सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |
Showing posts with label कमल भण्डारी. Show all posts
Showing posts with label कमल भण्डारी. Show all posts

Thursday, June 12, 2008

जीवनका उकालीहरु

-कमल भण्डारी
जीवनका उकालीहरु
तिमीलाई मैले सापटी दिएथे।
एक हल मनको बगैचामा
तिमीलाई नै नासोको रुपमा दिएथे।

आज म जीवनको ओराली हिड्दै गर्दा
जीवनका उकालीहरु सम्झिरहेछु।
तिमिले भर्‍याङ् चढाउन खोज्दा
मैले चढ्न नमानेका कथा पनि सम्झिरहेकि छु।

खै अब त कसरि चढिएलान् र
सगरमाथा र अन्नपुर्णहरु।
मलाई अब जीवनका ओरालिहरु झर्न मन छैन
काँढाहरु बिचमा क्याक्टस हुन मन छैन।

बरु क्याक्टसहरुका बिचको
नरम र कोमल फुलहरु बनेर
जीवनका उकालीहरुचढ्न मन छ
जीवनका उचाइहरु चढ्न मन छ।


बाँकी अंश...

Friday, February 29, 2008

पर्खि बस

-कमल भण्डारी
पर्खि बस माया मलाई
समय मिलाई लान्छु तिमीलाई ।
डोलिमा राखी सिन्दुर पोती सिंगारी तिमीलाई
संसारबाट चोरेर एकदिन लानेछु तिमीलाई ।
प्यारि लानेछु तिमीलाई ।।


सम्झन्छु प्यारि हरपल तिम्रै माया
देख्छु नै प्यारि जहीतही तिम्रै छायाँ ।
तिम्रै साथ पाए दु:ख नै हराइ जानेछ
तिम्रै काख पाए औसी पुर्णे हुनेछ ।.......
पर्खि बस माया मलाई
समय मिलाई लान्छु तिमीलाई।।

संगै नै बसी हामी नै सधैं दु:ख सुख बाडौला
चोखो माया तिमी संगै मिलिजुली साटौला ।
प्यारी मिलीजुली सटौला
पर्खि बस माया मलाई ।
समय मिलाई लान्छु तिमीलाई ।।


बाँकी अंश...