सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Thursday, July 24, 2008

बुढाबाको लठ्ठी

-रजित ओझा

बुढाबा सँधै बरण्डामा बसेर भागवत गिता पढ्थे । घामका किरणमा बुढाबा पहेँला देखीन्थे ।सेतो जिउमा नुहाईसकेपछि पानीका थोपाहरु टलक्क टल्किन्थे । घर अघि तुल्सिको मोठ थियो बिहान पानी चढाउँथे आधा नाङ्गो जिउ भएर ,जनै मात्रै हुन्थ्यो माथि तल चाहिँ सेतो धोति ।
"यो बुढो उमेरमा कति धर्म गर्नु परेको हजुरलाई ,रुघा लाग्यो ज्वरो आयो स्यहार्न भगवान आउँदैनन् मैले गर्नुपर्छ ।सँधै ननुहाए पनि त हुन्छ नि ।"बुहारि झोक्किन्थीन धेरै जसो ।
"बुढीलाई त नटेर्ने म पहिले। तँ फिस्टि बुहारी"बुढाबा मनमनै सोच्थे ।
हुन त बुढी आमै खसेको धेरै पहिले तर सम्झीन्थे बुढाबा कहिलेकाहिँ बुढीआमैलाई ।गाउँघरका बुढापाका भेला हुँदा भन्थे
"मेरी मुखीनी को बुलाकि चार तोलाको थियो ।अहिलेको कुरा गर्ने हो भने त एकलाख रुपियाँ नाकमाँ झुण्ड्याएर हिँड्थी मेरी मुखिनी । महि पार्दा हल्लिदाँ नाक कति सारो राम्रो देखीने बुलाकी सहितको । उसले मथेको घिउ त झर्के कचौराको भरि एकै छाकमाँ सिध्याउँथे म !"
त्यो उमेरमाँ पनि बुढाबा ठमठम हिन्थे । बा को घरबाट बुढापाका भेला भएर गफ गर्ने ठाउँ लक्का जवानलाई हिँडेर पुग्न पन्ध्र मिनट लाग्ला बरु तर बुढाबा दश मिनटमैँ पुग्थे ।गाउँका मान्छेहरु भन्थे "यमराजले बुढाबालाई लिनलाई दुत नपठाएको होईन रे ,बुढाबा छिटो हिँड्ने भएर तिनीहरुले भेट्टाउन सकेनन अरे ।"
हरिक्रिष्णले "गाई किन्नु छ बुढाबा तँपाईँ त दुध खाँदा खाँदै पाको हुनु भएको मान्छे ,चन्द्रेको मा भएको गाई हेर्न जौँ न "भनेर लिएर जाने बिचार गर्दै भन्यो एक दिन ।
बुढाबाले हाँस्दै भनेका थिए"म बुढोलाई के दुख दिन्छस् ,गाई नै त किन्ने हो नि मन नपरे नकिन ,किनेर मन नपरे बेचिदे,गाई नै ल्याउने हो ,बुहारि भए पो शिल स्वभावकि भनेर हेर्न गइदिनु ।"तर हरिक्रिष्णे मानेन ,बुढाबा जानै पर्ने भयो । एक घण्टाको ओरालो बुढाबा पछि पछि आए ,हरिक्रिष्णे अघि अघि गाई घच्याउँदै हिड्यो ।
घर फर्किने बेलामा बुढाबाको पाँसुला फर्के जस्तो भयो ,बुहारिलाई घर फर्केर तेल लगाई माँगे ।
"बुढो भयो जिउ ,हेरचार गर्नु छैन त्यो दुई दुई घण्टाको बाटो किन हिँड्नु परेको होला"बुहारि फतफताउँदै तेल लगाईदिन थाली ।
"तँ सारै गाली गर्छेस हौ बुहारि बुढो मान्छेलाई ।"बुढाबाले दुखेसो पोखे ।खुट्टा सारै दुखेर मात्रै सुस्तरि बोले बुढाबाले नत्र बुहारिलाई नै टेर्ने खालका मान्छे थिएनन् बुढाबा ।
"मायाले नि बा ,पिरले ।केटाकेटि जस्तै पछि पछि लाग्ने कुरा आएन ।अलि अलि त तँपाई ले पनि सोच्नु पर्यो नि ।"तेल को कचौरा छेउमा राखीदिएर ,बत्ति निभाउँदै बुहारिले भनी ।
त्यो राति बुढाबा उठ्न सकेनन पिसाव फेर्न जानलाई पनि । छोराहरु आएर ट्वाईलेट सम्म पुर्याईदिए । त्यो दिन देखी बुढाबाको हिँडडुल कम भयो । एक दिन कान्छो छोरोले लठ्ठि लिएर आयो बुढाबालाई हिँडडुल गर्न सजिलो होस भनेर हात ले समाउने बिट छड्के भएको , बिट चाँदि जस्तो तर फलामको पाताले बेरेको थीयो लठ्ठी भरि डन्डिफोर जस्ता थोप्ला थोप्ला थिए अनि चिल्लो थियो लठ्ठी ।
तर बुढाबा लठ्ठी देख्ने बित्तिकै झोक्किए ।
"अहिले सम्म लठ्ठि बेगर नै हिँडेको म अब मर्ने बेलामा किन लठ्ठी बोक्छु ,फ्याँकिदे त्यसलाई ,अहिल्यै जलाउनलाई दाउरा जम्मा गर्न थालिस् कि क्या हो कान्छा ?"
कान्छो छोरो निशब्द भयो बुढाबा झोक्किएपछि ।उसले बुढाबा सुत्ने कोठाकै कुनामा लठ्ठी थन्क्यायो ।
दारी छोराले काटिदिन्थे बुढाबाको बुढाबा थलिएपछि ,हफ्तामा एक पटक । गाला चाउरि परेका थीए बुढाबाको आईरन लगाईदिउँ जस्तो त्यस्ले दारि काट्नलाई सारै अफ्ठ्यारो धुले बाटोमा गाडि गुडाएजस्तो कहिले यता ढल्केको छ कहिले उता ,फेरि बुढो शरिर ब्लेडले काट्यो भने त रगत नरोकियेला भन्ने पिर अनि आँखा चश्माको बाहिरबाट चश्माको पावरले फर्सि जत्रै देखिन्थ्यो ।घाँटीमैँ झुण्डीराखोस भनेर तुना पनि लाईदिएको थियो चश्मामा ।कोठामै खानलाई अफ्ठ्यारो मान्थे बुढाबा चुलो उठाउनु हुन्न भन्थे । बिस्तारै बिस्तारै बुढाबाको खान्कि घट्यो ।एकरात बुढाबाले मुखीनीलाई सपनिमा देखे ।भोलिपल्टनै बुढाबाले छोरोलाई बोलाए र भने
"अब म बाँच्दिन जस्तो छ धेरै केटा ।तेरी आमा सपनामाँ आएर बोलाउन थाली । "
छोरोले रुन्चे मुख लायो अनि मनमनै सोच्यो बुढो शरिर कति चाँडो ढल्दो रहेछ ,अस्ति सम्म ठमठम हिँड्ने बा आज ओछ्यान मा थलीएर यस्ता कुरा गर्छन् ।
बुढाबा थलिएको कुरो गाउँ भरि फैलियो ।गाउँ भरिका बुढापाका को ओइरो लाग्यो घरमा थोरै बेर फेरि पुराना कुरा गरेर मन बहलाए बुढाबाले । घरभरि त्यो दिन जु्त्ता र लठ्ठिका थुप्रा थीए ।बुढाबाले लठ्ठि हरु सबै हेरे । अस्ति कान्छोले ल्याएको लठ्ठि कस्तो रहेछ फेरि हेर्न मन लाग्यो बुढाबालाई ।त्यो दिन अरु दिनको तुलनामाँ खाना पनि धेरै रुच्यो बुढाबालाई ।खाना खाने बित्तिकै बुढाबाले कान्छालाई लिन पठाए ।
" अस्ति तैले ल्याएको दाउरो यहिँ राखीस कि फ्याकिदिइस कान्छा?"बुढाबाले सुस्तरि सोधे ।
कान्छोले कुनाबाट झीकेर बुढाबालाई डराई डराई लठ्ठि देखायो ।बुढाबाले धित मरुन्जेल लठ्ठि हेरे लठ्ठी आफ्नो जस्तो लाग्यो अनि अरु बुढाहरुको भन्दा राम्रो रहेछ जस्तो पनि लाग्यो बिस्तारै लठ्ठि समाए ।सजिलो कसरि समात्दा हुन्छ हेरे अनि ओछ्यानको छेवैमा थन्क्याए ।
भोलिपल्ट बिहान बुढाले अरु दिन भन्दा छिट्टै चिया पकाउन बुहारिलाई भने ।चिया खाईसकेपछि गिलास लिन जाँदा बुढाबा ओछ्यानमाँ थिएनन् लठ्ठि पनि थिएन ।बुहारि हत्तपत्त बाहिर निस्कि ।बुढाबा लठ्ठि टेकेर कहिले घाम उदाउला भनेर पुर्वतिर हेर्दै थिए ।


