सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Saturday, March 22, 2008

Great Expectations

-Santosh Koirala
Out from the heaven
I landed in a place
Looks like a desert
Unknown people and Unknown face

With no hope whatsoever
I wish I could return back
Head to the airport
With loads of books and rugged sack

Oh..got stranded in a desert
with a little hope in my mind
lost my identity
with nowhere to find

Now this place has grown up
From unknown to something good
I go to meet people
with hope and fresh mood

I have started loving it
Everytime, I find something new
Ocean,Beach,People & Places
To name some of the few

I know the people now
Everyone knows my name
Hope I can do something extra
And live up with fame

Nepal's door will be calling me
One day I got to go
But with my knowledge and experience here
I have lot's to show

Life may be tough there
Not easy as it seems
But,I got to bring something new
and live in people's dreams


बाँकी अंश...

Thursday, March 20, 2008

Who knows what will happen next?

-Radha

Wandering into the loneliness,

Bewildering into the happiness,

Who knows what will happens next

Who knows who will win the race?

New land, new atmosphere,

New people, new thought,

New, new, new and new everywhere,

Oh! I am wondering, trust me

I swear!

Listening into the silence,

Questioning into eye lenes,

Who knows what will happen next

Who knows who will win the race?

Green land, green tree

Green people, green thought

Green, green, green and green everywhere,

Oh! I am overwhelmed, trust me

I swear!


बाँकी अंश...

Wednesday, March 19, 2008

आंफुलाई नेपाली ठान्छौ भने नेपाली भएर जिउन सिक

माथी T-Shirt र मुनि जिन्सको पैन्ट लगाई जब बिदेशी भूमि मा हिंढ्छौ
तिमी आंफुलाई सके सम्म तिनीहरुकै पारा मा ढाल्न खोज्छौ
दाल भात छोडी तिमी अब पिज्जा बर्गर मा दिन बिताउँछौ
बिदेशी नागरिकतामानै तिमीले आफ्नो शान पाउँछौ

अहिले सम्म बोल्दै आएको "जीरो" तिम्रो लागि "वो" बनी सकेको छ
सुरुमा दुई दिनमा एक चोटी टेलीफोन गर्ने बाबुआमा महिनौ देखि पराई भएका छ्न
गाउँ घरमा प्रयोग हुने हलो कोदालो तिम्रा लागि निर्जीव भएका छ्न
तिम्रा त्यही बाल्य कालका साथी तिम्रा लागि पाखे भएका छन...

माओबादीको कुरा गरे नेपालीहरु खत्तम हुन्छ्न भन्ने तिमीनै
गौतम बुद्ध, सागरमाथा को कुरा गर्दा फेरी नेपाली भनेर छाती फुलौने तिमीनै हौ
नेपालीले गल्ती गर्दा नेपाली माथी थुक्न खोज्ने तिमीनै
नेपालमा कही घटना भयो भन्दै nepalnews र mysansar खोल्ने पनी पहिला तिमीनै हौ

यदि नेपाली आंफुलाई मान्दैनौ भने तिम्रो घरमा झुन्डिएको नेपालको झन्डा च्यातीदेऊ
नेपाली सम्मेलनमा हाजिर हुन तिमीलाई कुनै अधिकार छैन
बुद्ध,तेनजिंग शेर्पा, भृकुटी तिम्रा कुनै नातेदार पर्दैनन
नेपाली जनता मरेमा आँसु झार्न तिमीले पाउँदैनौ

आँफुलाई नेपाली ठान्छौ भने सबै नेपाली तिम्रा दाजुभाई हुन
कसैलाई काखा कसैलाई पाखा गर्ने तिम्रो अधिकार छैन
अरुलाई सेवा गर्नुनै तिम्रो धर्मं हुन्छ
दौरा सुरुवल र दाल भात मा नै तिम्रो शान हुन्छ

अब कुन रोज्ने त्यों तिमीमा भर पर्छ
एक तिर गरीब निमुखा भोका जनता
अर्को तीर आलेसान बंगला र मोटर गाड़ी
तर ति निमुखा मा आत्मियता छ
अर्को तिर भन्ने खोक्रो शान........................


बाँकी अंश...

Dance in Dark

- Sanat Acharya

My mates called me today

I was so happy I can't say

I was going to dance in 100 lights

With mates all over in my sights

It was long before in my lands

In the air, all my friends' hands

But here even the street dogs bark

I used to hide; used to dance in dark

....

