सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |
Showing posts with label Niharika. Show all posts
Showing posts with label Niharika. Show all posts

Saturday, April 5, 2008

कसरी भनु..........

-निहारिका
कहाँ ल्याई पुरयायौ मलाई एस्तो
चारैतिर फुल र माया छ
विश्वाश छैन भनेर कसरी भनु
मनभरी विश्वाश जब तिम्रै छ

तर केको डर बस्यो मनमा
आँखाभरी पानीले किन भरिएछ
माया छैन भनेर कसरी भनु
मुटुमा नअटने माया जब तिम्रै छ

अब कता बढ्ने थाहा नभए जस्तो
पाइलाले बाटो चिन्न किन छाडेछ
तिम्रो साथ चाहेकै हैन भनेर कसरी भनु
हरेक पल जब मनले त्यही सपना बुनेको छ

मैले बाँच्न किन बिर्सिएजस्तो
सधैं पिरोल्न केले थालेछ
तिमीलाई भन्न चाहन्न कसरी भनु
तिमीमै सुरु र अन्त्य जब भईसकेको छ!


बाँकी अंश...