बाँकी अंश...

Tuesday, June 24, 2008

आँशु बिक्री हुने भए

-रजित ओझा


जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए
म बिल गेट्स हुन्थे,आँशु बिक्री हुने भए

तिमी बसेको चोक धाएकै हो....
मायामा ज्वरो आएकै हो.....
१०४ पुग्थ्यो होला ...१०४ पुग्थ्यो होला
मायामा डिग्री हुने भए
जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए
म बिल गेट्स हुन्थे होला आँशु बिक्री हुने भए..

हार्ने म, जीत्ने तिमी.....
मर्ने म मार्ने तिमी .....
हाँसी हाँसी फाँसी लाग्थेँ.....
हाँसी हाँसी फाँसी लाग्थेँ.....
अंगालो सिक्री हुने भए
जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए
म बिल गेट्स हुन्थे होला आँशु बिक्री हुने भए


बाँकी अंश...

सपथ

शिव प्रकाश
बोस्टन, अमेरिका, जुन १८
एककान दूइकान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा । गाउँको स्कूलको एउटा साधरण मास्टर राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको ।

अहिले के छैन उनीसँग ! श्रीमतीका नाउँमा आलिसानको बङ्गला ! सालासालीसम्मका नाउँमा जताततै घरघडेरी जग्गा । घरमा महँगो गाडी पार्क गरेर राखेको छ । परिवारलाई सरकारी सुविधाका गाडीहरु उपलव्ध छन् । छोराको चुरीफूरी र मैमत्तता निकै बढेको छ । बैंक व्यालेन्स टन्न छ । हिजोको ख्याउटे मास्टरको जीउडाल मन्त्रीभएपछि भ्यागुते भएको छ । यो देखेर टोल छरछिमेक र गाउँबाट मन्त्री भेट्न आउनेहरु सबै छक्क पर्छन् ।

