामायणमा भानुभक्तले धेरै छन्दको प्रयोग गरेका छन्, खासगरी "शार्दुलवीकृडित" र "शिखरीणि" छन्दहरु । यि दुबै छन्द संस्कृतका छन्दहरु हुन् । नेपाली कविताहरुमा संस्कृतका छन्दहरु प्रयोग गर्न सकिन्छ, अथवा अरु नेपाली नया छन्दहरु । संस्कृतका छन्दहरु नेपाली मात्र नभइ हिन्दी र बंगाली जस्ता भाषाहरुमा पनि पाइन्छ । तल भानुभक्त रामायणको बालकाण्डको पहिलो श्लोक दिइएको छ ।

एक् दिन् नारद सत्यलोक् पुगिगया, लोक् को गरूँ हित् भनी ।
ब्रह्मा ताहिं थिया पर्या चरणमा, खुशी गराया पनी ।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी, मर्जी भएथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले, बिन्ती गर्या यो तसै ।।

यो श्लोक शार्दुलवीकृडित छन्दमा छ । यसै छन्दमा लेखिएको अर्को कविताको उदाहरणका लागि लिउँ यो तल दिइएको श्लोक । भीमनिधि तिवारीद्वरा रचित "काम्यो लुगलुग त्यो" कविताको पहिलो श्लोक हो यो ।

मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो ।
छानामा, पथमा तथा चउरमा चीनी छरे झैँ थियो ।।
जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो ।
काम्यो लुग्लुग त्यो गरीब बिचरा त्यस्मा दया गर्छ को ।।

तल दिइएको अर्को श्लोक बालकृष्ण समको "इच्छा" कविताको पहिलो श्लोक हो । नेपालमा SLC स्तरको नेपाली पढेकाहरुले कक्षा १० को नेपाली पुस्तकमा पनि यो कविता पढेको हुनुपर्छ । यो श्लोक पनि शार्दुलवीकृडित छन्द मै छ ।

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।।

शार्दुलवीकृडित छन्द शार्दुल र बीकृडित गरी दुइवटा छन्द मिलेर बनेको हुन्छ । यसको बनावट यस प्रकार छ :-
S S S I I S I S I I I S S S I S S I S
माथिको दुबै कविताहरुलाई यस् छन्दको बनावटसँग दाँज्नु भएमा सबै हिज्जे मिल्नेछ । मैले अघि भने झैँ, आखिरीको पदमा ह्रस्व लेखे पनि दीर्घ नै मानिन्छ किनकि यो पदलाई वाचन गर्दा लामो उच्चारण गरिन्छ । यसैगरी, अब रामायणको अयोध्या काण्डको शिखरीणि छन्दमा रचित एक् श्लोक पढौँ । राम बनवास जानु अघी रामले भनेका शब्दहरु हुन् यि :-

गयो खान्या वेला मकन त मिल्यो रज्य वनको ।
भरत् ले राज् पाया यहिं बसि गरुन् राज्य जनको ।।
बिदा बक्स्या जावस् खुशिसित म जान्याछु वनमा ।
म चाँडै फिर्न्याछू विरह न हवस् कत्ति मनमा ।।

शिखरीणि छन्दको बनावट यस प्रकार हुन्छ ।
I S S S S S I I I I I S S I I I S
यो बनावटसँग माथिको श्लोकलाई मिलाएर हेर्नुहोस्, अवश्य मिल्नेछ ।

यसैगरी अरु पनि धेरै छन्दहरु हुन्छन्, जस्तै मालिनि (माधव घिमिरेको "चरीको व्यथा"), अनुष्टुप (यो छन्दमा केही पदहरु खूला हुन्छन्, यानि ह्रस्व र दीर्घ जे लेखे नि हुन्छ, त्यसैले यो छन्दलाई सरल मानिन्छ), मन्दाक्रान्ता, र अरु धेरै हुन्छन् । झ्याउरे छन्दमा पनि धेरै कविता पाइन्छ । तल, यसै छन्दमा लेखिएको भूपि शेरचनको "सहीदहरुको सम्झनामा" कविताको एक श्लोक प्रस्तुत छ ।