After a long, At last I made some

Mates, to dance like back in home

Out of dark, red green and yellow

Out of silence, welcome, hi and hello

I emptied the glasses with all mixtures

No important was the tie and its textures

I drank without the fear of falling down

Circled with mates though not long known

The sparkling party was about to get over soon

Curse was emerging from what I thought boon

I thought it was same party, same old friends

I thought Party would finish, care never ends

To my surprise, with the party everything was gone

It was all drama; all I could hear was a bye-bye-horn

I was new to the place, intoxication made me hardly see

No one there to offer me lemon juice or a strong black tea

I knew it was a different place with a different culture

Just could see beautiful feathers, Alas! It was a vulture

Far better was my 7 feet room, and outside's dog bark

Where I could hide; and with myself I could dance in dark


बाँकी अंश...

बिदेशको बसाइ, नेपाली मन र भात

-नवराज
प्रस्तुत संस्मरण निबन्ध हाम्रो private ब्लग sanosansar.blogspot.com मा पोस्ट भैसकेको हो। INLS Australia को हाम्रो यो ब्लग अहिले सबैतिर परिचित र लोकप्रिय भएको महसुस गरि आफ्नो अनुभव सबैमाझ प्रस्तुत गर्ने लोभ जागेकोले फेरि यो लेख पोस्ट गरेको हुँ।
.
........अष्ट्रेलिया आएको सुरुका दिनहरु सम्झन लाएकका छन्। साँघुरो अनी चारवटा दुई तले खाटहरु भएको कोठामा बसाइ थियो। तुलनात्मक रुपमा सस्तो भएपछि अलि अलि अप्ठयाराहरु त सहनै पर्‍यो। शुटकेसबाट आफुलाई चाहिने सामान झिक्ने ठाउँसम्म थिएन। शहर शहर भौँतरिने शोख भएका यात्रिहरुलाई लक्षित गरेर बनाइएका होस्टलजस्ता यस्ता सस्ता आवासहरुलाई Backpackers भनिदो रहेछ। हामी नेपालबाट चारजना आएका थियौ। कोठामा एउटा स्कटिस केटो पहिलेदेखि नै बस्दो रहेछ। जे होस् हामी चारजना भएपछि त कोठामा हाम्रो नै राज चल्ने भैहाल्यो। बिचरा बत्ती ननिभाइ निन्द्रा लाग्दो रहेनछ क्यार, राती अबेरसम्म बत्ती ननिभाउदा हाम्रो अनुहार टुलुटुलु हेरिरहन्थ्यो। केही नलागेपछि निकै रात बितेपछि बत्ती निभाउन अनुरोध गर्थ्यो।
........नयाँ ठाउँ, नचिनेका मान्छे, नौलो बातावरण, शुरुमा हामीलाई गाह्रो पर्‍यो। नेपालमा जस्तो होटेलमा खानलाई यहाँ महँगो पर्ने। फेरी नेपालबाट सिमित पैसा मात्र लिएर आएका हामीजस्ता विद्यार्थीले होटेलमा खान सक्ने कुरै आएन। Backpackers मा भान्छा एउटा मात्र थियो। सबै आगन्तुकले एउटै भान्छामा पालो पालो गरेर खाना बनाउनु पर्ने भएकाले, भान्छा बिहान बेलुकी ब्यस्त हुन्थ्यो। पालो कुरेर बस्नु पर्ने हुन्थ्यो। सुरु सुरुका दिनहरुमा चाउचाउ उमालेर बिहान बेलुकिको खाना टारियो। चाँडो पाक्ने, सस्तो अनि पकाउन कुनै सिप नचहिने चाउचाउ सुरुमा त वरदान साबित नै भयो तर कती दिन? आफुलाई त चाउचाउ मन नपर्ने अनि हरेक दिन भात नभई नहुने भएकोले भातको नियाँस्रो लाग्न थाल्यो। त्यस्पछि पनि खानामा अझै केही दिन सुधार आएन मात्रा प्रगति उसिनेको अन्डा र मैले ल्याएको दाल्मोठ चिउरा अनी पसलबाट ल्याएको सस्तो खाले चिप्स सम्म मात्र पुग्यो।...