धेरैको मनमा लाग्छ सबै काम छोडेर राजनीतिमा लाग्नु पर्ने रहेछ । कमालको पेशा रातारात मालामाल ! अरु त अरु आफ्नै श्रीमती पनि छक्क परेकिछिन् आफ्नो लोग्ने मन्त्री भएदेखिको उत्पात देखेर । गाउँमा मास्टरनी नानी भनेर चिनिने सीदासादा स्वास्नीमान्छे बेलाबेला रेडियो, टिभी र अखबारमा आएका समाचारले झस्किन्छिन् पनि । कतै यस्तै हुने त होइन । त्यसलाई उनी दूर्दशा ठान्छिन् ।
टोलछिमेकमा चर्चापरिचर्चा बढी नै हुन थाल्यो मन्त्रीज्यूको बद्लदो र उर्लदो जीवनशैलीप्रति ।
मन्त्राणीका कानमा पनि गाँइगुँइ पर्न थाल्यो आफ्नो लोग्नेका बारेमा चलेको चर्चा परिचर्चा । हुन त उनले पहिलेदेखि नै लाग्नेलाई लागार्थिन र बेलाबेलामा सोध्ने गर्थिन "हैन कहाँबाट आउँछ रातारात मुठाका मुठा ! अति गर्नु तर अतिसारो गर्नु त राम्रो हुँदैन नि भोली फन्दामा परिएला ! भन्नेबेलामा देश र जनताको निस्वार्थ सेवा गर्छ भन्ने गर्ने बेलामा रातारात यस्तो लुटपात गर्ने ।"

मन्त्रीज्यू उल्टो लघार्थे "नकरा तँ । म के गर्दैछु मलाइ थाह छ । ममात्र मंगलग्रहबाट आएको हुँ र । तँ गोज्याङ्री यस्ता कुराहरु बुझि्दनस् चुपलाग ।"

भोलीपल्ट अचानक मन्त्रीमण्डल विघटन भयो । विघटित मन्त्रीमण्डलका सदस्यहरुको सम्पत्ति छानविन अख्तियारले गर्ने समाचारसँग भ्रष्टाचारमा यिनै मन्त्रीको नाउँ सबैभन्दा पहिलो नम्बरमा आयो ।

मन्त्राणी अत्तालिदै मन्त्रीलाई सुनाउन आइन - "मैले त भनेको हो नि उ अब अख्तियारले समाउने भयो । अब कसरी मुख देखाउनु यो समाजमा । जति सोधे नि कहिल्यै भन्नु भएन । मसँगै लुकाउनु भो । जति कराए नि कहिल्यै मान्नु भएन । अब के गर्ने हे भगवान् !"

श्रीमतीको अत्याहटबाट अलिकति पनि विचलित नभइ मन्त्रीले गम्भीर र शान्त मुद्रामा जवाफ दिए - "नकारा केही हुँदैन । यस्ता समाचार त मन्त्रीमण्डल परिवर्तन हुँदैपिच्छे सधैं आउछन् अलिपछि आफैं हराउँछन् । बाँकी रहृयो मैले तँलाईसमेत नभन्नुको कारण चाँही मन्त्री हुँदा पद तथा गोपनियताको सपथ खाएको हुनाले मैले आफ्नै श्रीमतीसँग समेत पद अनुरुपको गोपनीयता भंग नगरेर इमान्दारीता निभाएको हुँ ।"


बाँकी अंश...

Monday, June 23, 2008

जीवन ब्रित्तमा घुम्दैछ (भाग-२)