हुँदैन बिहान मिर्मिरमा तार झरेर नगए ।
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए ।।

यसै छन्दमा रचित मुनामदनको एक श्लोक पनि प्रस्तुत छ ।

हातका मैला सुनका थैला, के गर्नु धनले?
साग र सिस्नु खाएको वेस आनन्दी मनले ।

यस छन्दको लय हाम्रो नेपाली झ्याउरे गीत जस्तै हुन्छ, त्यसैले यसको नाम झ्याउरे छन्द हुन गएको हो । आशा छ यो लेखले तपाईँहरुमाझ छन्दहरुको बारेमा केही नौला कुराहरु प्रस्तुत गर्यो होला । पाठकवर्गमा कसैले यस विषयमा रुचि जनाएमा मलाइ आउने यि केही छन्दहरुको भाका सुनाउन म mp3 मा केहि कविता वाचन गरेर पनि पोस्ट गरिदिनेछु । धन्यवाद ।


बाँकी अंश...

Saturday, April 19, 2008

हिजो आजको कथा

-हरेक
अस्ती

मनको भाव तरङमा आकाश छुने प्रयास गर्छ
बताससँग उडी उडी तिम्रै छेउ पुग्न हो की
तिम्रो साथ कता कता
उतौलिन पो हो की

हिजो

मन हुन्छ गर्हौ सारो
माया मेरो ओझेल भो की
तिम्रो मनको मेरो तस्बिर
कही कतै धुमिल भो की

आज

दिनै लामो रतै लामो
मनको क्रन्दन सुन्नै छाडें
मन धेरै दुख्दा दुख्दा
कतै मनै मर्यो पो की
तिम्रो मेरो कथा यहीं
यसरीनै टुङिनेपो हो की


बाँकी अंश...

Friday, April 18, 2008

सलाम छ

-Shirish

जन्मदेखि मृत्युसम्म जीवनको त्यो लामो यात्रा
यसमा मेरो प्रेरणा तिमी, मेरो गीत हौ, संगित हौ ।
जन्म दिने आमा तिमी, ज्ञान र ममताको सागर
सफलताको सही बाटो देखाउने प्रदीप हौ ।।

बुवा तिमी सबैभन्दा सहयोगी मित्र हौ
आत्मीय साथी मेरो, प्रभुको एक चित्र हौ ।
तिमीबाटै सुनेको हूँ कथा सुख दूखको
तिमीजस्तो बन्ने नै हो लक्ष्य जीवनमा मेरो ।।

दाजूभाई दिदीबहिनी साथ छन् सधैँभरि
लडेको बेला उठाइदिने यिनी मेरा हात हुन् ।
पक्षपाती संसारमा माया गर्यौ बिना शर्तको
यि सखी हुन् मेरा, स्नेहको प्रकाश हुन् ।।

जन्मभूमि देश हे, तिमी त अन्नदाता हौ
जन्मदिने आमा झैँ तिमी नि मेरो माता हौ ।
आज यि सबैलाई मेरो धन्यबादको आव्हाम छ
यि सबैमा समर्पित यो छोराको सलाम छ ।।


बाँकी अंश...

