सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |
Showing posts with label आभाष. Show all posts
Showing posts with label आभाष. Show all posts

Tuesday, June 10, 2008

नेपाल हाम्रो देश

-आभाष वाग्ले

नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ ।
नेपाल अब नेपालीको, हामी नेपाली,
मिलिजुली सबै मिली हामी बनाउने ।

अङ्रेज पनि आए गए, राणा पनि छैनन्,
राजातन्त्र सकीइ सक्यो, नेपाल हाम्रै हो।
नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ।

गणत्रन्त्र अै सक्यो, देशमा शान्ती छाइ सक्यो,
अघि बढ्न नेपालीले पहिलो पाइला चालिसक्यो।
नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ।

सोझा-गरीब जनताले सुख पाउने छन्,
नेपाल आमा अब बल्ल रमाउने छिन्।
नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ।


बाँकी अंश...