-आर पी दाहाल
एक्लै-एक्लै टोलाई बस्दा
पिरतिको मिठो गीत सुन्दा
आँखाबाट सम्झनाको आसुँ याद आयो
छाडी जाने निष्ठुरिको फेरी याद आयो
बिछोडमा आज पनि पलपल मर्छु
बियोगको रापमा हरक्षण जल्छु
मुहार हेर्दा दर्पणमा उनकै रुप याद आयो
छाडी जाने निष्ठुरिको फेरी याद आयो
बगरको ढुङ्गामा एक-अर्काको नाम कोर्थ्यौ
बालुवाको घर बनाइ सपनिमा डुब्थ्यौ
कुशुमे रुमाल सम्झनाको चिनु याद आयो
छाडी जाने निष्ठुरिको फेरी याद आयो
संगै बाच्ने संगै मर्ने कसम पनि खान्थ्यौ
डाडा मथि देउरालिमा मनमुटु साट्थ्यौ
ढुकुरका जोडि देख्दा अतित याद आयो
छाडी जाने निष्ठुरिको फेरी याद आयो
खोला छेउको किनारसरि एक्लै हुनु पर्यो
अजम्बरि मायामथि बज्रपात पर्यो
आर्यघाटको चिता देख्दा आफ्नै याद आयो
छाडी जाने निष्ठुरिको फेरी याद आयो।।।
Really.....nice poem. Hope i will get chance to read more of your such touchable poems in near future......waiting for ur next poem.........
ReplyDeleteVery good poem RP. keep up.
ReplyDeletedp