टुल्कीको प्रेम अनि पुर्पुरोको खत

-मणि बनबाशी
लामो होस्टेलको बसाइबाट बिरक्तिएर बा आमा अनि घर गाउँको नियास्रो मेटाउन म घर तर्फ बढ्दै रहदा अनायस एक महिलाको चिच्चाहट्ले म झस्कन पुग्छु। गुहार, गुहार, मलाइ बचाउ, चिरपरिचितझैं लाग्ने उक्त आवाज आरु कसैको नभएर मेरी छिमेकी टुल्कीको थियो। सधैं नसामा रम्ने उन्का पति परमेस्वोर भनाउदो भुण्टे आफ्नो बाहुबलको पुर्ण प्रयोगका साथ भकुरीरहेको थियो टुल्कीलाई। त्यो कारुणिक द्रिश्यबाट बिचलित नहुने कोहोला? त्यसमा पनि भुण्टेको बाल सखा म भुण्टेलाई त्यसो नगर्न आग्रह गर्छु। भुण्टे भने मेरो आग्रहबाट झनै उत्तेजित हुंदै अझ बढि प्रहार गर्न पुग्छ जसका कारण टुल्कीको जीवननै खतरामा पुगेको महसुस हुन्छ मलाई। रगतले लतपतिएको चेहरा लिएर ढलेकी टुल्की माथी ह्रिम्सक जनावरले झैं निरन्तर आक्रमण गरीरहेको भुण्टेलाई छेक्न बल प्रयोग गर्नु बाहेक मेरो अगाडि अरु कुनै बिकल्प पनित थिएन। मैले पनि तेसै गरें। घिच्चायर भुण्टेलाई टुल्कीबाट अलग गरिदियँ। भुण्टेलाई पनि के चाहिएको थियोर? उ पनि अब टुल्कीलाई छाडेर मै प्रति खनियो। यो तेरि कि मेरि स्वास्नी? ए घैटे? मेरो घरको मामलामा हस्तक्षेप गर्ने तँ को होस? ए बोक्सीका नाति? याबत सब्द बाणका साथ उ एक्कासी मेरो गालामा थप्पड मार्न पुग्छ।

मेरी बुडी हजूर आमालाई बोक्सी भन्ने त्यो पाजी भुण्टेलाई तेसै म पनि कांहा छाड्न सक्थेंर। अनि सुरु भयो मेरो र भुण्टेको भिडन्त। भरखर मात्रै कराते क्लास सुरु गरेको मलाई जाँडले सुकेको भुण्टे संग लडनु कुनै ठुलो कुरो भने थिएन। एक दुइ मुक्का प्रहार पछि धकेली दिंय भुण्टेलाई। जसकाकारण डगमगिएर भुण्टे कान्लामुनी पछारिन पुग्छ। तेसरि लडेको भुण्टेले कति बेला म माथि झम्टनेहो भनेर सोचीरहेको म तब झस्कन पुग्छु जब देख्छुकि भुण्टे लडेको ठाउँमा खुट्टा तन्काउदै पानी पानी भनीरहेको छ। अब अनर्थपो हुने होकि? डरले काम्दै म लडिरहेको भुण्टेको नजीक पुग्छु र भुण्टेलाई उठाउने कोशिस गर्छु।

यत्तिकैमा कुनै बस्तु मेरो पुर्पुरोमा खसेको महसुस हुन्छ मलाई। अनि अनायस मेरो हात मेरो निधार छाम्न पुग्छ। रगतले लतपतियको मेरो हात निधारबाट निकाल्नु पुर्बनै महिसासुरको अगाडि उभिएकी दुर्गाझैं भएर हातमा चिर्पट लिएर बसेकि टुल्कीमा मेरो नजर पर्न जान्छ। ज्यानमारा घैंटेले मेरो पोइलाई मारोनी? अब मैले के गरौंनी? टुल्कीका ई गालीहरुका साथ् उस् को दोश्रो प्रहार बाट बच्न म त्याँहाबाट भाग्न बाध्य हुन्छु। टाढा पुगेर पुन: लडेको भुण्टे तिर आफ्नो नजर घुमाउछु। टुल्की भुण्टेको हात समाउदै उसलाई उठाउने कोशिस गरीरहेकी हुन्छे। उठ मेरो प्राण उठ। यत्तिकैमा मलाई आश्चर्यमा पार्दै भुण्टे पनि टुल्कीको सहारा लिएर जुरुक्क उठ्छ। सायद उसलाई केहि भयेकोनै थिएन। भुण्टे अब टुल्कीको हातमा हात राख्दै घर तर्फ लाग्छ। टुल्की भने मलाई सरापी रहेकी हुन्छे। बोक्सीको नाती... ज्यानमारा घैटे .....
आज जब ऐना अगाडि आफ्नो चेहरा राख्छु अनि मेरो पुर्पुरोमा बसेको दाग् मलाई भुण्टे र टुल्कीको प्रेमको याद् बनेर मेरो अगाडि आउछ।


बाँकी अंश...