........मलाई त चार दिन खाना खान नपाएको चार महिना खाना नखाएको जस्तो हुन थाल्यो। फेरी ज्यानमा कुनै तागत नै नभएको अनुभव गर्न थाले। त्यहाँ माथि कोठा र काम खोज्ने टेन्सनले गर्दा झनै कमजोरी ल्याउने भयो। दिउसोभरी म र आकाश एकतिर र सन्तोष र प्रभात एकतिर गएर कोठा खोज्ने निधो भयो। पत्रिकामा दिएको नयाँ घरको ठेगानामा पुग्न फेरी त्यतिकै मुस्किल। कुन बस चढेर जानुपर्ने हो अनी कुन स्टप झर्नु पर्ने हो भन्ने पत्ता लगाउन पनि गाह्रो। घर पत्ता लगाउन गाह्रो पर्ने हुनाले हामी धेरै जसो घर हेर्ने ठाउमा ढिला पुग्थ्यौँ। हामी पुग्दा घरको एजेन्ट फर्किसकेको हुन्थ्यो। एक हप्ता कोठा खोज्दा पनि कोठाको केही टुङ्गो लागेन।
........एक दिन आकाश र म दिनहु जस्तो कोठा खोज्ने असफल नित्य काम सकेर Backpackers फर्किसकेका थियौ। तर सन्तोष र प्रभात राती अबेरसम्म फर्केनन्। राती १०-११ बजेसम्म पनि उनिहरु नफर्कदा हामिलाई पिर पर्न थालिसकेको थियो। पछि उनिहरु आएपछि थाहा पायौँ उनिहरु त निकै पहिले देखी नै अडिलेड आएर रेस्टुराँ ब्यवसाय गरेर बस्नुभएका दिपक बिष्ट दाईकहाँ गएर आएका रहेछन। अरु धेरै नेपालीहरु पनि भेट भएछ अनि कोठा खोज्न सहयोग गर्ने आश्वासन पनि पाएछन। कुरा त खुशीकै रहेछ, राम्रै काम गरेछन साथीहरुले। उनिहरु खुशी हुँदै सुनाउदै गए "हामीले त त्यहाँ टन्न दाल भात तरकारी मासु पनि खायौ"। यो कुराले चाँही मलाई मनमा कता कता डाहा उत्पन्न भयो। "हत्तेरिका ! आफु पनि जान पाएको भए" भनेर। घरमा ममिले पकाएको दाल भात तरकारीको द्रिष्य दिमागमा फनफनि घुम्न थाल्यो।
........कोठा खोज्ने काममा कुनै प्रगति नभएपछि मैले पहिला अडिलेडमा नै बसेर आफ्नो अध्ययन सकी नेपाल फर्केको र फेरी अडिलेड आउन प्रयासरत मेरो एक जना साथीलाई फोन गरेर यहाँ अरु को को नेपाली छन् भनी पत्ता लगाउन खोजे। त्यसको एक दुई दिनमा नै मलाई प्रमोद अर्याल दाइले फोन गर्नु भयो। साथीले हामीलाई सहयोग गर्न भनी वहाँलाई ईमेल गरिदिएछ। त्यतिखेर म र आकाश घर खोज्ने काममा नै ब्यस्त थियौ। वहाँ हामीलाई कोठा खोज्दै गरेको ठाउमा नै भेट्न आउनुभयो र वहाँको घर लानुभयो। आफ्ना समस्याहरु वहाँलाई बताउन पाउदा निकै राहत महसुस गर्‍यौ हामीले। केही बेरको गफगाफ पछि खाना तयार भयो। हामीले भात नखाएको एक हप्ता भन्दा बढी भईसकेको थियो। अगाडि दाल भात तरकारी राखिदा म हराएकी प्रेमिकासँग मिलन हुँदा जस्तै दङदास थिए। खाना खाने कार्य सुरु भयो तर बिदेशमा आएपछि त हातले मुछेर खाना खानु राम्रो नहोला भनेर चम्चाले खाना खान थाले। तर हातले दाल भात तरकारी मुछेर खाँदाको मजा चम्चाले खाँदामा कहाँ? दाईले एकछिनपछि खाना खान सुरु गर्नु भयो। दाल भात तरकारी प्लेटमा राखेर मजाले हातैले मुछेर खान थाल्नुभयो। हत्तेरिका ! दाईले सुरु गरेको देखेको भए म र भात को बिचमा पनि त्यो चम्चा कदापी आउने थिएन। के गर्नु खान सुरु गरेपछि बिचमा चम्चा फालेर हात हाल्न पनि नमिल्ने। जे होश त्यो दिन निकै रमाइलो भयो। वहाँलाई भेटेपछी हामीलाई निकै सजिलो महशुस भयो। दाई र भाउजुले हामीलाई हामीहरु बसेकै ठाउमा पुर्‍याइदिनुभयो।
