-नवराज
नौ डांडा काटेर गएका चेली
भाग्यले भेट भएछौ फेरी
को कहाँ पुग्ने हो केही थाहा छैन
आगौमा भेट फेरी हुने हो हैन
मनको धोको पुर्याइ गाउ
स्वरमा स्वर मिलाई गाउ
तिजको रहर आयो बरि लै
भदौरे भेलले सकेन छेक्न
जन्मेको माटोमा चेलिलाइ टेक्न
बिर्सेर आजलाई कर्करे सासु
आमाजु नन्दले दिएका आशु
सब काम छोडेर खेलौ न आज
धकस नमानि बिर्सेर लाज
तिजको रहर आयो बरि लै
गर्दछौ बिन्ति महादेब हामी
जुग जुग बाचुन शिरका स्वामि
निर्जल बसेर लिएको बर्त
सफल पारिदेउ हे दुख हर्ता
तिजको रहर आयो बरि लै
पक्कै पनि यो गीतले तीजको सम्पुर्ण मर्म बोकेको छ। बर्षभरिको तमाम तनाब बिसर्जन गर्नु त छदैछ, सासु, नन्द आदिले दिएका सास्तिले गर्दा मनमा परेको बह निस्फिक्रि पोख्न पनि चुक्दैन नेपालि ग्रीहिणि यो दिन। माइतिका संगि भेला भई बर्षमा एक दिन भुई छोड्नै पर्छ भनेर नाच्न कस्सिनु भएको मेरो ममिको उत्सुकता मैले प्रत्यक बर्ष देख्दै आएको हु। मेरो ममि मात्र हैन सम्पुर्ण नेपालि चेलि सारा तनाबलाई एकातिर भुलेर बेफिक्री भै नाच्ने तीजको मौका गुमाउन चाहदैनन्।
आफ्नो श्रिमानलाई सर्वस्व मानेर , उनको लामो आयुका निम्ति निर्जल भई नेपाली चेलिहरु ब्रत बस्छन भन्ने थाहा पाउदा बिदेशि महिलाहरु सायद चकित हुन्छन होला। महिला र पुरुष काधमा काध मिलाएर हिडेको आजको आधुनिक समयमा आफु समान श्रिमानका निम्ति निराहार ब्रत बस्नु निरर्थक् अनि बेकार लाग्न सक्छ कतिपयलाई। तर यसलाइ मैले भने सकारात्मक रुपमा लिएको छु। श्रिमानको अबगुण जस्तै भएपनि आफ्नो तर्फको माया, सम्मान र समर्पण प्रस्तुत गर्ने नेपाली महिला वास्तवामा नै महान छन। म यसलाई नेपाली महिलाको अज्ञानता वा निरिहपन कदापि ठान्दिन बरु श्रिमानको माया प्रतिको गहिरो आस्था र सम्बन्धप्रतिको बलियो प्रतिबद्धता अनि समर्पण ठान्छु।
नेपाली महिलाहरु बास्तबमै महान् छैनन् त? तपाइलाइ कस्तो लाग्छ?

No comments:
Post a Comment