Misapprehended

-Shirish

I never desired, but should I have deserved
From you my love, to never get loved
I kept you waiting too long to bear
Once I shunned you, but now I care
For the love was too deep to rub out
You were the only, what my life was about

Assuring myself at every point of life
That the fruit might not yet be ripe
Hiding my love from your avid eyes
Pretending to be nothing but a foolish wise
I held back that passion from a curious you
Showing you just the sinister view

Today I need you, but you're there no more
Weighing my guilt.. a large whiskey I pour
One led to two, two to three, and four
With you in mind I crashed to the floor
Life was too short for so young I died
I'm in hell, with that guilt still beside...


बाँकी अंश...

Thursday, April 17, 2008

धुरु धुरु नरुनु आमा.......

अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज (अनेसास) को ब्लग लोकार्पण कार्यक्रममा उत्कृष्ट चुनिन पुगेको कबिता "पराई देशको पिडा" का रचयिता कवि बनबासीले आफ्नो कवितालाई दिनुभएको भाका हो यो।
"धुरु धुरु नरुनु आमा,तिमीलाई भेट्न आउँदैछु नेपालमा"

.कविता त मर्मस्पर्सि थियो नै , यसलाई गिती लयमा कवि बनबासीले प्रस्तुत गर्दा अनेसासमा आएका सबै पाहुना भावविवहल बन्न पुगे। गित एक्लै सुरु गरेका कवि बनबासी आफ्नो कवितालाई बिट मार्नु अघि नै सम्पुर्ण आगन्तुकको स्वर आफ्नो स्वरमा मिसाउन सफल भइसकेका थिए। बिदेशिनुको पिडा त उनको कवितामा थियो नै, आफ्नो चालिस बर्से जोबन त्यसै खेर गएको चिन्ता पनि कवितामा छचल्किरहेको थियो। बनबासी गाउदै थिए:

"यता उति हल्लिदैमा बैश ढलि गयो।
चालिस बर्से यो जवानि त्यसै खेर गयो।।"

कविताको भाका सुन्न भिडियो प्ले गर्नुहोस्।


बाँकी अंश...

नाती र हजुरबुवा

गुरु
नाती:
यो नातिको एउटा प्रश्न कान खोलेर खाउ।
दारी कालो, कपाल सेतो किन हजुरबाउ।।
हजुरबुवा:
सुन गोबरगणेश नाती कस्तो प्रश्न तेरो।
दारी भन्दा कपाल जेठो बिस बर्षले मेरो।।


बाँकी अंश...

New Year 2065B.S Celebration in Adelaide,Australia (Video)


बाँकी अंश...

Wednesday, April 16, 2008

नयाँ नेपालको निर्माण गरौ

- राजन पौडेल

मेची देखी महाकाली सम्म, तराइ देखी पहाड सम्म
चारै तिर बिकास को फुल फुलाउनु छ
देश लाई अब प्रगती को मार्ग देखाउनु छ
सारा नेपाली मिली नयाँ नेपाल को निर्माण गर्नु छ

जाग नेपाली हो, हिम्सा र हतियार त्याग
बुद्धले जन्म लिएको यो देशमा
शान्ती र सुरक्षा फर्काउनु छ
लागि पर दिदी बहिनी हो, नयाँ नेपाल को बिकास गर्नु छ

बितेका कुरा बितिसके, खोतल्नु बेकार छ
अब आउने कुरा मा सुधार ल्याउनु छ
एक मात्र हैन, हामी सारा नेपाली मिली अगाडि बड्नु छ
हे देशप्रेमी छोरा हो, अब नयाँ नेपाल को नक्सा कोर्नु छ

चुप्प लागेर नबश साथीभाइ, अब बोल्ने पालो आयको छ
सुनाउ आफ्नो आवाज, जगाउ आफु मा विश्वाश
आमा लाई सेवा गर्ने मौका आयको छ
उठ युवा हो, अब सुन्दर नेपाल को श्रीजना गर्नु छ

पिछडीएका देशबासी हरुलाई अगाडि सार्नु छ
स्वदेश बाट अशिक्षा र अज्ञानता लाई पर लग्नु छ
हरेक कुना काप्चा मा शिक्षा को ज्योति जलाउनु छ
जाग नेपाली हो नयाँ नेपाल को निर्माण गर्नु छ

देशवासी मात्र नभइ बिदेसिने सन्तान हरुमा पनि
नेपाल आमा को यही पुकार छ
फर्क छोरा छोरी हो, तिमीहरु को अवस्क्तता यहाँ छ
अब नयाँ नेपाल को निर्माण गर्ने समय आएको छ ।।


बाँकी अंश...