........त्यसको एक दुई दिनमै दिपक बिष्ट दाईबाट हामीलाई पनि खाना खान निम्तो भयो। त्यसो त अडिलेडमा अरु पनि नेपाली रेस्टुरेन्टहरु नभएका हैनन तर आजकल पनि हरेक नयाँ नेपालीलाई बोलाएर पारिवारिक बातावरणमा नेपाली खान पस्कने उदारता देखाउनमा भने दिपक दाई नै सिपालु हुनुहुन्छ। वहाँकोमा खाना खाएपछि हामीलाई पनि हाम्रो Backpackers को भान्छामा खाना पकाएर खाने जोश चल्यो। चामल तरकारी र आवश्यक मसला किनेर ल्यायौ। अष्ट्रेलिया आएको लगभग १२-१५ दिनपछि हाम्रो Backpackers को भान्छामा पनि खाना पाक्यो। हामीले सुरुदेखी नै खाना बनाएर खान सक्थ्यौ। तर आफ्नो स्थाई ठेगाना नहुन्जेल खाना पकाउने झन्झट बेहोर्न चाहेनौ। त्यो भिडम्भाड भान्छामा खान बनाउन सजिलो पनि त थिएन। फेरी खाना बनाउन चहिने चामल, नुन , तेल, बेसार, मसला , प्याज, आलु , तरकारी आदिको ब्यवस्था पनि त गर्नु पर्‍यो।
........पछि स्थाई घर पाएपछि हामीले नयाँ घरमा मिलेर पालो गरेर खाना बनाएर खान थाल्यौ। म , आकाश र सन्तोष खाना पकाउने अनी किनमेल गर्नेतर्फ थियौ भने भाडा माझ्ने जिम्मेवारि प्रभातले सम्हालेको थियो। तर यो कुराले पछी सम्म निरन्तरता पाएन। गठबन्धन सरकार केही दिनमा नै ढल्यो। कहिले खाना आधा काँचो आधा पाकेको हुने, कहिले गिलो हुने अनी कहिले डढ्ने भयो भन्दै आकाशले आफु खाना नै नखाने घोषणा गर्‍यो। अर्को दिन अष्ट्रेलियामा आएपछी त यहाँकै रहन सहन सिक्नुपर्छ, यहिको जस्तो कर्न फ्लेक्स, पाउरोटी , पास्ता, नुडलस आदी पनि त खान सिक्नुपर्छ, भात त नेपालमा नै खाईहालियो नि भन्ने तर्क दिदै प्रभात पनि भान्छाबाट पन्छियो। त्यसपछी आफुलाई पनि भात नै खानुपर्छ भन्ने नभएको र अरु कुराहरु खाएर पनि चल्ने बताउदै सन्तोष पनि खाना नखाने भयो। यसरी सबै साथीहरुले मलाई भात खाने मामलामा एक्लै छोडिदिए। तर म त बर्षौदेखिको भातको पूजारी त्यसै भात खान कहाँ छोड्थे र?
........खाना एक्लै पकाउन धेरै समय लाग्ने। भाडा माझ्ने काम पनि एक्लै गर्नु पर्ने। फेरी खान नखाने साथीहरुलाई तरकरी आदी किन्मेल गर्न सहयोग माग्ने कुरा पनि आएन। पहिला चारजनाले मिलिजुली काम बाँड्फाँड गरे जस्तो सहज भएन। तरकारी मसला आदी किन्न नेपालमा नजिकको पसलमा गएजस्तो सजिलो नहुने, बसै चढेर टाढा जानु पर्ने आदी कुराले साह्रै झन्झट भयो। तर पनि विचलित नभैइ सबै काम एक्लै गर्न थाले। एक्लै किन्ने, एक्लै पकाउने, एक्लै खाने, अनी एक्लै भाडा माझ्ने। त्यसो त बाहुनको छोरो त थिए नै, मेरो हजुबुवाले पनि पाउनु नभएको ‘स्व्यं पाक्य ब्राम्हण' बन्ने अबसर अष्ट्रेलिया आएर नै पाए। केही दिनपछि प्रभातले मसँग साझेदारी गर्ने प्रस्ताव राख्यो। त्यसपछी भाँडा माझ्ने काममा चाँही अली राहत मिल्यो। धेरै दिनसम्मा प्रभातको र मेरो साझेदारी चलेपछी सन्तोषले पनि हामीसँग मिसिने ईच्छा देखायो। अली पछि आकाश पनि भान्छा फर्कियो। यसरी बाटो बिराएर भातसँग नाता तोडेर गएका साथीहरुलाई फर्कन करै लाग्यो। आखिर भातको नै बिजय भयो।
........अझै पनि म त भातको अनन्य प्रशंसक, भक्त र पूजारी हुँ। कहिलेकाही साथीहरु मलाई ‘भाते' भन्न पनि चुक्दैनन। हुन पनि मैले एक दिनमै चारचोटि सम्म भात खाएको छु। तर जसले जे सुकै भनोस आफु त मिलेसम्मा टन्न भात खाइन्छ। जय भात।

