सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |
Showing posts with label हरेक. Show all posts
Showing posts with label हरेक. Show all posts

Friday, April 25, 2008

बेला भो!!

-हरेक

हिमाल तराई, डाँडा र काँडा,
सम्झेर हामी बसौं न साथी |
बितेका दिन प्रियसीसँग,
ती देउरालीलाई सम्झौं न साथी ||

बिछोडको क्षणको आमाको मुहार,
बिर्सन कहाँ सक्छु र साथी |
त्यो मेरो देश, भाषा र भेष,
हुनेछ सधैं सबभन्दा माथि ||

सबैको माया, हिमाली छायाँ,
सम्झेर साथी फुल्छ यो छाती |
देश छोडि आयौँ, भविष्‍य खोजी,
मन हाम्रो बद्ल्यो? सोधौं है साथी ||

त्यो बनपाखा, लेकाली भाका,
गुन्जाइदिउ फेरी, गएर साथी |
त्यो अन्‍यौलमाझ, आशाको दियो,
लगेर आज, जलाइदिउ साथी ||


बाँकी अंश...

Saturday, April 19, 2008

हिजो आजको कथा

-हरेक
अस्ती

मनको भाव तरङमा आकाश छुने प्रयास गर्छ
बताससँग उडी उडी तिम्रै छेउ पुग्न हो की
तिम्रो साथ कता कता
उतौलिन पो हो की

हिजो

मन हुन्छ गर्हौ सारो
माया मेरो ओझेल भो की
तिम्रो मनको मेरो तस्बिर
कही कतै धुमिल भो की

आज

दिनै लामो रतै लामो
मनको क्रन्दन सुन्नै छाडें
मन धेरै दुख्दा दुख्दा
कतै मनै मर्यो पो की
तिम्रो मेरो कथा यहीं
यसरीनै टुङिनेपो हो की


बाँकी अंश...