सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Tuesday, June 10, 2008

नेपाल हाम्रो देश

-आभाष वाग्ले

नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ ।
नेपाल अब नेपालीको, हामी नेपाली,
मिलिजुली सबै मिली हामी बनाउने ।

अङ्रेज पनि आए गए, राणा पनि छैनन्,
राजातन्त्र सकीइ सक्यो, नेपाल हाम्रै हो।
नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ।

गणत्रन्त्र अै सक्यो, देशमा शान्ती छाइ सक्यो,
अघि बढ्न नेपालीले पहिलो पाइला चालिसक्यो।
नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ।

सोझा-गरीब जनताले सुख पाउने छन्,
नेपाल आमा अब बल्ल रमाउने छिन्।
नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ।

4 comments:

  1. Nice song indeed. I apprecitate your feeling of new nepal. Keep it up.

    ReplyDelete
  2. keep it up aavas. ekdum des bhakta purna cha. Good poem

    ReplyDelete
  3. dherai ramro aavash... aba yeso gayara audio ni post gara na....

    ReplyDelete
  4. Yaachhh ni!! Bro le lekheko chai ekdum ramro chha. Tara aba ta bro le bhane bhanda thik ulto jasto po hola jasto chha ni.. yaachhh yo neta haru lai bro ko git le yaaachhh hune gari thappad hannu parla justo po chha ni ho....

    ReplyDelete