-रजित ओझा
"सरि ,शायद नसोध्ने कुरा सोधेछु ।"
"ठिकै छ ,तिमीलाई हक पनि त छ नि !"मैले उसलाई हिनताबोध हुने मौका दिइन ।
"अझै पनि छ र ?"उ जिस्किई ,मुस्काउँदै ।
"सँधै हुनेछ , कुनै कुरा मा हिजो ,आज र भोलि लागु हुँदैन ! खाजा पनि खाने हो ?"मैले प्रसंग बदलेँ ।
"छाडदेउ ,बरु चिया नै थपुम् ।"उसले चिया प्रति नै आफ्नो लगाव देखाइ ।चियाकि शौकिन हो उ ,हामी कहिले काहिँ घण्टौँ चिया मात्र खाएर यहाँ बसिरहन्थ्यौँ । हुन त त्यति खेरका भेटमाँ समय कटाउन बहाना मात्र त चाहिन्थ्यो अनि उसले राम्रो बहाना पाएकी थिई चियाको रुपमाँ ।बानेश्वर चिसो थियो बाहिर ,मैले बाहिर नियाँले ,गाडि हरु पातला थिए अनपेक्छित कुनै बन्द शुरु हुन आँटे जस्तो ।
सिमसिम पानि पर्न थालेको थियो ।मैले छेवैको उसको ब्याग नियाँले । पुराना दिन जस्तै उसको छातासंगको लगाव छुटेको रहेनछ ,छाताको डोरि ब्यागबाट चिहाइरहेको थियो बाहिर , मलाई भने शायद उसैको संगतले होला छाता बोक्ने रहर जागेन कहिल्यै , किनकि एउटा छाता मा दुइजना हिँड्नुको मजा मलाई थाहा छ अनि मेरो बिगतलाई थाहा छ ,उस्को आभाष दिने छोएर निस्कने बतासलाई थाहा छ अनि मेरो शरिर लाई थाहा छ । आधा भीजेको सम्म पछुतो हुन्न र शायद पछि त्यहि नै बानि बन्यो मेरो , उ छैन भन्ने थाहा हुँदा हुँदै पनि म छाता बोक्दिन ।चिया लिएर वेटर फेरि आइपुग्यो ।टेबलमाँ राखेर अरु नै काममा उ फेरि ब्यस्त भयो ।
"अनि तिमीले छोराछोरिको बारेमा केहि बताएनौ !कि छोराछोरि नै नभइ तिम्रि स्रिमति एक्स्पायर भएको ?" उसले फेरि कुराको शुरुवात गरी ।
"तिमी मेरो छोराछोरिको पछि कत्ति लागेको ?तिम्रा छोराछोरि बिहे गर्ने उमेरका भए कि क्या हो ?"म फेरि जिस्किएँ ।
"तिमी जस्तै भए त सोच्नै पर्छ ।"उसको अनुहारमा पनि थोरै मुस्कान आयो ।सारिको सप्को थोरै मिलाए झैँ गरि उसले ।"छोरो छ ,२२ बर्षको भयो अहिले।""तिमी जस्तै छ ?""छैन ,प्र्याक्टिकल छ ।तिम्रो भाषामा भन्दा।सँधै बिदेश जाने सोचिरहन्छ। म नजा भन्छु मनाउनलाई गारो परिसक्यो । " म चिया पिउन थालेँ ,उ चुप भइ ,शायद मैले अलि धेरै उत्तर दिएँ ।
"बाउ आमा छोराछोरी आफ्नो ऐना होस् भन्ने चाहन्छन् भने त्यो त गल्ति हो नि होइन र?त्यो त तिम्रो इच्छा उसमा कसरि लाद्न सक्छौ र ?तिमीले कहिल्यै अर्काको भावना बुझ्न जानेनौ ,न पहिले न अहिले !" मलाई चसक्क बिझ्यो ,शब्दहरु मानौँ घोचेर पार भए ।
"होला ,तिम्रो सोचमा तिम्रो भाषामा । सत्य त शाश्वत हुन्न नि ,तिमी जे कुरा गलत देख्छौ त्यो कुरा सबै को नजर मा गलत हुनु पर्छ भन्ने कुरा छ र!"
"छैन ,सबै जनालाई एउटै कुरा सत्य हुने भए त विवाद के का लागी ? त्यो त मलाई र तिमीलाई भन्दा कसलाई थाहा होला र ?" उ मुस्काइ ,उस्को इशारा मै तिर त थियो होला ,मेरो आँखामा आँखा जुधाउने प्रयास गर्दै थिइ । मैले हत्तपत्त आँखा हटाएँ ।छेवैको भीत्तामा सामान्य भीत्ता हरु जस्तै मोनालिसा आफ्नो रहस्यमयी मुस्कान मुस्कुराईरहेकि थिइन ,त्यस देखी पर्तिर थीन्ले सन्तुष्ट भएर हाँसेको जस्तो लाग्थ्यो अर्को पेन्टिङ्गमा ,नयाँ रङ्ग पोतिनलाई पुरानो रङ्ग छायाँ मा पर्ने रिति नै हो ।थोरै भए पनि बदलिएको थियो यो ठाउँलाई ।
"अनि तिमीले आफ्नो बारेमा केहि भनेनौँ ,जागिर ?""जागिर छ सरकारि ,मन्त्रालयमा छु । अहिले त रिटायर पनि हुन लागियो ।करिब ५ बर्ष बाँकि होला ।"
"बुढो भएछौ ।"
"सँधै तिमीले देखे जस्तै त कहाँ हुन्थेँ र ?"
"पहिला पनि बुढो नै देखीन्थ्यौ ,गम्भिर आदर्शका कुरा गर्ने ,थाहै छैन पहिलो भेटमाँ मैले तिमीलाई के देखेर मन पराएँ" उ हाँसिरहि ,म उसलाई नियाली रहेँ अनि शब्दहरु घुमिरहे ।सोच्न थालेँ के म पहिले देखी नै बुढो देखीन्थेँ त?तन मात्र हो बुढो हुने मन बुढो हुन्न भन्छन् ,अनि मान्छेको मनले नै मान्छे बुढो भएको नभएको निर्धारण गर्छ पनि भन्छन् के मेरो मन नै पहिले देखी नै पाको थियो त ?खोई थिएँ होला उसको नजरमाँ ,तर म सकेसम्म वफादार बन्ने प्रयत्न गर्थेँ ,यो कुरा मलाई थाहा छ अनि मेरो आत्मा लाई थाहा छ ,उसले नै हो मेरो आत्मा भीत्र को उज्यालो नदेखेको वा मैले देखाउन सकिन । म उसको नजर बदलिन पनि त सक्दिन । त्यति सामर्थ्य भए त उ मलाई छोडेर नै जान्न थी नि ।