........अँ साँच्ची तपाईंलाई चाँही भात कतिको मन पर्छ नि?


बाँकी अंश...

Monday, March 17, 2008

पराइ देशको पिडा

-मणि वनवासी
ठुला ठालु सधैं राम्रा, साना सधैं दास।
दासताको पञ्जाबाट मुक्त हुने आस।।
त्यही आसमा अल्झिएर छाडिहाले घर।
सम्झनामा तड्पिरहन्छु खुशी कहाँ छ र।।
अधुरा ति सपना सम्झी यहाँसम्म आको।
आफ्नाबाट टाढा हुदा बल्ल चाल पाको।।
कुरा बुझ्नु पहिले नै टाढा आई सकेछ।
ट्रैन अब लिक छोडि पर गई सकेछ।।...

यता उति हल्लिदैमा बैश ढलि गयो।
चालिस बर्से यो जवानि त्यसै खेर गयो।।
सबै खुसि सबै हाँसो भुल्नु पर्यो अहिले।
ति दिनहरु बापस पाउन कति कुर्नु मैले।।
पराइ ठाँउ पराइ माया जिउनलाइ गाह्रो।
मेरै गाँउ मेरै ठाँउ मलाई सधै प्यारो।।
बर्षातको झरि जस्तै बर्सिरहन्छ आँसु।
पिर चिन्तामा डुबुल्किदै कसरि म हाँसु।।
घर टाढा देश टाढा यो बिरानो ठाँउमा।
यो कविता लेखे मैले मरै देशको नाँउमा।


बाँकी अंश...

Saturday, March 15, 2008

Got to drink today

- Sanat Acharya

Today I worked a lot

I saw the sun at both ends of horizon

Sore are joints, brains cannot plot

My feet feel like carrying a ton

There is a bottle shop on my way

To erase this tiredness, I got to drink today.


Today I performed great in school

I achieved all round excellence

I am exited! I got to keep it cool

I fear if my thoughts go nonsense

Yes! There is a bottle shop on my way

To calm down myself, I got to drink today. ...


Today I did nothing mentionable

I met no one, did no job, wrote nothing

This loss of time is absolutely irritable

I am upset and can't concentrate on a thing

Good! There is a bottle shop on my way

To regain my concentration, I got to drink today.








Today I have no complaint, I did okay

Neither I did awesome, nor was I bad

But I am confused what should I say

When subconscious ask- Happy or sad

Thanks! There is a bottle shop on my way

To solve this confusion, I got to drink today.


बाँकी अंश...

