-कमल भण्डारी
जीवनका उकालीहरुतिमीलाई मैले सापटी दिएथे।
एक हल मनको बगैचामा
तिमीलाई नै नासोको रुपमा दिएथे।
आज म जीवनको ओराली हिड्दै गर्दा
जीवनका उकालीहरु सम्झिरहेछु।
तिमिले भर्याङ् चढाउन खोज्दा
मैले चढ्न नमानेका कथा पनि सम्झिरहेकि छु।
खै अब त कसरि चढिएलान् र
सगरमाथा र अन्नपुर्णहरु।
मलाई अब जीवनका ओरालिहरु झर्न मन छैन
काँढाहरु बिचमा क्याक्टस हुन मन छैन।
बरु क्याक्टसहरुका बिचको
नरम र कोमल फुलहरु बनेर
जीवनका उकालीहरुचढ्न मन छ
जीवनका उचाइहरु चढ्न मन छ।
Great poem. Heartly and touching
ReplyDeletePrem
सरल शब्दहरु बिचको गहन कविता।
ReplyDeleteA great poem: simple and touching; symbolic and powerful.
ReplyDelete