-इन्दुकेश
कल-कल बग्ने त्यो जोगमाई खोला
झर-झर झर्ने त्यो डुम्रे झरना
त्यो बाल्यकाल सम्झेर ल्याउदा
समिप आफ्नो कोही नपाउँदा
दर्हो यो मन भात्कन लाग्यो
आँशुका दाना तप्कन थाल्यो
दशैँ नि आयो तिहार नि आयो
अभागी निधार खाली नै रह्यो
सयपत्री फूल गाँसेर चेली
पर्खदै होली म आउला भनी
देउसी र भैलो खेलिन्थ्यो होला
मादलको तालमा नचिन्थ्यो होला
त्यो बेनी हाट, त्यो पूर्णे मेला
दौतरी सबै भेट भए होला
आफु छु यहाँ मन हुन्छ वहाँ
भाग्यले मलाई डोर्यायो कहाँ
गाउँको यादले ठप्प भो बोली
भर्नु छ मैले साहुको झोली
पर्खेर माया बसेकी होली
दिन रात गन्दै थाकेकी होली
मेला र पात धाउँदी होली
मनमा कुरा गुनाउदी होली
कहिले आउला त्यो हाम्रो दिन
खुशीमा दिन बिताउने क्षण !!
No comments:
Post a Comment