Tuesday, March 11, 2008

लघुकथा

-आकाश दवाडी
आज म यहाँ आइपुगे। हिजोसम्म त उमङ्ग थियो, जोश थियो। आज याताउता हेर्छु, अनी थाहा पाउछु कि यहाँ त केही रहेनछ। लौन यो त मरभुमी पो रहेछ। म छाँगबाट खसे जस्तो भएँ। ला म त फसेछु नि। आँङ सिरिङ्ग हुन्छ। यो एउटा नरम्रो सपना भए नि हुन्थ्यो नि। एक थप्पड आफ्नै गालामा हन्छु। अब त प्रस्ट भयो यो बिपना नै रहेछ। म झन अतिन्छु। टाढा टाढा सम्म चियाउँछु केही छैन। राम्रोसँग सास फेर्न नसकेको अनुभुति हुन्छ। लामो सास लिएर शोच्छु, म यहाँ किन आएँ त? बल्ल अनुभब भयो। म यहाँ आउनु अपरिहार्य थियो। यहाँ बाट केहि दुरिमा रहेको तालको बिचमा रहेको अम्रित पिउनपो आएको त म।...
अब म ताल तिर प्रस्थान गर्छु। तालमा न डुंगा छ, न पुल छ। अरु त अरु तालको पानी पनि समुन्द्रको जस्तो नुनिलो पिउन नमिल्ने। म प्यासले आकुल ब्याकुल छु। आङ फेरि जिरिङ्ग भयो। आखिर मलाई मलाई पौडी खेल्न पनि त आउँदैन। जागर तर्ने अन्तिम आसामा पनि तुषारापात भयो जब थाहा लाग्यो कि ताल त एक बाँस डुब्ने गहिरो पो रहेछ।
म डङ्ग उभिए। पसिना पुछी फेरि सोचे र थाहा पाए कि म त त्यो अमृत पिए बगर जान नसक्ने गरी पो आएको हुँ त। अब केही उपाए छैन। अन्त्यमा उही दु:ख पर्दा मात्र सम्झने उनिलाई नै सम्झिए। दु:खमा मात्र सम्झने त हो उनिलाई। म निन्द्रामा परेछु। बिउँझीदा त यहाँ चमत्कार भएछ। उनी कती दयालु। अन्तिममा सम्झिए पनि रिसाएनन। उनी आएछन गएछन। मैले पत्तै पाएनछु।
यहाँ त वरिपरी हरियो छ। दुध दिने एउटा गाई भकारोमा छ। दुइ चार कलीला रुखहरु हुर्किदै रहेछन। ममा त अलिअली पौडी खेल्ने हिम्मत पनि आएछ। ताल पनि कन्चन। पानी पिए, नुनिलो कत्ती पनि छैन। म सोच्दैछु, दुइ-चार बर्षमा त रुख काटेर डुंगा बनाउछु। म हर्षित छु। म सार्है उत्तेजित छु।
अब म केही बर्षमा नै त्यो अमृत पिउनेछु। त्यसपछी त म फर्कन पनि सक्नेछु। आहा, आखिर म यहाँ आएको पनि सार्थक हुने भो। म दङग छु, जिल्ल छु। तर म बढी उत्तेजित हुनु हुँदैन। यो मरुभूमी हो। यहाँ जहिले पनि आँधी आउन सक्छ। म सतर्क हुनु पर्छ।


बाँकी अंश...

Sunday, March 9, 2008

साला Politics।

-नवराज

प्रस्तुत कवितामा सबै क्षेत्रमा हावी बन्दै गइरहेको राजनीति र यसले छाडेको नकरात्मक प्रभावप्रति जनमानसमा उब्जिएको घ्रीणालाई प्रस्तुत गर्न खोजिएको हो। सबै क्षेत्रलाई आक्रान्त पारेको राजनीतिप्रति मानिसले गर्ने प्रतिकृया जस्ताको तस्तै राख्ने क्रममा यसको ठाडो भाषा र प्रस्तुतिलाई पाठकहरुले अन्यथा लिनुहुने छैन भन्ने अपेक्षा राखिएको छ।

कसैले निम्ता गर्नै पर्दैन
मुसा बनेर छिर्छ,
अनेक उपद्रो मच्चाउछ
सबैलाई पिर्छ,
साला Politics।

आफु केही जान्दैन
अरुको कुरा मान्दैन,
आफु त काम गर्दै गर्दैन
अनेक अड्को थाप्छ,
साला Politics।...

जस कसैलाई दिदैन
आफुलाई मात्र सही देख्छ,
आफ्नै घर जलाई
आफ्नो हात सेक्छ,
मुर्ख Politics।

कसैलाई अघि बढ्न दिदैन
कुटिल जाल हान्छ,
अरुले गनुन् नगनुन्
आफुलाई हिरो ठान्छ,
धुर्त Politics।

कसैको भलो चाहन्न
स्वर्थी काम गर्छ,
अरुलाई ठाउँ नै दिदैन
पुरै लम्पसार पर्छ,
साला Politics।

एकतामा विश्वास नै छैन
गुट उपगुट बनाउछ,
भित्र भिर्त्रै कुहिन्छ
सिनो गनाए झै गनाउँछ,
Dirty Politics।


बाँकी अंश...