साहित्य र भाषा

-Shirish
साहित्य नै धर्ती, साहित्य नै आकाश हो
आफ्नो मनको भावना निकाल्ने प्रयास हो
आफ्नो मनमा रहेको भावुकताको तलाश हो
त्यसैलाई शब्दमा ढाल्ने कलाको अभ्यास हो

भाषा कविता हैन, सिर्फ एक माध्यम हो
र यदि कवि कुनै भाषा चुन्नमा बाध्य भो
त्यस कृतिको रचना त अवस्य नै होला
तर रहन्न कवितामा असली स्वाद त्यो...

रचना त्यो जसमा अर्थको महत्व नहराओस्
पढ्नेले जीवनभर मात्र त्यही धुन गाओस्
बाल वृद्ध किशोर युवा सबै जन रमाउन्
कविताको मनन् गर्दै सबैले ज्ञान पाउन्

मातृभाषाको महत्वले त दिन्छ प्रेरणा
त्यसैले म पनि यो संरक्षणको एक भाग हो
आफ्नो भाषामा त जीवनभर नै म लेख्नेछु
विदेशी भाषामा लेख्नु त परिणाम हो हालातको


बाँकी अंश...

I’m Prachanda

-Shirish

I remember my childhood like a dream I had
They were mere memories I'd like to leave behind
Yet everyday my present calls on to them, for
I know now there are reasons I have to find

At midst of anarchism, united they stood
Caring not their mismatched ideals or marks
Split the day they overthrew the ruling ones,
They pushed my land into greater darks

Rich richer, poor poorer, feudal as it all was
Inability to rule was inviting their fall
One falls, other embarks, fighting like dogs
Need for a rescue was peoples' call

Answering the call, we stood undreaded
Our rise spilled blood, terrorists we were named
Every revolution spills blood, we rightly said
Our name was now famed or for some, infamed

Old pawnbrokers now, saw an end to their rule
They united with us, to hang on to the chance
All us decided together, that let people vote
Who is popular, we'll see just in a glance

Nepal's renaissance, new awakening came
To mark their rule, people voted on
Today I feel so proud to be who I am
That fighting comrade.. peoples' heart he won


बाँकी अंश...

Tuesday, April 15, 2008

प्रकृतिको असरलता

-Shirish

हिमालको चुचुरामा बसेका उनि प्रकृतिको त्यो दृश्य जब हेर्दछन
यस सरलताको रहस्य बुझ्ने प्रयत्न उनी गर्दछन् ।
तपस्या उनको जीवनको यही उत्तरको खोजी हो
तर्क बितर्क गर्दै उनि मग्न ध्यानमा पर्दछन् ।।

प्रचन्ड रविको किरण जब पर्दछ एक कोमल फूलमा
नडराई ऊ त अझै घुरेर उसलाई हेर्दछ ।
जङ्गलको राजा सिंह जब पर्दछ मानिसको हुलमा
उसलाई भने अपहरित हुने डरले पो घेर्दछ ।।

क्षितिजमा आकाश र सागरको मिलन आँखाले त देख्दछ
तर जति नजिक जन्छौँ हामी उती पर ऊ सर्दछ ।
बाहिरी सौन्दर्य त कोइलीलाई पनि विकट छ
तर महानता त मानिसमा सुन्दर आत्माले पो बढ्दछ ।।

बौद्धताको कामनामा जीवन उनको बित्ने भो
महात्मा हुने विकल्प के यो संसारलाई त्याग्ने हो?
चंचल नदी, शितल पवन, प्रकृतिको यो अटलता
प्रभुको सरल रचना यो, यसको वास्तविक असरलता ।।


बाँकी अंश...

A Trip of a Lifetime(Final Part)(Part 4)

-Pramod Aryal

To read part 3 click here

Only after 3 days, I got to meet my room mate. He was air mechanic and came from Canada. He was going back in same day as I was leaving. He had to take BAS twin otter to Canada for servicing. The journey would take him about 9 days through various places in South and North America. He loved his job. That day we also got training on outdoor travel. We were shown the ways to operate stoves, setup tents and a tour in snow mobile up the glacier.

