-रजित ओझा
तिमी नै तिमी पाउँछु रानी आफु भित्रको हराईमा
होश आजकल रहन छोड्यो भनाई र गराईमा
लहराएर सँधै तिमी किन यसरि भागी दिन्छ्यौ ?
तिम्रो आँचलको बुट्टा देख्छु ताराको त्यो झराईमाँ
मनको न हो लड्डु बन्छ ,घिउ सितै खा भन्छ
खोइ के के उम्लिदिन्छ मनभित्रको कराइमाँ
टाढा त छैनौ तिमी तै पनि डराउँछु
छोडी मलाई हिन्ने हौ कि रहन्छु यहि तराइमाँ
सफा पारी राखेको मेरो मनमाँ बास गर
तिमीलाई पछुतो हुने छैन यो बसाईँ सराईमा
aafnai story ho jasto cha ni rajit ji... good poem ... well done!
ReplyDelete