Friday, March 7, 2008

The inhuman face of Technology

-Sanat Acharya

Today the use of IT in everyday life has rocketed resulting in the rise of electronic communication as a main medium of communication. The use of the postal service, the envelopes and letters is almost in the extinction phase with only some formal communication being done through these means. Moreover, even the face-to-face communication is in decreasing stage as a result of this rapid rise in the communication based on computer screens.

.....It is obvious from the history that human beings are always pursuing easier life. They always seek luxury, and this very human behaviour has guided them to achieve the different milestones in the scientific discoveries and the technical advancement. The emergence of the electronic communication strengthens this fact of human behaviour in the field of exchanging messages and information. It is not a surprise that this form of communication has got the overwhelming acceptance because of its ease and simplicity.

There are many immediate benefits of such communications like easy to use technology, multiple conversations at a time, privacy, easy reach despite of any geographical distance, reliability and consistency. However, careful considerations into the matter reveal all the negative effects of this so called easy form of communication. These effects are not so immediate and therefore are being taken lightly by the society. Some of the negative impacts of electronic communication have already taken place and are in the rise, whereas some are still residing as a passive volcano ready to erupt and melt the human race.

Several cases of the negative results of the electronic communications have been recorded and are in the rise in today’s society. Loss of social skills, loss of values, degradation of language and literature and the impact on the physical and mental health of the user are some of these cases. Whereas, acute psychological disorders and different ailments due to reduced physical activities are researched to be the future of these wired and wireless communication.

Although, this form of communication is not unique to people as per their age and sex, the main age group that is vulnerable to this technology is ages 10 to 18 years. These children are vulnerable because they don’t have a developed mind set to distinguish the right from the wrong. Also, it is not wise to stop the communication and information resources like Internet for the children, because these are the preciouses learning tools as well. The people of age 18 years and above can save themselves by using their discretion so as not to get preyed by the dangers of electronic communication, and should spend less time in front of the screens. The children are the future of every nation. So the impact on them by any issue should be carefully analysed.

As all communications are based on wires sans social and personal touch, this will result in the loss of social skills and loss of respect and relationship values in the children. Also, mostly the interactions will not be one to one, which will result in the decreased supervision and guidance from the teachers. In extreme cases of social change, a child spending much time in internet chat could even lose the ability to distinguish between reality and fantasy. “Some children who use chat rooms with multiple users, where users adopt multiple identities and engage in role playing games, can lose the ability to distinguish between real life and simulation” (Turkle, 1995).

Navigating towards the darker sides of the internet, the darkest links are the issues like cyberstalking, drug and weaponry recipes, obscene materials, pornography and the paedophile networking which is the networking of the child sex predators. One danger could be the children trying to capture the personal information of others in the cyberspace, or engaging themselves to other crimes like making banned drugs or weapons by the help of some underground websites. Another problem could be the children straying on the internet, surfing the sites with pornographic materials. “The internet pornography industry generates $12 billion dollars in annual revenue - larger than the combined annual revenues of ABC, NBC, and CBS” (Family Safe Media, 2006). Even worse would be the case if the predators are preying on innocent children who are making friendship through chat in the World Wide Web. Parents, due to their limited knowledge may not know what is going in their children’s computer. According to the National Center for Missing and Exploited Children (2007), 1 in 7 children have received an unwanted sexual solicitation on the Internet by a stranger. “In Australia, a small survey of 238 students in grades 7-10 in the Australian Capital Territory found that, 27 per cent of the children believed they had been contacted by a sexual predator, while using a chat room” (NAPCAN, 2001). The same survey also revealed that 66 per cent of the children regularly used the Internet to access a chat room (NAPCAN, 2001).

This increasing involvement of the children in the internet has simplified the activities of the paedophile networking. While, the easy connection to any child, sitting in one safe corner, and smooth networking with other such illegal networks, has added strengths and security to their activities. “There is sufficient evidence to suggest that paedophiles are using this medium to convey sexual fantasies about children, recruit young children, reinforce and legitimize sexual preferences through association and access support groups which facilitate networking” (Feather, 1999). These paedophiles use child pornography as a means of desensitizing children so as to normalize the sexual activity between adults and children. To win the trust of the children they disguise themselves, mostly by misrepresenting themselves as children.