It took nearly a week to put the radar up and running. When we got it going it was a big relief as it was performing very well. Peter was impressed with the performance. I was happy that all went well. After completing the Meteor radar, I started to look at MF radar which had been there from 1996 but was never working properly. The most of my remaining time was spent on that system trying to fault find and fix them.
Majestic Mountain at the front of the base in clear day

In between, I signed up for skiing lesson. BAS encouraged people to get out there and have good time. Simon the instructor took four of us to a ramp on glacier for the ski lesion. Peter also decided to join. It was sunny day with absolutely clear blue Sky. The ramp was near airport hanger. Further down was the glacier cliffs. Icebergs were floating just under the wall of glacier showing the ultimate beauty. There could not have been better site and day for a skiing lesson. Simon was very professional and good instructor. In around half hour time, we were getting used to the slope and doing some twist and turns. There were no ski lifts to go back up the ramp. We had to walk up a small step at a time. It was tiring to climb but decent on ski after the climb refreshed me. We kept on going for 3 hours. Then our thigh muscles started to gave up. We then decided to pack up for the day.

I was there for two and half weeks and before I realised it was almost time to get back. Wayne left four days before me. Weather was good the day he flew. I spent rest of my time doing maintenance in old radar and taking walk around the North point. I wanted to walk up the glacier ramp someday but I did not have enough time. There was a camp site above the glacier, which would have taken about hours walk through snow. I had been there in field training conducted by BAS in my first week. That day there was stormy weather. We were in snow mobile. Snow mobile was very impressive. It could go up the ramp of glacier without skidding back. The combination of strong wind, snow and poor visibility made the trip up the glacier thrilling. I wished I had time to go back there again on foot.
A wild day at Beach
I was worried that my flight might be delayed due to poor weather. I had organised rest of my flight to Adelaide based on flight out of Antarctic to Falkland Islands. In the case of delay, it would stir up rest of my schedule. Luck favoured me. I did fly in the day that was scheduled to. Once again the base Commander Steve Marshall farewelled us at the hanger. There were about 13 people in the DASH 7 aircraft including Neil and myself. Plane took off and in about 5 hours we were in Falkland Islands.

When I got off the plane in Falkland Islands, I was astounded to see green grass. I could smell the vegetation in the air. It was windy but not cold. That was also an interesting feeling of being windy but not cold. We cleared the custom and unloaded plane by ourself. In about half an hour, we were on the way to Stanley. The bus ride to Stanley also felt strange. The civilisation was slowly sinking in me. That evening after 8PM, it became dark. That darkness was fascinating as I had not seen one from last two and half weeks. I looked out of my guest house window and just admired the nature, its creation and humanity. Yes..! I was back in civilisation.
A Picture that is embedded in my mind
Now looking back from the comfort of the home, it all seems a distance memory. However, it is the memory that will last forever. Those two weeks were the one of the most amazing experience of my life.


बाँकी अंश...

Monday, April 14, 2008

You Cannot Quit

-Shirish

In touch with this vivid depth of human mind
In the beginning I conclude the end to this doctrine
Decisive as it is, neither me nor you
Have a choice to quit, but ascend or fall


At the foot of this gregoreous hill
As I wipe the sweat, my feet tremble
I breathe hard, but my hearbeat is so fumble
I want to stand still but still I stumble


I have read science, art and history alike
And Gita, Bible, Qoran and all the divine
Whoever you are God, you made everything two
Even choices in life, it's don't or do


Withour further digression, back to the hill
In front of me it is, so steep and still
Behind me is a dark and hungry abyss
Awaiting my fall, with a long cold hiss


The hill grins, much more welcome it is
But I am to weak to climb on this
I do not want both, stay still I would choose
But God's made this without any ends loose


If I force my feet ahead, hard but welcome
If I try standing still anymore, I'm pulled back
Coerced yes, but I'll have to climb...
May be bit by bit, because I cannot quit


बाँकी अंश...