हात गोजि भित्र हालेर चुरोट निकाल्दै थिएँ । बाहिर निकाल्ने बेलामा पो झसङ्ग सम्झीएँ ओहो उसले त मलाई चुरोट नखानु भनेर कसम पो दिएकी थिई त । म अझै सम्झीन्छु त्यो दिन क्याफेमा धेरै बेर भनाभन भो ,उ सँधै मलाई तँ केटाकेटि नै रहिरहने भईस् , क्याफेभन्दा बाहिर तेरो सन्सार नजाने भो , नौ दश हजार को जागिर खाएर सन्तुष्ट भएर साँघुरिएको आफ्नो दुनियामा देशभक्ति काखी च्यापेर निदाउँछस् भन्थी । उ बाहिर जाने कुरा आयो कि सानो तिनो झगडा शुरु भइ हाल्थ्यो ।त्यसपालि त एप्प्लाई गरेर लेटर आएपछि मात्र सुनाएकी थिई मलाई ! मैले पनि रिसमा धेरै कुरा भनेँ ।उ सँग छुट्टिएर बाहिर निक्लने बित्तिकै मैले चुरोट किनेर सल्काएँ ,शायद त्यो मेरो अहम् थियो वा पिडा पोख्ने साधन ।छ बर्ष पछाडि हात लगाएको थिएँ उ सँग छुट्टिएको दिन चुरोट , उसले नखानु भनेर कसम दिएको चुरोट कसम को के अर्थ जब उ नै म सँग रहिन भन्ने भावना आएर फुके थेँ ,बाहिर धुवाँ उड्दै थियो त्यो दिन खोइ चुरोटको थियो वा मेरो मुटु जलेको ।
"कहाँ हरायौ ?"उसले मलाई प्रश्न गरी ।आ घर गएर खाउँला ।गोजि भित्र समातेको चुरोटलाई गोजिमै छोडिदिएँ ।
"यो क्याफे भीत्र हराउन मिल्ने सम्झना धेरै छन् ,तिमीले बिर्स्यौ होला तर मैले त जतन गरेर राखेको छु ।"
"दिमागमा भए पो बिर्सन मिल्छ ,सम्झना त मुटुमा बस्दो रहेछ ।म सँग पनि छन दुइ चार ओटा त ! "म तिर पुलुक्क नियाल्दै उ चूप लागि । घरि घरि मेरो आँखामा उ के हेर्न चाहन्थी मैले पत्ता लगाउन सकिन । दोस्रो कप मा चिनि हाल्न बिर्सेको रहेछु ,बल्ल खल्लो लाग्यो । सेलाएर तर बसेको चियालाई एक चम्ची चिनि हालेर घोलेँ ।
"तिम्रो चिया सेलाएर खाने बानी कहिल्यै नजाने भो ।"
"खोइ कहिल्यै बदलिन जानिएन ।न समय ले बदलियो न ।।।।।।।।।।" मैले आफ्ना शब्दहरु रोकेँ अनि मुस्काएँ ।
"के तेस्रो ट्रिप पनि जाने हो हाम्रो ?"
"हुन्छ ,खाने भए । भेट भएको खुशियालीमाँ ।"मलाई नाई किन पो भन्नु थियो र । उ सँगको भेटको लागि के के छोडिएन ती दिनमाँ आज त उ नै मलाई रोकिउँम भन्दै छे ।
"मालिक मख्ख हुने भो ,यो क्याफेको ।" उ मुस्काइ ।हुन त साडिको सप्को खसेको थिएन तर पनि मिलाए झैँ गरी मैले देख्दा देख्दै तेस्रो पटक थियो त्यो ।पर्दा थोरै खुलेको थीयो । मैले झ्याल बाट बाहिर नियाँले । पानी रोकिएछ ।बादलहरु पनि फाटिसकेछन क्यार ।सडक मा पानीका थोपा हरु टल्किरहेका थिए पानी को प्रकाशमा । सडक मा थोपा थोपा पानी टल्किँदा सारै राम्रो देखीन्छ ।सबै रिस राग पखालेर मुटुमा फूल रोपे जस्तो । सात रंग पनि देखीएको हुन सक्छ आकाशमा । यस्तै बेला त हो नि आकाशमा इन्द्रेणी देखा पर्ने ।बेहुली भएको होला अहिले त आकाश ।
"आफ्नो बारेमा केहि भन्दिनौँ ?"मैले फेरि प्रश्न गरेँ ।
"के सुन्छौ ?""जे सुनाउ सुनिदिन्छु नि म त ।""क्यानडा मै फर्दर स्टडि गरेँ ,मैले मास्टर्स गरेको कलेजको रिसर्च युनिटमा वहाँ हुनुहुन्थ्यो त्यहिँ बिहे गरेँ ,त्यहिँ सेटल भएँ ।"
"आफ्ना छोराछोरीको बारेमा केहि भन्दिनौँ ?""हाम्रा छोराछोरी भएनन् ।के भएको हो बुझ्नलाई बिहे भएको तिन बर्ष पछि डक्टरको मा गएका थियौँ । डक्टरले मलाई अन्फर्टाईल छौ भन्यो । वहाँले टेष्टट्युब बेबि एडप्ट गर्न मान्नु भएन ।"
"भनेपछि तिमी अहिले एक्लै छौ ?"यसपाली भने मैले आफ्नो आस्चर्य र असन्तुष्टि रोक्न सकिन । साँचै ठुलो दण्ड दिएछ उसलाई समयले ।तर उसको गल्ति नै के थियो र दण्ड दियो समयले ।त्यो पक्कै पनि निसाफ थिएन ।
"तिमी कुनसा दुक्लो छौ र ?छोरा सँग त तिम्रा कुरा हरु मेल खाँदैनन् ।हरेक मान्छेको जीवनमा कमजोरि हुन्छन् ! लिभ इट । अब जौँ , पैसा तिमी तिर्छौ कि म तिरौँ ?"उसले उठ्दै ठट्टा गरि । म भारिमन लिएर बिस्तारै उठेँ ।
"पैसा तिर्ने हक म बाट नखोस प्लिज ।" मैले यत्ति मात्र भन्न सकेँ ।उसले पुलुक्क म तिर हेरी , म बाहिर निस्किउन्जेल पर्खी अनि बिदा भएर आफ्नो बाटो लागि । म धेरै बेर त्यहिँ अडिरहेँ । अनि हिँडेर टाढा पुगे पछि पनि फर्किएर उ च्यातिएको बाटो हेरेँ ।