Along with technological benefits, the electronic communication has brought many vulnerable opportunities for the abuse and exploitation of the children. However, the steps for understanding all these issues and actions for preventions have not been undertaken to adequate levels. This might be due to the lack of knowledge of this technology among the parents and society. Parents see their children studying on the internet, but they fail to realize till what depths of dangers this technology has rooted. Therefore, there is an immediate need of aggressive community campaign for educating the impacts and preventions of the dangers of the electronic communication. Only after the parents are educated regarding these dangers, their proper supervision could fight against these technological abuse and exploitation of children.

( The author of this essay is an engineer.)



बाँकी अंश...

Monday, March 3, 2008

म तिम्रो बन्न चाहन्छु

-राधा मल्ल

निलो आकाशको त्यो गहिराइमा,
निस्कपट तिम्रो नयनको सागरमा,
म डुबुल्की मार्न मार्न चाहन्छु।
एक पटक अनुमति दीइ हेर तिमी,
म अझ पवित्र बन्न चाहन्छु।

बिहानिको त्यो चिसो बतासलाई सोध,
साँझको यो मिठो गोधुलीलाई सोध,
म सधैं सधैं तिम्रो आगमनमा,
यि नयन हामी हिंड्ने बाटोभरी बिछ्याइरहेछु।
साँझ बिहानसंगै चिसो मिठो पवन बनेर आउ तिमी,
म हरबखत हत्केलाले आँख छोपी तिमीलाई चिहाइरहेछु।...

अटल हिमालको त्यो निस्छल छातीमा,
अप्ठ्यारोलाग्दो तिम्रो त्यो मौन हेराईमा,
म हराउन हराउन चाहन्छु।
एक पटक अपनाइ हेर तिमी,
म अझ पवित्र बन्न चाहन्छु।


डाँडा पाखाका ति बोट हरुलाई सोध,
भञ्ज्याङका यी चौतारीहरुलाई सोध,
म त्यसै त्यसै तिम्रो प्रतिक्षामा,
यि नयन हामी हिंड्ने बाटोभरी बिछ्याइरहेछु।
साँझ बिहानसंगै चिसो मिठो पवन बनेर आउ तिमी,
म हरबखत हत्केलाले आँख छोपी तिमीलाई चिहाइरहेछु।

साँझको त्यो जुनेली रातमा,
सपनाले भरिएको यो मिठो बातमा,
म लठ्ठिन लठ्ठिन चाहन्छु।
एक पटक आग्रह गरी हेर तिमी,
म सदा सदा तिम्रो बन्न चाहन्छु।

पतझडका ति मौसमहरुलाई सोध,
बर्षातका यि झरिहरुलाई सोध,
म सधैं तिम्रो तलासमा,
यि नयन हामी हिंड्ने बाटोभरी बिछ्याइरहेछु।
साँझ बिहानसंगै चिसो मिठो पवन बनेर आउ तिमी,
म हरबखत हत्केलाले आँख छोपी तिमीलाई चिहाइरहेछु।


बाँकी अंश...

Saturday, March 1, 2008

तिमी उस्तै, उस्तै म

-नवराज
लुकि-लुकि घरि-घरि तिमीलाई नियाल्दा,
चाल नपाएको नाटक गर्दै मुस्कान तिमीले फाल्दा।
बुझिकन नबुझे झै गर्ने तिमी उस्तै,
पत्तै नदिई तिम्रो लागि मर्ने उस्तै म।

आउने जाने जसमा पनि तिम्रै मुहार देख्छु,
मिठो बोली सुन्दा पनि तिम्रै भनी झस्कन्छु।
जहाँ गए नि, यादमा सधैं आउने तिमी उस्तै,
तिमी हिंड्ने प्रत्येक मोडमा धाउने उस्तै म।.....

हरेक रात सपनिमा बारम्बार आयौ,
तिमीले पनि शायद मेरो झझल्को पो पायौ।
धैर्य गरी मेरै बाटो हेर्ने तिमी उस्तै,
प्रकट हुन अनेक मौका कुर्ने उस्तै म।

बिर्सिएछु आँफैलाई, दिक्क लाग्छ अचेल,
बिना तिमी जमाना नै, फिक्का लाग्छ अचेल।
पत्तै नदीइ मन-मुटु चोर्ने तिमी उस्तै,
मुटु खुल्लै तिम्रो सामु छोड्ने उस्तै म।


बाँकी अंश...