Saturday, April 12, 2008

A Trip of a LifeTime (Part 3)

-Pramod Aryal

To go to previous part(part 2) of travel logueclick here

I browse through the clothing kit that was given to us by BAS. It was like Christmas/Dashain. There were a lot of things from socks to warm jackets. I put some of them on and went for site visit. It turned out that I was a bit overdressed. Boots that I was wearing was about 5kg. I wore five layers on top and three layers on bottom. After all that, I was just about ready to roll than walk. I was walking like astronauts in their space suit. I was not taking chances of being cold again after what I experienced on my arrival. The radar site was in the North beach. There was strong Northerly wind which was bringing the iceberg from the ocean towards beach. It was amazing view with all these icebergs everywhere. I had trouble walking forward because of my excessive dress up and the strong wind. Just out of curiosity I started to walk backward. I could almost lie back and would not fall over. The wind was that strong.

The site was in picturesque location. All the antenna locations and base to make antenna were already setup by Peter. The cables were layed out. We could just about to start to work on Antenna. Radar hut was small and congested. It already had radar in there. We had to share the space. Outside there was beach on one side and a small hill on other. After observing site, we started to work on the system straight way.
The view from the antenna field

In the evening Neil and I took a walk around the point. We walked along the beach. There was the small stone hill on our right. It was windy, fairly cold and I was overdressed. It was difficult to put steps in right spot due to stones, boots and the wind. There was no set path to walk. We had to make our way through the stones going up and down. The view was breath taking. There was some wave in Ocean and icebergs were slowly getting drifted by the wind. During the walk, I encountered my first Weddle Seal. It was perfectly camouflaged in the stones. It did not seem to be bothered by our presence and kept on sun bathing. Neil mentioned that Weddle Seals don’t get bothered but if it is fur Seal, it will try to scare you off. Fur Seals are very territorial. Further down the track there were 3 penguins. I went close to them but they were also not bothered by my presence. Then I realised with their sense of defence, how would they made so far in hostile evolution. Perhaps they didn’t have powerful predators.
Socialising Penguins

During the Siberian huskey era for the Antarctic exploration, Seals were shot down for the feast for the dog right there in North beach of Rothera. The bones of the seals were still there on the beach. It might have been so easy to shoot them and too easy for dog to catch them judging from their sense of defence. Now dogs are banned in the Antarctic and strong rules are in place to protect the unspoiled natural wonder of the Antarctic. Those seals drowsing lazily on the beach are now safe and had nothing to worry about.
Relaxing Seal

After the walk it was dinner time. All the personnel gathered in cafeteria for the meal. It was very social environment. Everybody seemed relaxed and chatting with each other about the things they did that day. There were two chefs and maximum of about eighty people. Some people were out in the field. In summer time number in the base goes up to one hundred but in winter it drops to only 25. There were people in the base who had been there for two years continuous. It must have been very difficult thing to do being in middle of nowhere for such a long time. No grass, No trees no sweaty hot days…only 25 people regardless of whether you get along or not. For few minutes, I imagined being that situation but then realised that I could not have done it. Even though it was truly amazing place but living away in isolation from everything else did not appeal me.

At night! When I went to bed it was a weirdest feeling. It was 11:00pm but it was still bright outside. No sun but still bright. I could still see the glacier in front of me. My room mate was already sleeping. I could not meet him that day. I made up my bed and went to sleep. I could hear the cold wind blowing fiercely outside but I was too tired to be disturbed. I slept straight way.

Next day when I woke up, my room mate was already gone. I still didn’t get to meet him. That day I was wondering whole day who that might be. I looked around during the breakfast and lunch time to identify who that might be but no success. For the next few days, I spent most of my time installing radar. Someday weather will favour us but sometime we would get blizzard, horizontal snow blowing at our face. It would hit me so hard that it felt like being poked by needle. We worked through this condition to finish up work early so that we could relax later and be certain that system would run smoothly. Every time I walked to the North beach for the work, I always got stunned by the beauty of icebergs glowing in greenish colour and seals making iceberg their bed and just drowsing off. Not to mention the wall of glacier on the opposite side of where we were working. The beauty of that was embedded in my mind forever.
Working hard at work (in red coat) and relaxing on an iceberg afterwards. The sizes of the icebergs are seen in perspective.


To go to the next part(final part)click here


बाँकी अंश...