साभार:manojrajit.blogspot.com


बाँकी अंश...

जीवन ब्रित्तमा घुम्दैछ (भाग-१ )

-रजित ओझा

"मोटाईछौ ।" कुराको शुरुवात यसरि नै गरे मैलेँ । हुन त मैले उसमा खोट देखेको होइन ,सबै ऋतु हरुमा मलाई उ उस्तै लाग्थी भन्ने कुरा पनि शास्वत छ ।मलाई थाहा थिएन त्यतिखेर यी शब्द हरुले उसको मनमाँ कस्तो असर छोडे किनकि केटिहरुलाई मोटाएको कुरा गरिदिनु राम्रो मानिन्न तर तिस बर्षको अन्तराल मा म अल्लारे ठीटोबाट लोग्नेमान्छे भएँ भने उ पनि त केटिबाट आइमाई भइ होलि नि ! जे होस् पाँच मिनटको सुनसान यात्रा,हामी दुवैको मौनता तोड्ने क्रमको औपचारिकता निभाएँ ।यो आश्चर्यजनक भेट पचाउन गारो भइसकेको थियो मलाई , तिस बर्ष निकै लामो समय हुन्छ । अब के नै बाँकि थियो र हामी बिच औपचारिकता बाहेक । चियाको प्रस्ताव मैले नै राखेको हुँ ,शायद म पुराना दिन पल्टाएर आँफै दर्शक भएर पर्दा नियाल्न चाहन्थेँ । कुनै बेला त्यो क्याफे र आइसक्रिम पार्लर भेट्ने बहाना हुन्थ्यो ,गोजि मा पैसा नै नभए पनि बुवासँग कहिले कलम किन्छु भनेर ,कहिले ल्याब सिट सिद्धियो भनेर जे होस बिभिन्न बहाना बनाएर ल्याएका पैसाले ! आज पैसा छ ,तर बहाना छैन अनि साथ नै भएर पनि उ छैन ।
"होला ,बुढि पनि त भएँ नि ,बुढेसकालमाँ त्यसै जिउ लाग्छ भन्छन् । "उसले समय माथि गुनासो पोखी अथवा अर्को शब्द मा भनौँ दोष थोपरी ।कपाल मा रातो मेहेन्दि लगाएर उ समय रोक्न खोजिरहेकि थीइ ,अरु बुढी आइमाईको तुलनामाँ उसको कपाल रेशमी नै लाग्थ्यो तर आँखा को चश्मा ,अनि थोरै नै भए पनि ति खुम्चिन शुरु गरेका ति सेता गालालाई कसरि सम्झाओस उ समय रोक्न चाहन्छे भनेर ।गालाको खाल्डो भने यथावत नै रहेछ ,कुनै कुनै कुरा को अगाडि समय पनि बिवश हुन्छ शायद ।
"बुढि नै त देखिएकि छैनौ । " मैले गालाको खाल्डो नियाल्दै भनेँ । उसको मुस्कान थोरै अरु थपियो गालाको खाल्डो थोरै अरु गहिरो भयो । क्याफे मा कुनाको कुर्सि खालि रहेछ ।मलाई अझै याद छ यो कुर्सि हामी दुइको ठेक्का जस्तै नै थियो पुराना दिनहरुमाँ ।
"कहिले फर्केको क्यानडा बाट ?"
यो प्रश्न को उत्तर मलाई सुन्न मन थिएन तै पनि सोधेँ ।म उसलाई मात्र दोष दिन्न , सबै मान्छे आफ्नो नजरमा सहि हुन्छ।उसको महत्वाकांछ्या र मेरो आदर्श मिलेर हामीलाई टुक्र्याएर म र उ बनाएका थीए ।बिहे पछि उ क्यानडा गइ अनि म नेपाल मै जागिर खान थालेँ ।
"बानेश्वर मै छु चार बर्ष भयो ।"उसले सटिक जवाफ फर्काइ ,नेपाल फर्केको काठमाण्डौ आएको चार बर्ष पहिलो चोटि दोबाटामाँ ठोक्कियो । निकै लामो समय लिएछ भाग्यले यो साइत जुराउन , मनमनैँ सोचेँ ।
"किन नी ? क्यानडा को रहर पुगेको ?"
"वहाँ एक्स्पायर भएदेखी जिवन देखी नै रहर पुगेको छ ,जिवन जिउनु र बाँच्नु फरक कुरा रहेछ ।" उसले एक वाक्य मै आफुलाई पोखी ,अनि म छताछुल्ल भएकी उसलाई नियाँले । उसका आँखा चीयाको ग्लासमा अडियो ,भित्र को आँशुलाई बल प्रयोग गरेर रोक्न चाहन्थि शायद ।चश्मा भित्रका आँखाहरु अझै पनि ठूला ,गहिरानै थीए ।फरक केवल चश्माको पावर मा थियो ।
"माया गर्ने मान्छे टाढा गएपछि दुख त हुन्छ नै !"
मैले फेरि पनि औपचारिकता निभाएँ ।उसले पुलुक्क म तिर हेरी ,शायद उसलाई मैले आफ्नो बारेमा कुरा गरेको वा उसको उसलाई खुट्याउन गारो भयो ।
"तिम्रो पनि सुनाउ न ,कति म मात्रै बोलिरहुँ ।" उसले प्रसंग बदलि ।
"मेरो के सुन्छौ र ?"म थोरै हाँसे जस्तो गरेँ ।
"छोराछोरी कति छन् ?के के गर्दै छन्?"
"किन ?मेरो बिहे भयो भन्ने कहिले थाहा पायौ र?"
"गर्यौ होला नि ,मलाई नै सम्झेर ,देवदास भएर त पक्कै बसेनौ होला ।"उसले पहिलो चोटि ठट्टा गरी अनि खुलेर हाँसि ,मैले पनि उसलाई साथ दिएँ ।
"बिहे पछि मेरो खोजखबर त पक्कै पनि गरेनौ होला ,गेस नै त होला नि?"
"हो बाबा हो, तिम्रो एउटै कुरा पक्डिरहने बानि कहिल्यै नजाने भो । भन न त गर्यौ कि गरेनौ ?"
"गरेँ ,तर बिहे गरेको दुइ बर्ष मै छोडेर गइ टाढा धेरै टाढा तिम्रो लोग्ने सँगै ,तिम्रो र मेरो भाग्य उस्तै रहेछ ।"मैले उसको आँखा मा आँखा जुधाउँदै जवाफ फर्काएँ ।शायद थोरै आश्चर्य र थोरै सहानुभुति थियो ।
क्रमश:


