न्यूयोर्क
काठे पुल तर्दै धुलौटे माटोमा खेल्न मन लाग्यो
घासे चौरमा उफ्रदै बगर् बगर् दौडन मन लाग्यो
फुल्दै गएको मेरी आमाको कालो कपाल केलाउन मन लाग्यो
यसपटक फेरी घरको याद आयो
बाक्लिदै गएको मेरो गाउ, पातलीदै गएको परिवार भेट्न मन लाग्यो
एकै छिन घरगोठको स्याहर सम्भार् गर्न मन लाग्यो
कमजोर बन्दै गएको मेरा बा'को आखाको दृश्य बन्न मन लाग्यो
यसपटक फेरी घरको याद आयो
उकाली ओराली चड्दै बनको काडा बिझाउन मन लाग्यो
को हो को हो गर्दै गीत गाउने कोएली चरीलाई जिस्काउन मन लाग्यो
छाना भरी रमाएका परेवालाइ भुर्र् उडाउन मन लाग्यो
यस पटक फेरी घरको याद आयो
रुपे,बिशे र कान्छीसंग गोठालो जान मन लाग्यो
गाइ बाख्राको म्या म्या बा बा सुन्न मन लाग्यो
फैलिदै गएको शान्ती र बाटो हेरी बसेकलाई भेट्न मन लग्यो
यस पटक फेरी घरको याद आयो,
हात खुट्टा हिलो मैलो बनाउन मन लाग्यो
अलीकती पसीना मेरै माटो मा चुहाउन मन लाग्यो
एकै छिन भए पनि मेरै गीतमा नाच्न मान लग्यो,
यस पटक फेरी घरको याद आयो
आज कसैको मेलोमा जान मन लाग्यो
पालाको पैचो तिर्न मन लाग्यो
पर्खी बसेकी मेरीलाई पछाडिबाट आखा छोप्न मन लाग्यो
बिर्सदै गएकाहरुलाई सम्झदै गाउ पुग्न मन लाग्यो
छुन मन लाग्यो,
पसिनाले निधार धुन मन लाग्यो,
जुन सगै एकै छीन खेल्न मन लाग्यो
यस पटक फेरी घरको याद आयो
साभार: nepalipost.com
Great work Sahadev ji, Good poem but keep in mind tears may fall from the eyes of people reading this article.
ReplyDelete