सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |
Showing posts with label मणि बनबासी. Show all posts
Showing posts with label मणि बनबासी. Show all posts

Friday, April 18, 2008

टुल्कीको प्रेम अनि पुर्पुरोको खत

-मणि बनबाशी
लामो होस्टेलको बसाइबाट बिरक्तिएर बा आमा अनि घर गाउँको नियास्रो मेटाउन म घर तर्फ बढ्दै रहदा अनायस एक महिलाको चिच्चाहट्ले म झस्कन पुग्छु। गुहार, गुहार, मलाइ बचाउ, चिरपरिचितझैं लाग्ने उक्त आवाज आरु कसैको नभएर मेरी छिमेकी टुल्कीको थियो। सधैं नसामा रम्ने उन्का पति परमेस्वोर भनाउदो भुण्टे आफ्नो बाहुबलको पुर्ण प्रयोगका साथ भकुरीरहेको थियो टुल्कीलाई। त्यो कारुणिक द्रिश्यबाट बिचलित नहुने कोहोला? त्यसमा पनि भुण्टेको बाल सखा म भुण्टेलाई त्यसो नगर्न आग्रह गर्छु। भुण्टे भने मेरो आग्रहबाट झनै उत्तेजित हुंदै अझ बढि प्रहार गर्न पुग्छ जसका कारण टुल्कीको जीवननै खतरामा पुगेको महसुस हुन्छ मलाई। रगतले लतपतिएको चेहरा लिएर ढलेकी टुल्की माथी ह्रिम्सक जनावरले झैं निरन्तर आक्रमण गरीरहेको भुण्टेलाई छेक्न बल प्रयोग गर्नु बाहेक मेरो अगाडि अरु कुनै बिकल्प पनित थिएन। मैले पनि तेसै गरें। घिच्चायर भुण्टेलाई टुल्कीबाट अलग गरिदियँ। भुण्टेलाई पनि के चाहिएको थियोर? उ पनि अब टुल्कीलाई छाडेर मै प्रति खनियो। यो तेरि कि मेरि स्वास्नी? ए घैटे? मेरो घरको मामलामा हस्तक्षेप गर्ने तँ को होस? ए बोक्सीका नाति? याबत सब्द बाणका साथ उ एक्कासी मेरो गालामा थप्पड मार्न पुग्छ।

मेरी बुडी हजूर आमालाई बोक्सी भन्ने त्यो पाजी भुण्टेलाई तेसै म पनि कांहा छाड्न सक्थेंर। अनि सुरु भयो मेरो र भुण्टेको भिडन्त। भरखर मात्रै कराते क्लास सुरु गरेको मलाई जाँडले सुकेको भुण्टे संग लडनु कुनै ठुलो कुरो भने थिएन। एक दुइ मुक्का प्रहार पछि धकेली दिंय भुण्टेलाई। जसकाकारण डगमगिएर भुण्टे कान्लामुनी पछारिन पुग्छ। तेसरि लडेको भुण्टेले कति बेला म माथि झम्टनेहो भनेर सोचीरहेको म तब झस्कन पुग्छु जब देख्छुकि भुण्टे लडेको ठाउँमा खुट्टा तन्काउदै पानी पानी भनीरहेको छ। अब अनर्थपो हुने होकि? डरले काम्दै म लडिरहेको भुण्टेको नजीक पुग्छु र भुण्टेलाई उठाउने कोशिस गर्छु।