बाँकी अंश...

Sunday, June 15, 2008

नेपाल एकदिन फर्कन्छु

-Aryal Ananta
नेपाल एकदिन फर्कन्छु,
Australiaमा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाइ त पुरा होस!
कलेज – डेरा, डेरा - कलेज
पढाई पनि सकियो।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु!

नेपाल एकदिन फर्कन्छु,
Australiaमा रमाउन सकिन्न!
तर केहि बर्ष जागिर त खाउँ!
जागिर पनि खाइयो।
डेरा – जागिर, जागिर – डेरा
एक्लो भइएछ दुबैमा!
तर, म एक्लो भएको कुरा
मलाई भन्दा पहिला
नेपालमा आमालाई थाहा भयो!

नेपाल एकदिन साँच्चै फर्कन्छु,
Australiaमा रमाउन सकिन्न!
अहिले बिस दिने बिदामा आएको।
तपाईँको कपाल कति धेरै फुलेछन् आमा!
बुबा पनि कमजोर हुनुभएछ!
आमा बुबालाई मनभरि हेर्न नभ्याउँदै,
बिस दिनमा जीवन बिताउने
सम्झौता गरियो कुनै अपरिचित संग!

नेपाल एकदिन फर्कन्छु!
Australiaमा रमाउन सकिन्न!
तर अहिले अलिक मिल्दैन।
उसको भ्याई नभ्याई छ
मेरो बिदा उसको काम,
उसको बिदा मेरो काम!
फेरि छोरो पनि सानै छ!
छोरो अलिक ठुलो त होस!

नेपाल एकदिन फर्कन्थेँ
Australiaमा कहिल्यै रमाइन
तर कसलाई भेट्न जाउँ?
साथि भाईको खबर छैन
काका पनि ओछ्यान परे रे
कान्छो मामा पोहोर बिते रे!
आमा, बुबा त अब
हरदम म संगै छन्
मेरो यादमा, केवल यादमा!!


बाँकी अंश...

Thursday, June 12, 2008

जीवनका उकालीहरु

-कमल भण्डारी
जीवनका उकालीहरु
तिमीलाई मैले सापटी दिएथे।
एक हल मनको बगैचामा
तिमीलाई नै नासोको रुपमा दिएथे।

आज म जीवनको ओराली हिड्दै गर्दा
जीवनका उकालीहरु सम्झिरहेछु।
तिमिले भर्‍याङ् चढाउन खोज्दा
मैले चढ्न नमानेका कथा पनि सम्झिरहेकि छु।

खै अब त कसरि चढिएलान् र
सगरमाथा र अन्नपुर्णहरु।
मलाई अब जीवनका ओरालिहरु झर्न मन छैन
काँढाहरु बिचमा क्याक्टस हुन मन छैन।

बरु क्याक्टसहरुका बिचको
नरम र कोमल फुलहरु बनेर
जीवनका उकालीहरुचढ्न मन छ
जीवनका उचाइहरु चढ्न मन छ।


बाँकी अंश...

Tuesday, June 10, 2008

नेपाल हाम्रो देश

-आभाष वाग्ले

नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ ।
नेपाल अब नेपालीको, हामी नेपाली,
मिलिजुली सबै मिली हामी बनाउने ।

अङ्रेज पनि आए गए, राणा पनि छैनन्,
राजातन्त्र सकीइ सक्यो, नेपाल हाम्रै हो।
नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ।

गणत्रन्त्र अै सक्यो, देशमा शान्ती छाइ सक्यो,
अघि बढ्न नेपालीले पहिलो पाइला चालिसक्यो।
नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ।

सोझा-गरीब जनताले सुख पाउने छन्,
नेपाल आमा अब बल्ल रमाउने छिन्।
नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ।


बाँकी अंश...

Monday, June 9, 2008

Our one and only Earth.

- Moon Lim Huiying

Delicated to all, those who ever tried to save the earth. Just switching off the lights for one hour and help too. Delicated to programs who begins with saving the earth, Gaia, Green day etc. Start now, before its too late...

Men are crying,
Children are dying,
We are just looking,
From the cameras they are shooting.

Earthquakes, cyclones, are all over continents,
is there anyone that can pick up the sentiments,
Is there anyone who can make a statement,
To help those who need to change their settlement.

Wars, terrorism, are actions we can change,
One round earth we stay and age,
Its our own skin we hurt and break,
Give us a space to say that being in this world is great.

To the babies who need a warm cuddle to feel safe,
No matter how many innocent lifes i can try to save,
Seeing deaths with my eyes i still try to be brave,
Just walking around, i struggle to see the victims graves.

Just one single tiny piece of gold,
can help those who are young and old,
Those that are shivering in the cold,
those who lost their family they once hold.

but maybe I dont have this gold to give,
but i know deep down they all can forgive,
because in my heart i wish to retrieve,
To be there to help them is my own greatest gift.

People of the world please open your eyes and see,
We have to do something to our earth before it all turns to sea.
Dont just relax and keep drinking your tea!
The earth will disappear into the universe very soon as it can be...

The world ought to be sealed to do good deeds,
We must all work together and pull out the weeds,
To have new plans and to plant new seeds,
In order for our future to have a better life to lead...

- Moon Lim Huiying -
Love mankind, love my friends, and also love our future...


बाँकी अंश...

Wednesday, May 28, 2008

A Leaf from my memory (GBS Part 3)

Mystery Solved!!!!

-Santosh Koirala
It all happened in Hostel 1, the so called iron gate was only a few weeks away from we class 10 students. As we knew that the way of teaching in Gandaki Boarding School was quite different from general schools, we didnt knew what fate would the SLC results bring to us.Although exams time were on the peak, we needn't go to class for study as GBS had a large surrounding and covered a big forest,so there were lots of areas for study options.

I dont remember whether it was Friday or Saturday night, we guys planned to enjoy from the boring schedule of books and play Luki-dum(hide and seek).To tell you one more thing,Gurung and Magar students occupy almost 60% of the students in GBS and our class was not an odd one. And to tell you the fact those Gurung guys were much more advanced in every aspects of life except study and we bahun and chhetri guys had no options other than following them.

Now coming to the game, we decided to go some unusual way, actually not we, but the gurung guys and poor me had to follow the majority. They decided of taking off the the pants and Tshirts and playing with only shorts. Everyone agreed and so did I. Luki-dum started, 3 chaps were the seekers as there were almost 40 students for the game. The seekers were provided with a torch-light each, so that they could easily find their culprits.

The game was taking pace and I dont remember who the seekers were at that time, as I saw one of the seeker coming towards me with a torch light. He directly showed it to my eyes in the first attempt itself. I had to run as I didnt want to be the next dum(seeker).The figure started chasing me. It went on for sometime, when one of the gurung guy who was hiding along with me ran towards the figure and did the "dhyappa"(touching the seeker so that the game starts again). Eventually everyone gathered to the figure doing "dhyappa".The seeker couldnt control itself and it fell to the ground. At that instant, most of the guys were in shorts and some guys were even fully naked.As we were fixed to this seeker, we saw three torch-lights at a distant, Surprised, we checked the first one. Oh!!!!no it was our hostel parent who was there to search us as only a few students had turn up to the hostel assembly , which was scheduled for that night.Everyone got caught red-handed with the new tradition of Luki-dum.Bhim Sir(Hostel Parent) got up from the ground and just said 'I will meet you guys in the hostel 15 minutes later".

In the assembly he told that he knew everyone who played and would report it to the Principal. He even told that he would send warning letters to every parents from the school. He even warned us saying that we wont be allowed to sit for the Year 11 entrance examinations of the school after our SLC completion. I didnt knew what to do and was completely lost as those days we thought that GBS 11 & 12 studies were the best in the country itself. I started regretting & blaming myself for ruining my life and following those Gurung guys.I saw my future blank.....

Days passed,Months passed,SLC results came and I even got a chance to study class 11 at the same school. But I never forgot Bhim Sir's words,anyway how did I get a chance to study class 11. I was surprised and totally anxious to solve my curiosity. Although I was now living in Hostel 10, I went to my previous hostel to meet my previous boss. I asked a question to free my mind "Sir, how did I get a chance to Study class 11 here, although you told in the meeting that we wont get it?". "Actually my son Durga was also playing with you guys, so I didnt take any further action except scolding you in the hostel meeting" was his bold answer.


बाँकी अंश...

Saturday, May 24, 2008

Time

Moon Lim Huiying

My dear Everyone, dont be sad,
I will tell you something, dont get mad,
Life is really not that bad,
Money is not everything that we had.

I may not be your destiny,
I maybe small as you can see,
I may not be your lock that matches your key,
But i hope to be there for you when you need me.

Just put all your troubles inside a box,
And throw it away with all the strength you have got,
I know its difficult as it will weigh a lot,
Just know that its not completely all your fault.

No matter how much you try to reach so high,
Time will just be flying by,
So there is a reason why the moon is in the sky,
For you to share your problems with it till your mind turns dry.

Time will come for those who fail the test,
You did well, and never meant to make a mess,
God will know that you gave your best,
So its really time for you to take a rest.

When winter comes and water turns to ice,
Just lie down and close your eyes,
Feel the wind until it slowly dies,
Like how i wish to feel beside you that is so nice


बाँकी अंश...

Tuesday, May 20, 2008

Gurkhas

Moon Lim Huiying

To all the Gurkhas of the world,
Can you feel my very own words,
Are you fighting like a samurai with a sword,
Or praying for your brothers to the lord.


You all are heros with no fear,
Just armoured with your weapons and some gear,
Charging into the fortress but your enemies cannot hear
Not even afraid of hearing death with your ears.


I will salute you all till the end,
Fighting not for your country and not for your land,
But for someone else’s home and their sand,
You are heros and I know you will do what you can.


I wish that I had the chance on this very night,
To curve my name on my friend’s khukri under the light,
So that he will remember when he draws this knife during his fight,
The Moon that is following his every move to strike.


I will always remember your smiles,
I still keep our photos in my files,
I hope to feel you from far even in miles,
So dont forget me when you return back to Nepal…”


(By profession, a nurse, poetess Moon is a Singapore citizen. The poem was reproduced here from www.nepalsingapore.com.)


बाँकी अंश...