यत्तिकैमा कुनै बस्तु मेरो पुर्पुरोमा खसेको महसुस हुन्छ मलाई। अनि अनायस मेरो हात मेरो निधार छाम्न पुग्छ। रगतले लतपतियको मेरो हात निधारबाट निकाल्नु पुर्बनै महिसासुरको अगाडि उभिएकी दुर्गाझैं भएर हातमा चिर्पट लिएर बसेकि टुल्कीमा मेरो नजर पर्न जान्छ। ज्यानमारा घैंटेले मेरो पोइलाई मारोनी? अब मैले के गरौंनी? टुल्कीका ई गालीहरुका साथ् उस् को दोश्रो प्रहार बाट बच्न म त्याँहाबाट भाग्न बाध्य हुन्छु। टाढा पुगेर पुन: लडेको भुण्टे तिर आफ्नो नजर घुमाउछु। टुल्की भुण्टेको हात समाउदै उसलाई उठाउने कोशिस गरीरहेकी हुन्छे। उठ मेरो प्राण उठ। यत्तिकैमा मलाई आश्चर्यमा पार्दै भुण्टे पनि टुल्कीको सहारा लिएर जुरुक्क उठ्छ। सायद उसलाई केहि भयेकोनै थिएन। भुण्टे अब टुल्कीको हातमा हात राख्दै घर तर्फ लाग्छ। टुल्की भने मलाई सरापी रहेकी हुन्छे। बोक्सीको नाती... ज्यानमारा घैटे .....
आज जब ऐना अगाडि आफ्नो चेहरा राख्छु अनि मेरो पुर्पुरोमा बसेको दाग् मलाई भुण्टे र टुल्कीको प्रेमको याद् बनेर मेरो अगाडि आउछ।


बाँकी अंश...

Tuesday, April 8, 2008

हे कठोर आत्मा


- मणि बनबासी
सपना धेरै देखायौ तिमीले बिपना मारेर।
कल्पना मात्रै जिन्दगी भन्ने भ्रममा पारेर।।
मीठो बोली र मुस्कान दिन्छौ खुकुरी धारेर।
फोगटाहरु बनाउदैछौ रे गह्राचाहि खारेर।।

दुनियादारी फकाउछौ तिमी फुल बुट्टा भरेर।
घरभित्र स्वागत गर्‍याछु भन्छौ ढोका नै बारेर।।
भ्रमको पोको बाड्दैछौ तिमी घरघरै चाहारेर।
अम्रितको घडा उघार्छु भन्छौ बिष ब्रिक्ष सारेर।।

फूलको सट्टा उपहार् दियौ काँडाचाहि झारेर।
बेदनासंगै पीडाको थुप्रो आशुमा तारेर।।
कसैले भन्छन भाग्यको खेल टर्दैन टारेर।
तैपनी तिमी कठोर हैनौ भन्दैछु हारेर।।।


बाँकी अंश...

Monday, March 17, 2008

पराइ देशको पिडा

-मणि वनवासी
ठुला ठालु सधैं राम्रा, साना सधैं दास।
दासताको पञ्जाबाट मुक्त हुने आस।।
त्यही आसमा अल्झिएर छाडिहाले घर।
सम्झनामा तड्पिरहन्छु खुशी कहाँ छ र।।
अधुरा ति सपना सम्झी यहाँसम्म आको।
आफ्नाबाट टाढा हुदा बल्ल चाल पाको।।
कुरा बुझ्नु पहिले नै टाढा आई सकेछ।
ट्रैन अब लिक छोडि पर गई सकेछ।।...

यता उति हल्लिदैमा बैश ढलि गयो।
चालिस बर्से यो जवानि त्यसै खेर गयो।।
सबै खुसि सबै हाँसो भुल्नु पर्यो अहिले।
ति दिनहरु बापस पाउन कति कुर्नु मैले।।
पराइ ठाँउ पराइ माया जिउनलाइ गाह्रो।
मेरै गाँउ मेरै ठाँउ मलाई सधै प्यारो।।
बर्षातको झरि जस्तै बर्सिरहन्छ आँसु।
पिर चिन्तामा डुबुल्किदै कसरि म हाँसु।।
घर टाढा देश टाढा यो बिरानो ठाँउमा।
यो कविता लेखे मैले मरै देशको नाँउमा।


बाँकी अंश...